प्लाष्टिक झोलामुक्त उपमहानगर
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकालाई आजदेखि प्लाष्टिक झोलामुक्त उपमहानगर घोषणा गरिएको छ । उपमहानगरलाई वातावरणमैत्री नगर बनाउन यस्तो घोषणा गरिएको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिनुभयो ।
“प्लाष्टिकले वातावरण प्रदूषण हुनुका साथै मानव स्वास्थ्यमा पनि गम्भीर असर पार्ने भएकाले यस्तो घोषणा गरिएको हो”, उहाँले भन्नुभयो ।
त्यस्तै प्लाष्टिकका गिलास, थाल, प्लेट र कचौरा समेतमा बन्देज लगाइएको छ । तुलसीपुर उपमहानगरपालिकालाई हरित नगरका रूपमा विकास गर्न उपमहानगरले विगतदेखि नै विभिन्न अभियान सञ्चालन गर्दै आएको बताउँदै नगरप्रमुख पाण्डेले प्लाष्टिक झोलामुक्त अभियान पनि त्यसैको निरन्तरता भएको बताउनुभयो ।
उपमहानगरपालिकाले घोषणाको तयारी गरेसँगै तुलसीपुर उद्योग वाणिज्य सङ्घले प्लाष्टिक बढी मात्रामा प्रयोग हुने किराना व्यवसायीसँग छलफल शुरु गरेको अध्यक्ष वीरु रावतले जानकारी दिनुभयो । उहाँले यो सबैको साझा अभियान भएकाले निस्वार्थ सबैले साथ दिनुपर्ने बताउनुभयो ।
मानिसले घरबाटै सामग्री खरिदका लागि झोला बोक्ने बानीको विकास गर्न सके यो अभियानले सार्थकता पाउने व्यवसायी राजन भण्डारीले बताउनुभयो । शहरलाई सुन्दर राख्न र मानिसलाई स्वस्थ राख्न यो राम्रो कदम भएको स्थानीयहरूको भनाइ छ । (रासस)
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
तोकिएको समयमै निर्वाचन सम्पन्न गराउन पूर्वराष्ट्रपति भण्डारीको प्रधानमन्त्री कार्कीलाई आग्रह
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित ढंगले निर्वाचन गर्न आग्रह गरेकी छन्...
-
विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारी पूर्पक्षका लागि थुनामा
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतले आदेश...












