क्षमता ५० तर कैदीबन्दी २७४
घोराही । दाङको घोराहीमा रहेको कारागारको क्षमता ५० जनाको भए पनि त्यहाँ अहिले २७४ कैदीबन्दी छन् ।
कारागारका सूचना अधिकृत योगेन्द्र रिजालका अनुसार हाल कारगारमा सजाय तोकिएका १६६ र सजाय नतोकिएका १०८ कैदीबन्दी छन् । उक्त कारागारमा ठाउँ अभावका कारण पुरुषलाई मात्र राखिएको छ । त्यसमा पनि क्षमताभन्दा पाँच गुणा धेरै कैदीबन्दी बस्न बाध्य छन् ।
कारागारका प्रमुख पर्साराम भुसालले जाडोमा भन्दा पनि गर्मी मौसममा कैदीबन्दीलाई बस्न र सुत्नका लागि समस्या हुने गरेको बताउनभयो । “कैदीबन्दीका लागि एउटा कोठामा एक लाइनमा बनाइएको खाटलाई दुई लाइन बनाइएको छ”, उहाँले भन्नुभयो, “कैदीबन्दीकै लागि भनेर भान्सा कोठा र कोठा बाहिरको खाली ठाउँमा त्रिपाल टाँगेर सुत्ने ठाउँ बनाइए पनि उनीहरु अटाउन मुस्किल परिरहेको छ । अब खाटमाथि खाट जोडेर पनि सुत्न दिने व्यवस्था गरिरहेका छौँ ।”
यहाँ धेरै कैदीबन्दी भएकाले उनीहरुलाई अन्यत्र पठाउने प्रयास गरे पनि अन्तको समस्या पनि त्यस्तै भएपछि उनीहरु अन्यत्र जान सकेका छैनन् । कहिलेकाहीँ त अदालतले कैदको समय नतोकेर धेरै व्यक्तिलाई एकै पटक पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएकाले ह्वात्तै कैदी थपिँदा उनीहरुको खानपान र सुत्नका लागि समस्या हुने गरेको कारागार प्रमुख भुसालले बताउनुभयो ।
घोराहीमा विसं २०५८ मा कारागार भवन बनेको थियो । उहाँका अनुसार क्षमताभन्दा धेरै कैदीबन्दी भए पनि खानेपानीको व्यवस्था, नियमित स्वास्थ्य जाँच र खेलकूदका सामग्रीका साथै सबै पत्रपत्रिका एवं पुस्तकालयको व्यवस्था गरिएको छ । कारागारको नियमानुसार आइतबार, मङ्गलबार र बिहीबार आफन्तसँग भेटघाट गर्न अन्य बार आफन्तसँग फोनमा कुरा गर्न पनि दिइएको छ । त्यहाँका केही कैदीबन्दीले काठबाट निर्माण हुने टेबल, सोफा, बेन्च, खाट, दराज बनाएर मनग्य आम्दानी गरिरहेका छन् ।
Comments
अरु समाचार
-
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
काभ्रे बस दुर्घटना: ८ जनाको ज्यान गयो, १७ घाइतेको उपचार जारी
काठमाडौं । काभ्रेको बनेपाबाट रोशी गाउँपालिकाको सुँगुरेतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । बा...
-
गोदावरी नदीले बगाउँदा दुई महिलाको ज्यान गयो
धनगढी। कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीले बगाउँदा शुक्रबार बिहान दुई महिलाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
रेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता
काठमाडौँ । नेपालका कान्छा कोरियोग्राफर गौरव सिटौलाका भाइ सौरभ सिटौला र आर्याना सिंह यस वर्षको “मिस्टर एण्ड मिस एसईई सुपर...
-
सरकारी विद्यालयमा किन विद्यार्थी संख्या न्यून ? तेह्र हजार विद्यालयमा सयभन्दा कम
काठमाडौँ। देशभर सञ्चालनमा रहेका सामुदायिक विद्यालयमध्ये आधाभन्दा बढी विद्यालयमा विद्यार्थी संख्या सयभन्दा कम रहेको तथ्य सार्वजनिक भएको छ। विद्यार्थी अभावका...












