घुम्ती शिविरबाट स्थानीयवासी लाभान्वित
डडेल्धुरा । एकीकृत घुम्ती शिविरबाट डडेल्धुराका सर्वसाधारण लाभान्वित भएका छन् । सामान्य कामका लागि सदरमुकाम जान बाध्य सर्वसधारणले घुम्ती शिविरबाट गाउँमै विभिन्न प्रकारका सेवा पाएका छन् ।
घुम्ती शिविरमा नागरिकता वितरण, स्वास्थ्य परीक्षण, बीउबिजन निःशुल्क प्राप्त गर्नाका साथै पशुका लागि औषधिसमेत गाउँमै पाएको सर्वसाधारणको भनाइ थियो । जिल्ला प्रशासन कार्यालय डडेल्धुरा र भागेश्वर गाउँपालिकाको संयुक्त आयोजनामा बुधबार एकदिने घुम्ती शिविरको आयोजना गरिएको हो ।
नागरिकता बनाउन मात्रै सदरमुकाम पुग्दा दुई दिन बिताउनुपर्ने वोगटा, लमकाँडेलगायत गाउँका मानिसलाई फाइदा पुगेको वडाध्यक्ष राम शाहीले जानकारी गराउनुभयो । घुम्ती शिविरवाट सर्वसधारणले नागरिकता, विभिन्न तरकारीका बीउ पाउन साथै निःशुल्क स्वास्थ्यजाँच, औषधि पाएका तथा पशुको उपचार भएको अध्यक्ष शाहीले बताउनुभयो ।
डडेल्धुरास्थित गरुड दलगणले पनि दुर्गम क्षेत्रका स्थानीय बासिन्दालाई गाउँमै गई विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । भागेश्वर गाउँपालिका–३ मा पुगी नेपाली सेनाले विशेषज्ञ चिकित्सकको टोलीसहित स्वास्थ्य शिविरको आयोजना गरेको जनाइको छ । शिविरमा उपचारदेखि औषधिसमेत निःशुल्क दिइएको गरुणदल गणले जनाएको छ । बालरोगदेखि अन्य सम्पूर्ण रोगका बिरामीले उपचार गराएका छन् । शिविरमा करीब ४०० बिरामीले स्वास्थ्य उपचार गराएको गरुडदल गणका प्रमुख सेनानी ज्योतिकुमार थापाले बताउनुभयो ।
Comments
अरु समाचार
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...
-
आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको...
-
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
काभ्रे बस दुर्घटना: ८ जनाको ज्यान गयो, १७ घाइतेको उपचार जारी
काठमाडौं । काभ्रेको बनेपाबाट रोशी गाउँपालिकाको सुँगुरेतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । बा...











