ललितपुरका मेयरले सबै सडकको पिच बाक्लो गर्न थाले
ललितपुर । ललितपुर महानरगपालिकाले आफ्नो क्षेत्रभित्र निर्माण हुने सडकको कालोपत्रे १.५ इन्चको हुनुपर्ने नीति बनाएको छ। महानरगपालिकाले कालोपत्रे गरेको एक बर्ष पनि नटिकेको भन्दै गुणस्तरियता कायम गर्नका लागि कालोपत्रे (पीच) को मोटाई १.५ इन्च न्युनतम कायम गर्ने निर्णय गरेको हो।
महानगर प्रमुख चिरिबाबु महर्जनले ललितपुरमा निर्माण हुने सडकमा निर्माण व्यवसायीसँग ठेक्का सम्झौतामै मापदण्ड अनिवार्य गरिने बताए। उनले सडक निर्माण वा कालोपत्रे गर्दा त्यो गुणस्तरीय छ वा छैन भनी ल्याब टेष्टको रिपोर्ट समेत निर्माण कम्पनीले अनिवार्य रुपमा दिनुपर्ने बताए।
त्यसैगरी एक बर्षभित्र गरिएका कालोपत्रे उप्किए वा भत्किए के कारणले समस्या आएको हो त्यसको अध्ययन गरेर त्यही निर्माण कम्पनीबाट काम गराइने छ। यदि उसले नमाने बैंक ग्यारेण्टी जफत गरेर काम गरिने जानकारी दिए।
ठेक्का नीतिमै डिफेक्ट लायविलिटी पिरियड (डिएलपी) १ बर्ष हुने भएकाले यसलाई प्रभावकारी रुपमा लागु गरेर निर्माण कम्पनीलाई जिम्मेवार बनाउन लागिएको महानगरपालिकाले जनाएको छ।
अहिले नेपालमा एक लेयरमा २० एमएमदेखि ६० एमएमसम्मका सडक बनेका छन्। त्यसमा डिजाईन अनुसार दुई तीन लेयर पनि बनाउन सकिन्छ। १.५ इन्च भनेको करिव ४० एमएम हुन्छ। अब ललितपुरका भित्री सडकहरु पनि हालको भन्दा दोब्बर बाक्लो ( ४० एमएम) हुनेछ। जसको उदेश्य गुणस्तरीय सडक निर्माण गर्नु हो।
Comments
अरु समाचार
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...












