ठोरीवासी भन्छन् : गाउँमै सिंहदरबार आयो
वीरगञ्ज । ठोरी गाउँपालिका–४ की कृति श्रेष्ठले घरदैलोमै वंशजको नाताले नेपाली नागरिकता पाउँदा गाउँमै सिंहदरबार आएको अनुभूति गरेकी छिन् ।
ठोरी गाउँपालिका, जगरनाथपुर गाउँपालिका, जिराचनानी गाउँपालिका तथा पटेर्वा सुगौली गाउँपालिकालाई लक्षित गरी सुपौलीमा इलाका प्रसाशन कार्यालय स्थापना भएपछि कृति श्रेष्ठलाई मात्र होइन सो क्षेत्रका एक लाखभन्दा बढीलाई आफ्नै गाउँठाउँबाट नागरिकता लिन सजिलो भएको छ ।
“उहिले नागरिकता लिनका लागि भारतीय बजार भिखना ठोरी हँुदै नरकटियागञ्ज–रक्सौल पसेर जिल्ला प्रसाशन कार्यालय वीरगञ्ज आउनु पर्दथ्यो,” निर्मल बस्तीका लालबहादुर श्रेष्ठले भन्नुभयो, “नागरिकता लिन तीन दिन वीरगञ्ज बस्नुपर्ने बाध्यता अब इलाका प्रशासन कार्यालय स्थापना भएसँगै यो समस्या समाधान भएर गएको छ ।”
विसं २०७२ मा तत्कालीन सरकारको निर्णयअनुसार पर्सा क्षेत्र नं ४ को जीरा भवानी गाउँपालिकाको सुपौलीमा बुधबार विधिवत्रूपमा सञ्चालनमा आएको इलाका प्रशासन कार्यालयमा नागरिकता लिनेहरूको भीड बढ्दैछ । नागरिकता बिना वृद्ध भत्ता, सामाजिक भत्ता, विधवा भत्ता, जन्मदर्ता, मुत्यु दर्ताजस्ता समस्या झेलिरहेका यस भेगका जनतालाई इलाका प्रशासन कार्यालयको स्थापना भएपछि सिंहदरबार गाउँमै आएको अनुभूति भएको छ । निर्मल बस्तीका मानबहादुर श्रेष्ठले भन्नुभयो, “सरकारले अब यस क्षेत्रमा मालपोत, नापी र भूमिसुधार कार्यालयसमेत स्थापना गर्नुपर्छ ।”
बुधबार एक कार्यक्रमबीच पर्साका प्रजिअ नारायणप्रसाद भट्टराईले कृति श्रेष्ठलाई वंशजको नागरिकता दिँदै इलाका प्रशासन कार्यालयको कामको शुभारम्भ गर्नुभएको थियो । सो अवसरमा प्रजिअ भट्टराईले विकासका योजनाहरू शुरु हुने तर सम्पन्न नहुने र सम्पन्न भए पनि गुणस्तरीय नहुने भएकाले यसप्रति स्थानीय सरकार गम्भीर हुनुपर्छ भन्नुभयो ।
जिरा भवानी गाउँपालिकाका अध्यक्ष रामप्रीत महतो थारूको सभापतित्वमा भएको इलाका प्रशासन कार्यालयको उद्घाटन कार्यक्रममा उपाध्यक्ष उषा चौधरी, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ, पूर्वसांसद जयप्रकाश थारूलगायत वक्ताहरूले गाउँमै नागरिकता पाउँदा यहाँ बासिन्दा गाउँमै सिंहदरबार आएको अनुभूति भएको बताएका छन् ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
तोकिएको समयमै निर्वाचन सम्पन्न गराउन पूर्वराष्ट्रपति भण्डारीको प्रधानमन्त्री कार्कीलाई आग्रह
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित ढंगले निर्वाचन गर्न आग्रह गरेकी छन्...
-
विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारी पूर्पक्षका लागि थुनामा
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतले आदेश...












