कुरीतिविरुद्ध धामीझाँक्री र पुरोहितलाई अभियानकर्मी बनाइने
दार्चुला । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले सुदूरपश्चिम प्रदेशभर कुरीतिविरुद्ध स्थानीय धामीझाँक्री र पुरोहितलाई अभियानकर्मीका रुपमा अगाडि बढाउने भएको छ ।
सूदूरपश्चिम प्रदेशमा वर्षौँदेखि जारो गाडेर रहेको कुप्रथा तथा कुसंस्कार हटाउन उक्त मन्त्रालयले नौ वटै जिल्लामा पुगेर स्थानीय धामीझाँक्री र अन्तरक्रिया थालनी गरेको हो । लैङ्गिक हिंसाको वर्तमान अवस्था र न्यूनीकरणका लागि विद्यमान कानूनी प्रक्रियानबारे जानकारी गराउने र अहिलेसम्म चलिआएका अन्धविश्वास, कुप्रथा, गलत परम्परा पहिचान गरी भावी कार्यदिशाका लागि सुझाव सङ्कलन गर्ने उद्देश्यले धामीझाँक्री र पुरोहितको सहभागितामा अन्तरक्रिया गरिएको उक्त मन्त्रालयले जनाएको छ ।
हरेक जिल्लाका धामी, झाँक्री, पुरोहितलाई लैङ्गिक हिंसा, छाउपडीलगायतका विसङ्गति र कुरीतिविरुद्ध राष्ट्रिय नीतिका बारेमा जानकारी गराइ उनीहरूलाई नै अभियानकर्मीका रुपमा अगाडि बढाइने उक्त मन्त्रालयका महिला विकास अधिकृत कमला शाहीले जानकारी दिनुभयो ।
सदरमुकाम खलङ्गामा शुरु भएको अन्तरक्रियामा जिल्ला नौवटै गाउँपालिका, नगरपालिकाका धामीझाँक्री र पुरोहित सहभागी थिए । सामाजिक विकासमन्त्री कृष्णप्रसाद सुवेदीले कार्यक्रम शुभारम्भ गर्दै बिरामीलाई झारफुकमै अलमल्याउनुभन्दा पनि अस्पताल पठाउन प्रेरित गर्नका लागि धामीझाँक्रीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
भाषण र आसन ग्रहणमा भन्दा काम गर्नुपर्नेमा जोड
सामाजिक विकासमन्त्री सुवेदीले जनप्रतिनिधि र कर्मचारी सबैले भाषण र आसन ग्रहणमा समय बिताउनेभन्दा पनि काम गरेर देखाउनुपर्ने बेला आएको बताउनुभएको छ । सुदूरपश्चिम प्रदेशका स्वस्थ्य कार्यालयको निरीक्षण भ्रमणका क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।दार्चुला जिल्ला अस्पताल निरीक्षणपछि आयोजित कार्यक्रममा मन्त्री सुवेदीले जनप्रतिनिधि र कर्मचारीले अब या वा त्यो बहानमा उम्किने ठाउँ नभएको पनि स्पष्ट पार्नुभयो ।
Comments
अरु समाचार
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...












