हात्तीले मारेका दुई महिलाको शव उठाउन दिएनन् स्थानीयले
चितवन । माडीमा बुधबार दिउँसो एक जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका दुई महिलाको शव उठाउन स्थानीयले अवरोध गरेका छन् । उनीहरूले स्थायी सुरक्षाको माग गर्दै शव उठाउन नदिई सडक अवरुद्ध गरेका छन् ।
उनीहरूले माडीमा रहेका चारवटा मध्यवर्ती सामुदायिक वनका कार्यालयमा समेत तालाबन्दी गरेका छन् । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले स्थानीयले स्थायी समाधानको खोजी गर्नुपर्ने माग गरेको बताउनुभयो । उहाँले दशैँको समयमा पनि एक बालकलाई सोही हात्तीले आक्रमण गरी मारेको बताउनुभयो । केही दिन अघि एक महिलालाई पनि सोही हात्तीले उचालेर फालिदिएको ढकालको भनाइ छ ।
दशैँ अघिबाट दैनिक जङ्गली हात्तीले स्थानीयलाई त्रसित बनाउँदै आएको छ । ढकालका अनुसार माडीका विभिन्न क्षेत्रका बस्तीमा आएर हात्तीले भकारीको धान खाने, बारीको विभिन्न बाली खाने, जनतालाई त्रसित बनाउने गर्दैआएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले माडीवासीले आफ्नो रोहवरमा वार्ता हुनुपर्ने माग गरेपछि आफू वार्तामा जाने तयारीमा रहेको बताउनुभयो । उहाँले जनताका मागलाई सकेसम्म सम्बोधन गरेर शव उठाउन लगाउने बताउनुभयो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले हात्तीलाई बेहोस बनाउन प्राविधिक टोली हात्तीको खोजीमा लागिसकेको बताउनुभयो ।
उहाँका अनुसार प्राविधिक पुरुषोत्तम पाण्डे र किरण रिजाल हात्तीको खोजीमा गइसकेका छन् । हात्तीलाई बेहोस बनाई दाह्रा काटेर छोड्न निर्देशन दिइएको ढकालले बताउनुभयो । सो हात्तीको एउटा दाह्रा यसअघिनै भाँचिएको छ । निकुञ्जभित्र बेहोस बनाउन कठिन हुने भएकाले बस्तीमा आएसँगै डार्ट गरेर बेहोस बनाउने तयारी गरिएको छ ।
यसअघि विसं २०७० मा माडीमै ध्रुवे हात्तीले छ जनाको ज्यान लिए पछि माडीवासी आन्दोलित भएका थिए । ध्रुवेलाई धपाउन गोली प्रहार गरिएको थियो । सो हात्तीले हाल जनतालाई दुःख दिएको छैन ।
माडीवासीले निकुञ्ज तथा वन संरक्षण ऐनको जनपक्षीय संशोधन हुनुपर्ने, घटनाका पीडितलाई राहत नभई पूर्ण क्षतिपूर्ति दिइनुपर्ने, जीउधनको सुरक्षा हुनुपर्ने, नागरिकको संविधानप्रदत्त हकको प्रत्याभूति हुनुपर्ने, जङ्गली जनावरको मानव बस्ती प्रवेश नियन्त्रण गरिनुपर्नेलगायतका मागसमेत राखेका छन् ।
बुधबार माडी नगरपालिका–९ स्थित रीउ खोल किनारमा घाँस काट्न गएका स्थानीय ३५ वर्षीया सुशीला भण्डारी र ६० वर्षीया तृष्णाकाली पौडेलको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो । निजहरूको शवलाई घर नजिकै राखिएको छ । शव उठाउन स्थानीयले नदिएका हुन् । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालु आवको अहिलेसम्मको अवधिमा वन्यजन्तुबाट आठ जनाको मृत्यु भइसकेको छ । फाइल तस्बिर
Comments
अरु समाचार
-
वसन्त चौधरीको भावुक फेसबुक स्टाटस, लेखे– मेरो के कसुर थियो र ५० वर्षे इतिहास बोकेको घर जलाइयो ?
काठमाडौं । वरिष्ठ उद्यमी तथा साहित्यकार बसन्त चौधरीले जेनजी प्रदर्शन तीन महिना पूरा भएको अवसर पारेर सामाजिक सञ्जाल फेसकुमा एक...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
सरकारले तीन महिना ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने
काठमाडाैं । सरकारले बुधबारदेखि ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने भएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले...
-
भ्रष्टाचार न्यूनिकरणमै थप समय खर्चिनेछुः किशोर सिलवाल
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल उमेरहदका कारण मंगलबारदेखि अवकाशमा गएका छन् । २०७७ माघ २१ गते...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...












