सुरक्षित गर्भपतन सेवा लिने बढ्दै
चालू आर्थिक वर्षमा जिल्लामा सुरक्षित गर्भपतन सेवा लिन आउनेको सङ्ख्यामा वृद्धि भएको छ । नेपाल सरकारबाट सुरक्षित गर्भपतनको सेवा निःशुल्क दिइने भएपछि सो सेवा लिन आउनेको सङ्ख्यामा वृद्धि भएको स्वास्थ्यकर्मी बताउँछन् । डोटीमा सात महीनाको अवधिमा ३६२ महिलाले सुरक्षित गर्भपतन सेवा लिएको जिल्ला अस्पतालले जनाएको छ ।
आव २०७५/०७६ को साउनदेखि माघसम्म ३६२ महिलाले उक्त सेवा लिएका छन् । सोमध्ये २० वर्षभन्दा कम उमेर समूहका ४७ र त्योभन्दा माथिका ३१५ रहेका छन् । जिल्ला अस्पातलका अनुसार गत आवमा भन्दा चालू आवमा उक्त सङ्ख्यामा तुलनात्मक रुपले वृद्धि भएको छ ।
विगतमा सुरक्षित गर्भपतन सेवा आधिकारिक तथा निःशुल्क नभएकाले स्वास्थ्य कार्यालयमा जम्मा सङ्ख्या रेकर्ड नभएको अस्पतालका नर्स गौरी शाहीले बताए । हाल जिल्ला अस्पतालसहित विभिन्न निजी अस्पतालसहित १७ स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा उपलब्ध गराइँदै आएको छ ।
सवारीसाधन सञ्चालनमा समस्या
जिल्लाका ग्रामीण क्षेत्रमा परेको लगातारको वर्षाले गाउँका कच्ची सडकमा सवारीसाधन सञ्चालनमा समस्या भएको छ । वर्षात्ले सडक हिलाम्य हुँदा सवारीसाधन सञ्चालनमा समस्या हुन थालेको शैलेश्वरी यातायात व्यवसायी समिति दिपायलका कार्यालय प्रमुख हर्क महराले जानकारी दिए । जिल्लाको वाइल, बोगटान, मौवा–मेल्लेक, बुडर–जोरायल, मुडभारा, नारीदाङलगायतका सडकमा सवारीसाधन चलाउन निकै समस्या हुने गरेको जिप चालक मदन कामीले बताए ।
केही दिन यतादेखि जिल्लाभरिमा फेरि वर्षा भएपछि गाउँका सडक अवरुद्ध हुन थालेका छन् । वर्षात्ले गाउँका सडक हिलाम्मे तथा चिप्लो भएका कारण गाउँमा गाडी जान बन्द हुन थालेपछि यहाँका स्थानीयलाई जिल्ला सदरमुकाम आवतजावत गर्नमा समस्या हुन थालेको बोगटान गाउँपालिका–२ का बासिन्दा महेन्द्र बमले बताए ।
Comments
अरु समाचार
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...












