मुस्लिम समुदायको शिक्षालाई आधुनिक शिक्षासँग जोड्ने प्रयास भईरहेको छ : नेता नेपाल
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ट नेता माधब कुमार नेपालले मुस्लिम समुदायको शिक्षालाई आधुनिक शिक्षासंग जोड्ने प्रयास भईरहेको बताएका छन् । कतार च्यारिटीले बिपन्न परिवारहरूलाई पसलको खोलिदिएर उनीहरूलाई चाबी हस्तान्तरण गर्ने अवसरमा बोल्दै नेता नेपालले यस्तो बताएका हुन् ।
मुस्लिम समुदायलाई आधुनिक शिक्षासंग जोड्ने प्रयासलाई सफल बनाउने उदेश्यले आफुले रौतहट र महोत्तरीमा ४ जना बालबालिकालाई बिद्यालय भर्ना गरेको नेता नेपालले बताए । बंगलादेश लगायतका मुस्लिम देशहरुमा महिला प्रधानमन्त्री रहेको बताउदै नेता नेपालले मुस्लिम समुदायका महिलालाई पनि मूल धारको राजनीतिमा ल्याउनका लागि स्थानीय निर्वाचनमा ४० प्रतिशत महिलाको सहभागिता सुनिस्चित गरिएको बताए।
चाबी हस्तान्तरणको अवसरमा बोल्दै नेता नेपालले कतार च्यारिटीको बिपन्न परिवारलाई पसल खोल्न गरेको सहयोगले मुस्लिम र गैरमुस्लिम समुदायमा पूँजि परिचलान गर्न सक्ने क्षमता विकास गर्न मद्दत पुर्याएको बताए। कतार च्यारिटीले शहरी बिपन्न परिवारलाई लक्षित गरी काठमाडौं नैकापका गोपाल रोक्का, सतुंगलका भिमबहादुर महर्जन, विशाल मिया, ममता निरौला, गीता खडका, कोटेश्वरका दिलकुमार गुरुङ, मोहम्मद फिरोज, बुढानिलकण्ठका अनिता थापामगर र ललितपुर चापागाँउकी रेणु गिरी, पञ्चकुमारी राई, खोकनाका भोटे मियालाई खुद्रा किराना पसल खोल्न जनही एकलाख ८० हजार बराबरको सहयोग हस्तान्तरण गरेको हो।
उनीहरुलाई उक्त रकम बराबरको किराना सामग्री वितरण गरिएको कतार च्यारिटीका परियोजना प्रबन्धक इर्शाद अलि शेखले बताए।अरब देशको सबै भन्दा ठुलो दातृ निकाय कतार च्यारिटीले ग्रामीण विकास केन्द्र मार्फत उक्त सहयोग गरेको शेखले बताए।
कार्यक्रममा कतार च्यारिटीका नेपाल प्रतिनिधि अब्दुल अजिज्, समाज कल्याण परिषद्का उपाध्यक्ष नीलमणि बराल, इस्लामिक रिलिफका नेपाल निर्देशक तलाह जमाल, परियोजना प्रबन्धक इर्शाद अलि शेख, मुस्लिम अधिकारकर्मी मो। मकसुद राँकी, विश्व शिक्षाका समिम अख्तर, लगायतको उपस्थिति थियो।
कतार च्यारिटीले यस परियोजना अन्तर्गत हालै मात्र रौतहटका ६ वटा ईश्नाथ, परोहा, गौर, चन्द्रपुर, राजदेवी र माधवनारायण नगरपालिका तथा यमुनामाई गाउँपालिका समेतका २० जनामध्ये १० जनालाई किरानापसल तथा १० जनालाई ठेला पसल संचालनको लागि निशुल्क रुपमा चाहिने सम्पूर्ण सर—समानहरु हस्तान्तरण गरेको छ।
गत बर्ष मात्रै नेपालमा आफ्नो कार्यक्षेत्र बिस्तार गरेको कतार च्यारिटीले हालैमात्र सर्लाही र रौतहटका करिब २६४ परिवारलाई ७२ लाख रुपैयाँ बराबरको बाख्रा वितरण गरेको थियो। त्यस्तै यसअघि च्यारिटीले तराईका बिभिन्न जिल्लाका आर्थिक रुपले पछाडी परेका, भूकम्प तथा बाढीले प्रभावित, समाजमा पछाडी पारिएका समुदायका झन्डै २००० बढी परिवारहरुलाई करिब १ करोड रुपैयाँ बराबरको जस्तापाता तथा शैक्षिक सामग्री वितरण गरेको थियो।
अरब मुलुकको सवैभन्दा ठुलो गैह्र सरकारी संस्था मध्यको एक संस्था, कतार च्यारिटीले विश्वका करिव ३० भन्दा बढी मुलुकमा आफ्ना विकास निर्माण कार्यहरु सञ्चालन गर्दै आइरहेको छ। यो संस्था स्थापनाकाल देखि नै विश्वव्यापी गरिबीसँग लड्नका लागि मानविय सहायता र दिगो विकास कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । गत बर्ष मात्रै कतार च्यारिटी र समाज कल्याण परिषदविच पाँच बर्षे एकिकृत विकास परियोजना सम्झौतामा हस्ताक्षर भएको हो।
Comments
अरु समाचार
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...












