सत्तापक्ष र प्रतिपक्षबीच आरोप प्रत्यारोप
काठमाडौँ । सदन बाहिर सत्तापक्ष र प्रतिपक्ष दलका सांसदले एक अर्का प्रति आरोप प्रत्यारोप गरेका छन् ।
सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठक स्थगन भएलगत्तै सत्तापक्षका सांसदले संसदीय प्रणालीलाई अप्ठ्यारोमा पार्ने गरी प्रतिपक्षले विरोधमाथि विरोध गरी सदन अवरोध गरेको बताएका थिए । भने प्रतिपक्ष दलका सांसदले बहुमतका आडमा सरकार अराजक बन्दै गएको आरोप लगाएका छन् ।
नेकपा संसदीय दलका सचेतक देव गुरुङले संसदीय प्रणालीलाई प्रतिपक्षले अस्वीकार गरी अघि बढेको आरोप लगाए । उनले बहुमतलाई अस्वीकार गर्ने परिपाटी लोकतन्त्रमा कहिलै हुन नसक्ने बताउँदै प्रतिपक्षले अटेर गरी सदन अवरोध गरिरहेको बताए ।
नेपाली काङ्ग्रेसका गगनकुमार थापाले सदनमा असहमति राख्नेलाई समाप्त पार्ने र प्रतिपक्षको अस्तित्वलाई अस्वीकार गर्ने परम्परा सदनमा हावी हुँदै गएको बताए ।
उनले जीवन र मरणको दोसाँधमा रहेका डा गोविन्द केसीको माग सम्बोधन गर्न सरकारले कुनै प्रयत्न नै नगरी अहंकार र दम्भबाट अघि बढिरहेको आरोप लगाए ।
सोही दलका अर्का सांसद बालकृष्ण खाँणले गलत कामको भण्डाफोर गर्ने काम प्रतिपक्षको धर्म भएको बताउँदै बहुमतका आडमा दम्भ देखाएर प्रतिपक्षको अस्तित्वलाई अस्वीकार गर्ने परम्पराले प्रश्रय पाइरहेको छ भने ।
Comments
अरु समाचार
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...












