‘समान व्यवहारबाट मात्रै समाज एकीकरण हुन्छ’
काठमाडौँ । बडामहाराजाधिराज पृथ्वीनारायण शाहको २९७ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा वक्ताले नेपालमा रहेका चार जात ३६ वर्णका मानिसलाई समान तथा बराबरी व्यवहार हुन नसक्दा राजसंस्थाको अन्त्य तथा हिन्दू धर्ममाथि सङ्कट आएको बताउनुभएको छ ।
पृथ्वीनारायण शाह आफ्नो राज्य विस्तारका क्रममा क्रिश्चियनहरुप्रति सर्तक रहेको बताउँदै उहाँहरुले हिन्दू धर्ममा दलितलाई समान व्यवहार गर्न नसकेका कारण देशमा दिनानुदिन क्रिश्चियन बढदै गएको विचार राख्नुभयो ।
कार्यक्रममा इतिहासविद् डा सुरेन्द्र केसीले बहुसङ्ख्यकको नाममा आफ्नो धर्म लाद्नेभन्दा पनि सबै जनतालाई समान व्यवहार गर्न सकेमा मात्र नेपाल साँचिक्कै एकीकरण हुने जिकिर गर्नुभयो ।
बौद्ध, मुस्लिम, मधेशी, किराँत, तामाङ आदि समूहजस्ता जनतालाई समान व्यवहार हुन नसकेको तथा विभेद् भएको कारण नै राजतन्त्र समाप्त भएको र ९० प्रतिशत जनता हिन्दू धर्मावलम्बी भएर पनि यो धर्म सङ्कटमा परेको डा केसीको तर्क थियो । उहाँले भारतमा प्रतिवर्ष ६ हजार तथा चीनमा प्रतिवर्ष १० हजार चर्च थप्दै गएको प्रसङ्ग उल्लेख गर्नुभयो ।
डा केशरबहादुर भण्डारीले सन् १९५० को नेपाल–भारत सन्धिपछि नेपालमा सुरक्षा चुनौती आएको बताउनुभयो ।
वरिष्ठ पत्रकार प्रेम कैदीले पृथ्वीनारायण शाहको योगदानलाई कसैले बिर्सन नहुने बताउँदै नेपालको एकीकरण भएका कारण नै हामी नेपाली भई बाँच्न पाएका छौ भन्नुभयो ।
Comments
अरु समाचार
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
काभ्रे बस दुर्घटना: ८ जनाको ज्यान गयो, १७ घाइतेको उपचार जारी
काठमाडौं । काभ्रेको बनेपाबाट रोशी गाउँपालिकाको सुँगुरेतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । बा...
-
गोदावरी नदीले बगाउँदा दुई महिलाको ज्यान गयो
धनगढी। कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीले बगाउँदा शुक्रबार बिहान दुई महिलाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
रेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता
काठमाडौँ । नेपालका कान्छा कोरियोग्राफर गौरव सिटौलाका भाइ सौरभ सिटौला र आर्याना सिंह यस वर्षको “मिस्टर एण्ड मिस एसईई सुपर...
-
सरकारी विद्यालयमा किन विद्यार्थी संख्या न्यून ? तेह्र हजार विद्यालयमा सयभन्दा कम
काठमाडौँ। देशभर सञ्चालनमा रहेका सामुदायिक विद्यालयमध्ये आधाभन्दा बढी विद्यालयमा विद्यार्थी संख्या सयभन्दा कम रहेको तथ्य सार्वजनिक भएको छ। विद्यार्थी अभावका...
-
पश्चिमी प्रभावले देशका विभिन्न भागमा वर्षा हुने
काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा...












