हेटौँडा उपमहानगरपालिकाद्वारा घरको नक्सा निःशुल्क
हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले निजी प्रयोजनका लागि निर्माण गरिने घरको नक्सा निःशुल्क बनाउन थालेको छ ।
विगतमा कन्सल्टेन्सीमार्फत सेवाग्राहीले पाउने सेवा उपमहानगरपालिकाले चालु आर्थिक वर्षदेखि निःशुल्क दिन थालेको हो । उपमहानगरपालिकाका सूचना शाखा प्रमुख भानुभक्त थपलियाले एक हजार स्क्वायर फिट भन्दा बढी जग्गामा घर निर्माण गर्दा आवश्यक नक्सा निःशुल्क बनाउन शुरु गरेको जानकारी दिनुभयो ।
यसअघि नक्सा बनाउनका लागि सेवाग्राहीलाई कन्सल्टेन्सी धाउनुपर्ने बाध्यता थियो । कन्सल्टेन्सीले प्रति नक्सा कम्तीमा रु १० हजारसम्म लिने गर्दथे । उपमहानगरपालिकाले करारमा इञ्जिनीयर नियुक्ति गरेर निःशुल्क नक्सा बनाउन थालेको हो ।
‘कन्सल्टेन्सीले नक्सा बनाउँदा सडकदेखि सधियारसम्मका थुपै्र विवाद आउँथे, हाम्रै प्राविधिक फिल्डमा गएर नापेपछि त्यस्तो समस्या आउने सम्भावना रहेन’, सूचना शाखा प्रमुख थपलियाले भन्नुभयो, “एकातिर सेवाग्राहीको पैसा बचत भयो, अर्कातिर सम्भावित जोखिमको पहिल्यै पहिचान हुन पुग्यो ।” कार्यालयले आफै नक्सा बनाइदिँदा सेवाग्राही पनि सन्तुष्ट छन् ।
उपमहानगरपालिकाले चालु आवको कात्तिक मसान्तसम्म यहाँका १९ वडामा गरी ३४० घरको नक्सापास गरिसकेको छ । ती सबै नक्सा उमहानगरपालिकाकै प्राविधिकले बनाएका हुन् ।
उपमहानगरपालिका कार्यालयमा सेवाग्राहीले निवेदनसहित जग्गाधनी पूर्जा, कर तिरेको रसिद, टे«स नक्सा ल्याएर आउनुपर्दछ । कार्यालयले नक्सा निःशुल्क तयार गरे पनि त्यसवापतको दस्तुर भने असुल गर्ने गरेको छ । उपमहानगरपालिकाले यसै वर्षदेखि जग्गाको प्लटिङ (खण्डीकरण) पनि रोकेको छ ।
Comments
अरु समाचार
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
काभ्रे बस दुर्घटना: ८ जनाको ज्यान गयो, १७ घाइतेको उपचार जारी
काठमाडौं । काभ्रेको बनेपाबाट रोशी गाउँपालिकाको सुँगुरेतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । बा...
-
गोदावरी नदीले बगाउँदा दुई महिलाको ज्यान गयो
धनगढी। कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीले बगाउँदा शुक्रबार बिहान दुई महिलाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
रेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता
काठमाडौँ । नेपालका कान्छा कोरियोग्राफर गौरव सिटौलाका भाइ सौरभ सिटौला र आर्याना सिंह यस वर्षको “मिस्टर एण्ड मिस एसईई सुपर...
-
सरकारी विद्यालयमा किन विद्यार्थी संख्या न्यून ? तेह्र हजार विद्यालयमा सयभन्दा कम
काठमाडौँ। देशभर सञ्चालनमा रहेका सामुदायिक विद्यालयमध्ये आधाभन्दा बढी विद्यालयमा विद्यार्थी संख्या सयभन्दा कम रहेको तथ्य सार्वजनिक भएको छ। विद्यार्थी अभावका...
-
पश्चिमी प्रभावले देशका विभिन्न भागमा वर्षा हुने
काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा...












