‘समान व्यवहारबाट मात्रै समाज एकीकरण हुन्छ’
काठमाडौँ । बडामहाराजाधिराज पृथ्वीनारायण शाहको २९७ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा वक्ताले नेपालमा रहेका चार जात ३६ वर्णका मानिसलाई समान तथा बराबरी व्यवहार हुन नसक्दा राजसंस्थाको अन्त्य तथा हिन्दू धर्ममाथि सङ्कट आएको बताउनुभएको छ ।
पृथ्वीनारायण शाह आफ्नो राज्य विस्तारका क्रममा क्रिश्चियनहरुप्रति सर्तक रहेको बताउँदै उहाँहरुले हिन्दू धर्ममा दलितलाई समान व्यवहार गर्न नसकेका कारण देशमा दिनानुदिन क्रिश्चियन बढदै गएको विचार राख्नुभयो ।
कार्यक्रममा इतिहासविद् डा सुरेन्द्र केसीले बहुसङ्ख्यकको नाममा आफ्नो धर्म लाद्नेभन्दा पनि सबै जनतालाई समान व्यवहार गर्न सकेमा मात्र नेपाल साँचिक्कै एकीकरण हुने जिकिर गर्नुभयो ।
बौद्ध, मुस्लिम, मधेशी, किराँत, तामाङ आदि समूहजस्ता जनतालाई समान व्यवहार हुन नसकेको तथा विभेद् भएको कारण नै राजतन्त्र समाप्त भएको र ९० प्रतिशत जनता हिन्दू धर्मावलम्बी भएर पनि यो धर्म सङ्कटमा परेको डा केसीको तर्क थियो । उहाँले भारतमा प्रतिवर्ष ६ हजार तथा चीनमा प्रतिवर्ष १० हजार चर्च थप्दै गएको प्रसङ्ग उल्लेख गर्नुभयो ।
डा केशरबहादुर भण्डारीले सन् १९५० को नेपाल–भारत सन्धिपछि नेपालमा सुरक्षा चुनौती आएको बताउनुभयो ।
वरिष्ठ पत्रकार प्रेम कैदीले पृथ्वीनारायण शाहको योगदानलाई कसैले बिर्सन नहुने बताउँदै नेपालको एकीकरण भएका कारण नै हामी नेपाली भई बाँच्न पाएका छौ भन्नुभयो ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
तोकिएको समयमै निर्वाचन सम्पन्न गराउन पूर्वराष्ट्रपति भण्डारीको प्रधानमन्त्री कार्कीलाई आग्रह
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित ढंगले निर्वाचन गर्न आग्रह गरेकी छन्...
-
विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारी पूर्पक्षका लागि थुनामा
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतले आदेश...












