चितुवा निगरानी गर्न क्यामरा ट्रयापिङ
दमौली । तनहुँको भानु नगरपालिकामा चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु हुन थालेपछि क्यामरा ट्र्यापिङ जडान गरिएको छ । नरभक्षी चितुवाको निगरानीका लागि चितवन राष्ट्रिय निकुञ्जका प्राविधिकले राष्ट्रिय प्रकृति संरक्षण कोषको डार्टिङ प्रविधिसहितको चार वटा क्यामरा ट्रयापिङ जडान गरेका हुन् ।
डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत बाबुराम उप्रेतीले चितुवा हिँड्न सक्ने चार स्थानमा क्यामरा ट्रयापिङ जडान गरिएको जानकारी दिए । उनका अनुसार क्यामरा ट्रयापिङबाट चितुवाको गतिविधि पत्ता लगाउन सकिन्छ । “यो प्रविधिबाट चितुवा कता गइरहेको छ भन्ने पत्ता लगाउन सकिन्छ”, उनले भने । नगरपालिकाको ढल्केवर, पाउदुरे खोला, तिलानकोटे जङ्गल र रिठ्ठाबोटे गाउँमा क्यामरा ट्रयापिङ जडान गरिएको छ ।
यसैबीच नरभक्षी चितुवालाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय तनहुँले नेपाल प्रहरी, सशस्त्र प्रहरी, सशस्त्र वन रक्षकलगायतलाई परिचालन गरिरहेको छ । प्रहरीलाई स्थानीयबासीले समेत साथ दिएका छन् । नगरपालिका–२ का वडाध्यक्ष अर्जुन केसीले वडाभित्रका प्रत्येक घरधुरीका एक÷एक जना चितुवालाई नियन्त्रणमा लिनका लागि घरेलु हतियारसहित खटिएको जानकारी दिए ।
चितुवा नियन्त्रणको लागि खोर बनाई प्रत्येक साँझ बाख्रासहितको पासो थापिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए । उनका अनुसार सामुदायिक वन उपभोक्ता समूहबाट वन क्षेत्रको झाडी सफा गर्ने, साँझ बिहानको समयमा प्रहरी गस्ती गर्ने र स्थानीय एफएम रेडियोबाट सुरक्षा उपायको जानकारीमूलक सूचना प्रशारण गर्ने काम भइरहेको छ ।
चितुवाको वास्तविक अवस्था थाहा पाउन चितुवाको दिसा र रौँ समेतको परीक्षणको लागि पठाउने व्यवस्था मिलाइएको शर्माले जानकारी दिए । चितुवा नियन्त्रणमा नआएसम्म सुरक्षा फौज र स्थानीय समुदायको परिचालन निरन्तर भइरहने समेत उनले जानकारी दिए ।
Comments
अरु समाचार
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...












