चितुवा निगरानी गर्न क्यामरा ट्रयापिङ
दमौली । तनहुँको भानु नगरपालिकामा चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु हुन थालेपछि क्यामरा ट्र्यापिङ जडान गरिएको छ । नरभक्षी चितुवाको निगरानीका लागि चितवन राष्ट्रिय निकुञ्जका प्राविधिकले राष्ट्रिय प्रकृति संरक्षण कोषको डार्टिङ प्रविधिसहितको चार वटा क्यामरा ट्रयापिङ जडान गरेका हुन् ।
डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत बाबुराम उप्रेतीले चितुवा हिँड्न सक्ने चार स्थानमा क्यामरा ट्रयापिङ जडान गरिएको जानकारी दिए । उनका अनुसार क्यामरा ट्रयापिङबाट चितुवाको गतिविधि पत्ता लगाउन सकिन्छ । “यो प्रविधिबाट चितुवा कता गइरहेको छ भन्ने पत्ता लगाउन सकिन्छ”, उनले भने । नगरपालिकाको ढल्केवर, पाउदुरे खोला, तिलानकोटे जङ्गल र रिठ्ठाबोटे गाउँमा क्यामरा ट्रयापिङ जडान गरिएको छ ।
यसैबीच नरभक्षी चितुवालाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय तनहुँले नेपाल प्रहरी, सशस्त्र प्रहरी, सशस्त्र वन रक्षकलगायतलाई परिचालन गरिरहेको छ । प्रहरीलाई स्थानीयबासीले समेत साथ दिएका छन् । नगरपालिका–२ का वडाध्यक्ष अर्जुन केसीले वडाभित्रका प्रत्येक घरधुरीका एक÷एक जना चितुवालाई नियन्त्रणमा लिनका लागि घरेलु हतियारसहित खटिएको जानकारी दिए ।
चितुवा नियन्त्रणको लागि खोर बनाई प्रत्येक साँझ बाख्रासहितको पासो थापिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए । उनका अनुसार सामुदायिक वन उपभोक्ता समूहबाट वन क्षेत्रको झाडी सफा गर्ने, साँझ बिहानको समयमा प्रहरी गस्ती गर्ने र स्थानीय एफएम रेडियोबाट सुरक्षा उपायको जानकारीमूलक सूचना प्रशारण गर्ने काम भइरहेको छ ।
चितुवाको वास्तविक अवस्था थाहा पाउन चितुवाको दिसा र रौँ समेतको परीक्षणको लागि पठाउने व्यवस्था मिलाइएको शर्माले जानकारी दिए । चितुवा नियन्त्रणमा नआएसम्म सुरक्षा फौज र स्थानीय समुदायको परिचालन निरन्तर भइरहने समेत उनले जानकारी दिए ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
तोकिएको समयमै निर्वाचन सम्पन्न गराउन पूर्वराष्ट्रपति भण्डारीको प्रधानमन्त्री कार्कीलाई आग्रह
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित ढंगले निर्वाचन गर्न आग्रह गरेकी छन्...
-
विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारी पूर्पक्षका लागि थुनामा
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतले आदेश...












