ठोरीवासी भन्छन् : गाउँमै सिंहदरबार आयो
वीरगञ्ज । ठोरी गाउँपालिका–४ की कृति श्रेष्ठले घरदैलोमै वंशजको नाताले नेपाली नागरिकता पाउँदा गाउँमै सिंहदरबार आएको अनुभूति गरेकी छिन् ।
ठोरी गाउँपालिका, जगरनाथपुर गाउँपालिका, जिराचनानी गाउँपालिका तथा पटेर्वा सुगौली गाउँपालिकालाई लक्षित गरी सुपौलीमा इलाका प्रसाशन कार्यालय स्थापना भएपछि कृति श्रेष्ठलाई मात्र होइन सो क्षेत्रका एक लाखभन्दा बढीलाई आफ्नै गाउँठाउँबाट नागरिकता लिन सजिलो भएको छ ।
“उहिले नागरिकता लिनका लागि भारतीय बजार भिखना ठोरी हँुदै नरकटियागञ्ज–रक्सौल पसेर जिल्ला प्रसाशन कार्यालय वीरगञ्ज आउनु पर्दथ्यो,” निर्मल बस्तीका लालबहादुर श्रेष्ठले भन्नुभयो, “नागरिकता लिन तीन दिन वीरगञ्ज बस्नुपर्ने बाध्यता अब इलाका प्रशासन कार्यालय स्थापना भएसँगै यो समस्या समाधान भएर गएको छ ।”
विसं २०७२ मा तत्कालीन सरकारको निर्णयअनुसार पर्सा क्षेत्र नं ४ को जीरा भवानी गाउँपालिकाको सुपौलीमा बुधबार विधिवत्रूपमा सञ्चालनमा आएको इलाका प्रशासन कार्यालयमा नागरिकता लिनेहरूको भीड बढ्दैछ । नागरिकता बिना वृद्ध भत्ता, सामाजिक भत्ता, विधवा भत्ता, जन्मदर्ता, मुत्यु दर्ताजस्ता समस्या झेलिरहेका यस भेगका जनतालाई इलाका प्रशासन कार्यालयको स्थापना भएपछि सिंहदरबार गाउँमै आएको अनुभूति भएको छ । निर्मल बस्तीका मानबहादुर श्रेष्ठले भन्नुभयो, “सरकारले अब यस क्षेत्रमा मालपोत, नापी र भूमिसुधार कार्यालयसमेत स्थापना गर्नुपर्छ ।”
बुधबार एक कार्यक्रमबीच पर्साका प्रजिअ नारायणप्रसाद भट्टराईले कृति श्रेष्ठलाई वंशजको नागरिकता दिँदै इलाका प्रशासन कार्यालयको कामको शुभारम्भ गर्नुभएको थियो । सो अवसरमा प्रजिअ भट्टराईले विकासका योजनाहरू शुरु हुने तर सम्पन्न नहुने र सम्पन्न भए पनि गुणस्तरीय नहुने भएकाले यसप्रति स्थानीय सरकार गम्भीर हुनुपर्छ भन्नुभयो ।
जिरा भवानी गाउँपालिकाका अध्यक्ष रामप्रीत महतो थारूको सभापतित्वमा भएको इलाका प्रशासन कार्यालयको उद्घाटन कार्यक्रममा उपाध्यक्ष उषा चौधरी, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ, पूर्वसांसद जयप्रकाश थारूलगायत वक्ताहरूले गाउँमै नागरिकता पाउँदा यहाँ बासिन्दा गाउँमै सिंहदरबार आएको अनुभूति भएको बताएका छन् ।
Comments
अरु समाचार
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...












