घोडाघोडीमा पर्यटकको सङ्ख्या कम
घोडाघोडी ।
विश्व सिमसार क्षेत्रमा सूचीकृत रहेकोे कैलालीको घोडाघोडी ताल क्षेत्रमा पर्यटकको सङ्ख्यामा कमी आएको छ ।
करीब १३८ हेक्टर क्षेत्रफलमा रहेको घोडाघोडी ताल क्षेत्रको सरसफाइ तथा भौतिक संरचनाको उचित व्यवस्थापन नहुँदा पर्यटकको सङ्ख्यामा कमी आएको हो ।
विसं २०७४ माघ मसान्तसम्म करीब ८१ हजार पर्यटक घोडाघोडी ताल क्षेत्रमा आएपनि गत माघ मसान्तसम्म भने घटेर ७२ हजार ७०० रहेको छ । नेपालको प्रमुख गन्तव्यका रुपमा घोडाघोडी ताल रहे पनि उचित व्यवस्थापन हुन नसक्दा पर्यटकीय क्षेत्रमा पछि पर्दै गइरहेको लम्कीचुहा नगरपालिका–४ कौवापुरका कमल ढकालले बताए । तालमा जमेका लेउ र फोहरको सरसफाइ नहुँदा ताल नै दुर्गन्धित बनेको छ ।
वर्षौंसम्म सरसफाइ नगर्दा तालमा लेउ र झ्याउ कुहिएर पुरिने सम्भावना रहेको घोडाघोडी ताल संरक्षक दीपक शाह बताउँछन् । ताल क्षेत्रमा प्रदूषण बढेको र अवलोकन गर्न आउने पर्यटकको सवारीसाधनका लागि पार्किङको समेत व्यवस्था नहुँदा पर्यटक साधन नरोकी सिधै आवातजावत गर्ने गर्दछन् ।
घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीले नगर क्षेत्रमा पर्यटक प्रवद्र्धधनको लागि विस्तृत गुरुयोजना निर्माण भइरहेको बताए । घोडाघोडीलाई विश्व जलचर इतिहासमा सङ्कटपूर्ण अवस्थामा पुगेका दर्जनौँ जातका रैथाने माछाका प्रजाति, पुतली तथा अन्य दुर्लभ मानिने चराचुरुङ्गीको उचित वासस्थानका रुपमा लिइने गरिन्छ ।
यस क्षेत्रमा ४५० प्रजातिका वनस्पति र चराचुरुङ्गी देख्न पाइन्छ । बहुमूल्य मानिने औषधिका रुपमा पनि प्रयोगमा आउने सतिसाल, साज, खयरको घना जङ्गल रहेको छ । ताल संरक्षणका लागि विभिन्न सङ्घसंस्थाले वर्षेनि लाखौँ रुपैयाँ खर्चने गरेको भए पनि त्यसको सही उपयोग हुन नसकेको स्थानीयवासीको आरोप छ ।
Comments
अरु समाचार
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
तोकिएको समयमै निर्वाचन सम्पन्न गराउन पूर्वराष्ट्रपति भण्डारीको प्रधानमन्त्री कार्कीलाई आग्रह
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित ढंगले निर्वाचन गर्न आग्रह गरेकी छन्...
-
विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारी पूर्पक्षका लागि थुनामा
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतले आदेश...
-
प्रदीप अधिकारीविरुद्धको भ्रष्टाचारसम्बन्धी मुद्दाको सुनुवाइ सुरु
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीविरुद्धको भ्रष्टाचार सम्बन्धी मुद्दाको सुनुवाइ विशेष अदालतमा सुरु भएको छ। अख्तियार...
-
बालिका हत्यामा छिमेकीको हात, ३ महिना पछि खुल्याे रहस्य
काठमाडौं । मोरङको लेटाङ नगरपालिकाकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा मुख्य आरोपी पदम अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक तर्फको कार्यक्रम आजदेखि सुरु !
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक...
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...












