महायज्ञमा बौद्ध धर्मावलम्बीको भीड
काठमाडौँ ।
गोकर्णेश्वर नगरपालिका–८ डाँडागाउँस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको महाँकाल मन्दिर परिसरमा जारी श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञमा बौद्ध धर्मावलम्बीको भीड बढ्न थालेको छ ।
धार्मिक सहिष्णुताको नमूना प्रस्तुत गर्दै यस क्षेत्रमा हिन्दूका गतिविधिमा बौद्ध र बौद्ध धर्मावलम्बीका सांस्कृतिक समारोहमा हिन्दू धर्मावलम्बीको उपस्थिति हुने गरेको छ । महायज्ञ आयोजक समितिले सप्ताह मण्डप र आसपासको क्षेत्रमा बौद्ध धर्ममा आधारित ध्वजा सजाएका छन् । श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा वैदिक मन्त्रोचारणसँगै रोचक ढङ्गले पूर्वीय संस्कृतिमा आधारित कथा वाचन गरिन्छ ।
हिन्दू तथा बौद्ध धर्मावलम्बीको धेरै संस्कार मिल्दाजुल्दा पनि छन् । बौद्ध धर्मावलम्बीले महायज्ञमा कथा श्रवण गर्नुका साथै आर्थिक सहयोगसमेत गरिरहेका छन् । यसले प्राचीन समयदेखि नेपाली समाजमा विद्यमान धार्मिक सहिष्णुताको संस्कारलाई अझ बलियो बनाएको आयोजक समिति मातहतको अतिथि सत्कार उपसमितिका संयोजक राजेश दाहाल बताउँछन् ।
दाताबाट हालसम्म रु १० लाख ५२ हजार ९७ सङ्कलन भएको छ । वृद्धवृद्धा तथा अन्य इच्छुक सबैका लागि महायज्ञकै क्रममा समय समयमा सामान्य स्वास्थ्य जाँचको व्यवस्था गरिएको छ । गत शुक्रबार वैदिक मन्त्रोच्चारणसँगै महायज्ञ शुरु भएको थियो । राजा मानदेवका पालामा बनेको महाँकाल मन्दिरको जीर्णोद्धार र मन्दिर परिसरमा रहेको खाली जमीनमा विविध प्रयोजनका लागि सामुदायिक कक्षको निर्माणार्थ महायज्ञ आयोजना गरिएको हो ।
मुख्य मन्दिरको जीर्णोद्धारसँगै मन्दिर परिसरमा मूर्ति स्थापना, नियमित पूजा, पुजारीको व्यवस्था, मन्दिर प्रवेशद्वार निर्माण, भजनकीर्तन तथा प्रवचनकक्ष, यज्ञमण्डप बनाउने लक्ष्य पनि लिइएको छ । राजा मानदेवको पालामा महाँकालसहित श्री गणेश, श्री चामुण्डादेवी र अर्घौतेश्वर महादेवको स्थापना भएको थियो ।
Comments
अरु समाचार
-
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
काभ्रे बस दुर्घटना: ८ जनाको ज्यान गयो, १७ घाइतेको उपचार जारी
काठमाडौं । काभ्रेको बनेपाबाट रोशी गाउँपालिकाको सुँगुरेतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । बा...
-
गोदावरी नदीले बगाउँदा दुई महिलाको ज्यान गयो
धनगढी। कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीले बगाउँदा शुक्रबार बिहान दुई महिलाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
रेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता
काठमाडौँ । नेपालका कान्छा कोरियोग्राफर गौरव सिटौलाका भाइ सौरभ सिटौला र आर्याना सिंह यस वर्षको “मिस्टर एण्ड मिस एसईई सुपर...
-
सरकारी विद्यालयमा किन विद्यार्थी संख्या न्यून ? तेह्र हजार विद्यालयमा सयभन्दा कम
काठमाडौँ। देशभर सञ्चालनमा रहेका सामुदायिक विद्यालयमध्ये आधाभन्दा बढी विद्यालयमा विद्यार्थी संख्या सयभन्दा कम रहेको तथ्य सार्वजनिक भएको छ। विद्यार्थी अभावका...












