मिर्गाैला उपचारमा गाउँपालिकाको सहयोग
गलेश्वर ।
म्याग्दीको मालिका गाउँपालिकाले मिर्गौला रोगीको उपचारमा आर्थिक सहयोग गर्ने भएको छ । गाउँपालिकाभित्रका मिर्गौला रोगीको उपचारमा आर्थिक सहयोग पु¥याउने उद्देश्यले रु २० हजार सहयोग गर्ने निर्णय भएको गाउँपालिकाका प्रवक्ता एवं वडा नं १ का अध्यक्ष टङ्कप्रसाद पुनमगरले जानकारी दिए ।
पुनका अनुसार गाउँपालिकाभित्र रहेका मिर्गौला रोगीको उपचारमा सहयोग पु¥याउने उद्देश्यले गाउँपालिकाले रु २० हजार सहयोग गर्ने भएको हो । हालसम्म तीन जना मिर्गौला रोगीले यो सेवा लिएको प्रवक्ता पुनमगरले जानकारी दिए ।
मिर्गौला रोगको उपचार जटिल हुने र रोगीको उपचारमा ठूलो आर्थिक खर्चको भार हुने भएकाले उपचारमा आर्थिक सहयोग गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकामगरले बताए ।
विशेषगरी गाउँपालिकाभित्रका गरीब तथा विपन्न परिवारका मिर्गौला रोगीलाई लक्षित गरी सो अभियान सञ्चालन गरिएको अध्यक्ष रोकामगरले बताए । गरीब, विपन्न परिवारका मिर्गौला ‘फेल’ भएका रोगीलाई विशेष प्राथमिकता दिइने अध्यक्ष रोकामगरको भनाइ छ ।
“मिर्गौला रोगबाट गाउँपालिकाभित्रका गरीब, विपन्न परिवारका नागरिकले अकालमा नै ज्यान गुमाउन नपरोस् भनी गाउँपालिकाले यो अभियान चलाएको हो”, अध्यक्ष रोकामगरले भने ।
Comments
अरु समाचार
-
आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै, हनुमानढोकामा घटस्थापना गरी पूजाआराधना
काठमाडौं । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा...
-
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’
खोटाङ । केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट...
-
जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा अझै फरार
काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना...
-
खोटाङकाे खार्तम्छामा शव बाेकेकाे हेलिकप्टर दुर्घटना
विराटनगर । खोटाङको केपिलासगढी गाउँपालिका-२ मा हेलिकप्टर दुर्घटना भएको छ । बिरामी लिन लागि गएको हेलिकप्टर दुर्घटनामा परेको हो ।...
-
केही भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको...
-
जेनजी आन्दोलन पुनर्निर्माण कार्ययोजना : आगामी वर्ष तीनै तहका सरकारले बजेट छुट्याउनुपर्ने
काठमाडौं । गत भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएको आन्दोलनले व्यापक भौतिक तथा आर्थिक क्षति पुर्याएपछि सरकारले...
-
उदयपुरमा हावाहुरीका कारण २ जनाको ज्यान गयो, ५ जना घाइते
उदयपुर । उदयपुरमा हावाहुरीका कारण २ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् । हावाहुरीले मृत्यु हुनेमा...
-
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना
काठमाडौं । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । साथै हाल मुलकका पहाडी र हिमाली भागमा साधारणतया...
-
राजस्वका तत्कालीन महानिर्देशक अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ७० लाख रुपैयाँ घूस लिएको खुल्याे
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अधिकारीमाथि...












