अमरगढी किल्लाका हतियार बेपत्ता
अमरगढी । सुदुरपश्चिम प्रदेशको एतिहासिक अमरगढी रहेको डडेल्धुरा राजनीतिक गतिविधिले पनि चर्चामा छ । शहीद भीमदत्त पन्तको जन्मथलो भएका कारण र त्यसपछि पनि विविध गतिविधिले नेपाली राजनीतिको आएको हो । किल्लाको प्रवेशद्धारमा बडाकाजी अमरसिंह थापाको सालिक छ जहाँ लेखिएको छ । ‘म बाघको डमरु हुँ मलाई सिनो खाने कुकुर नसम्झ ।’
त्यही किल्लाका ऐतिहासिक हतियार भने कहाँ छन् भन्ने अहिलेसम्म कसैलाई पत्तो छैन । नेपाल एकीकरणका बेला ब्रिटिस साम्राज्यसँग लड्न वीरहरुले प्रयोग गरेको दर्जनौँ हतियार र पाँच वटा तोप गायब भएको वर्षौँ बित्दा पनि अझै भेटिएका छैनन् ।
नेपाल एकीकरण र ब्रिटिससँगको युद्धमा प्रमुख प्रशासनिक कार्यालय रहेको उक्त किल्लाबाट पुरातात्विक महत्वका हतियार हराएको तीन दशक बितिसक्दा पनि सरकारी निकायले खोज्न चासो दिएको छैन । सेनाको प्रयोग र संरक्षणमा रहेको उक्त किल्ला सात वर्षयता नगरपालिकाले स्वामित्व लिए पनि हतियारको खोजबिन गरेको छैन । स्थानीयवासीका अनुसार पाँच तोप, ५० जति बन्दुक, एक दर्जन भीमसेन नाल बन्दुक र केही घरेलु हतियार किल्लामा थिए ।
बडाकाजी अमरसिंह थापाले विसं १८४७ मा स्थापना गरेको सो किल्लामा नेपाल एकीकरणको समयमा प्रयोग गरिएका ऐतिहासिक तथा पुराना हातहतियार बेपत्ता हुनुमा सम्बन्धित निकायको उदासिनता रहेको र त्यसैकारण किल्लाको महत्व समेत घटेको स्थानीयवासीको अरोप छ । नेपालका जीवित किल्लामध्येको पहिलो किल्ला अमरगढी किल्ला रहेको विज्ञहरू बताउँछन् । उक्त किल्ला र सिन्धुलीगढी किल्ला मात्रै हालसम्म जीवन्त किल्लाको रूपमा रहेको पुरातत्व विभागको जिकिर छ । डडेलधुराको सदरमुकाममा रहेको एतिहासिक किल्लाभित्र तत्कालीन डोटेली फौजले अङ्ग्रेजसँग लड्दा प्रयोग गरेका तोप, बन्दुक, घरेलु भालागायत ऐतिहासिक हतियार र सैनिक पोशाक अहिले नहुँदा किल्लाको महत्वसमेत घटेको स्थानीयवासी बताउँछन् ।
नेपाल एकीकरणका बेला बडाकाजी थापाले डोटेली राज्यको डडेल्धुरालाई आधारक्षेत्र बनाई कुमाउ गडवालसम्म युद्ध लड्नका लागि यसै अमरगढी किल्लालाई मुख्य आधार मानिएको थियो । युद्धमा प्रयोग भएका बन्दुक तथा घरेलु हातहतियारलगायत रहेका कारण त्यसबेलादेखि प्रत्येक वर्ष दशैँको फूलपातीका दिनमा किल्लामा रहेका सैनिक तोप लगेर टँुडिखेलमा पट्काउने गर्दै आएको स्थानीयवासी ८२ वर्षीय करी दमाइको अनुभव छ ।
उहाँका अनुसार त्यसबेला किल्लामा खड्गदल गण नामको तत्कालीन शाही सेना बस्ने गरेको र पछि उनीहरूले किल्लाभित्र रहेका हतियार सरुवा भएर जाँदासँगै लिएर गएको हुनसक्छ । त्यसपछि यस किल्लामा कुनै सैनिक टुकडीले ती हतियार ल्याएनन् । त्यसबेला किल्लामा आफँै पड्किने भीमसेन नाल बन्दुक रहेको र त्यसलाई प्रत्येक वर्ष दशँैको बेलामा कपडाको खोलले ढाक्ने गरिएको थियो ।
किल्लामा त्यसबेला पाँच वटा तोप, दर्जनौँ घरेलु हतियार, १०० जति बन्दुक, किल्लाभित्रै बम, गोला, बारुद बनाउने छुट्टै घर र अन्य युद्ध सामग्री पनिरहेको किल्ला छेउ बस्ने किरण श्रेष्ठ बताउनुहुन्छ । अहिले किल्ला हेर्न आउने पर्यटयकले ती कुनै पनि हतियार देख्न पाउँदैनन् ।
विसं २०५४ मा अमरगढी किल्लाको नामबाट स्थापना भएको अमरगढी नागरपालिकाले २०५६ सालमा अमरगढी किल्लाकै नामबाट नामाकरण भएको अमरगढी नगरपालिका स्थापनापछि २०५६ सालमा नगरपालिकाले किल्लालाई आफ्नो मतहतमा लिएको थियो ।
विसं २०५८मा तत्कालीन माओवादी युद्धका कारण जिल्लालाई सुरक्षा दिन उक्त किल्ला पुनः नेपाली सेनाले आफ्नो मातहतमा लिएपछि किल्लामा पर्यटकले प्रवेश गर्नुभन्दा पनि त्यस क्षेत्रमा हिँडडुलमा समेत प्रतिबन्ध लगाइएको थियो । विसं२०५८ देखि २०६६ सम्म किल्ला सेनाको मतहतमै थियो । स्थानीयवासीको पटक–पटकको प्रयासपछि विसं २०६६ पुसदेखि पुनः किल्लालाई रेखदेख गर्ने र सञ्चालन गर्ने जिम्मा अमरगढी नगरपालिकाले पाएको हो । पर्यटकलाई प्रवेश खुला गराए पनि फोटो खिच्न भने विसं २०६९ देखि स्वीकृति दिइएको हो ।
एतिहासिक पृष्ठभूमि
समुन्द्र सतहबाट करिव छ हजार ५०० फिटे डडेल्धुरा जिल्ला सदरमुकामको उच्च टाकुरामा अमरगढी किल्ला छ । तत्कालीन श्री ५ रणबहादुर शाहको शासनकाल तथा राजकुमार बहादुर शाहको नायवीमा नेपाल एकीकरणको सिलसिलामा विसं १८४७ भदौ १३ गते आइतबारका दिन सेती नदीको नारीदाङमा कप्तान रणवीर खत्रीको नेतृत्वमा आएका दश कम्पनीका गोरखाली सैनिक जवान र डोटेली सैनिकको बीच घमसान युद्ध भएको थियो
सो युद्धमा गोरखाली फौजसामु डोटेली फौज पराजित भइसकेपछि डोटी राज्य पनि विशाल नेपाल अधिराज्यमा गाभिन पुग्यो र भू–भागको सुशासनलाई सुदृढ र विस्तार गर्नको लागि अमरसिंह थापा यस क्षेत्रको प्रथम प्रशासकको रुपमा नियुक्ति भएर आए । थापाले यस क्षेत्रको संरक्षण तथा महाकाली पारी पनि विजय अभियानलाई जारी राख्न अमरगढी किल्लाको निर्माण गर्न लगाएका हुन् ।
किल्ला निर्माण भइसकेपछि सरदार अमरसिंह थापा, काजी जगत्जित पाण्डे, कप्तान गोलैया, रणवीर खत्री सुब्बा आदि सैनिक नेतृत्वले यस किल्लालाई आधारकिल्ला कायम गरी बसेका थिए । कालीकुमाउ ‘सर्च’ अभियानमा बीच बाटोमा घौली ठानेर रङ्ग्यौलीमा कुमाउका राजा मोहन चन्दको फौजले गोरखाली फौजमाथि एक्कासि आक्रमण ग¥यो । यसबेला गोरखाली सैनिक सजग नभएका कारण उनीहरूकोे पराजय भयो ।
केही समयपछि अमरसिंह थापाको रणकौशलता तथा गोर्खाली सैनिकको अभूतपूर्व प्रदर्शनले बिरोधीमाथि विजय हाँसिगरेपछि अमरगढी किल्लाको मातहतमा रहने गरी एउटा किल्ला (छाउनी) कुमाउमा राखिएको थियो । यो विशाल किल्लाकै कारण १८७३ को अङ्ग्रेजसितको लडाइँमा पनि बिजयी भएकाले यसको एतिहासिक तथा सामरिक महत्व बढेको हो ।
अमरसिंह थापाद्वारा निर्माण गरिएको विशाल ढुङगेकिल्लाको निर्माण कलात्मक रहेको र चारैतिर ढुङ्गाले बनाइएको उक्त किल्लाभित्र गुफाहरु बनाइएका छन् । शत्रुलाई छल्ने अनेक युद्ध सफलताको सैनिक प्रयोग र शत्रुद्धारा आएका सत्र निरोध गर्ने मार्गको पनि निर्माण गरिएको छ । किल्लामाथि ठुल्ठूला वृक्षले यसको शोभा बढाएको छ भने किल्लाको बीच भागमा उग्रभैरवको मन्दिर प्रतिस्थापन भएबाट यसको धार्मिक र सामरिक महत्व पछि झल्केको छ ।
Comments
अरु समाचार
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
काभ्रे बस दुर्घटना: ८ जनाको ज्यान गयो, १७ घाइतेको उपचार जारी
काठमाडौं । काभ्रेको बनेपाबाट रोशी गाउँपालिकाको सुँगुरेतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । बा...
-
गोदावरी नदीले बगाउँदा दुई महिलाको ज्यान गयो
धनगढी। कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीले बगाउँदा शुक्रबार बिहान दुई महिलाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
रेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता
काठमाडौँ । नेपालका कान्छा कोरियोग्राफर गौरव सिटौलाका भाइ सौरभ सिटौला र आर्याना सिंह यस वर्षको “मिस्टर एण्ड मिस एसईई सुपर...
-
सरकारी विद्यालयमा किन विद्यार्थी संख्या न्यून ? तेह्र हजार विद्यालयमा सयभन्दा कम
काठमाडौँ। देशभर सञ्चालनमा रहेका सामुदायिक विद्यालयमध्ये आधाभन्दा बढी विद्यालयमा विद्यार्थी संख्या सयभन्दा कम रहेको तथ्य सार्वजनिक भएको छ। विद्यार्थी अभावका...
-
पश्चिमी प्रभावले देशका विभिन्न भागमा वर्षा हुने
काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा...












