वाइसिएल पुरानो विरासतमा फर्किने संकेत, अध्यक्ष दिपशिखाले भने नेताका डोजरमा आगो लगाउनुस्
काठमाडाैं । पार्टी एकता भएपनि सांगठनिक एकताले पुर्णता नपाएपछि वाइसिएल नेपालले कार्यक्रम गर्दै जनप्रतिनिधिका डोजरमाथि आगजनी गर्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएको छ ।
जनप्रतिनिधि व्यवसायीक बन्न डोजर खरिद बिक्रिमा लागेको भन्दै जनताको काम नगर्ने सबैका डोजरमाथि आगो लगाउन वाइसिएल नेपालका अध्यक्ष रामप्रसाद सापकोटा ‘दिपशिखा’ले निर्देशन दिएका हुन् ।
मंगलबार प्रदेश ५ अन्तरगत बाँके जिल्लाको खजुरामा सहिद तथा बेपत्ता परिवार सम्मान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दिइशिखाले यस्तो निर्देशन दिएका हुन् ।
वाइसिएलको विरासत कसैले भुल्न नहुने भन्दै चर्को भाषणमा उत्रिएका अध्यक्ष दिपशिखाले दिएको निर्देशन आपत्तिजनक रहेको भन्दै कतिइयलर विरोध समेत गरेका छन् । हिंसाको राजनीति नगरेर जनताको मनमा रहन शान्तिपूर्ण आन्दोलनका कार्यक्रम गर्न समेत वाइसिएलसँग माग गरिएको छ ।
जनताको काम गर्छु भन्दै कसम खाएका नेताहरु डोजर व्यवसायमा लागेको भन्दै त्यस्ता जनप्रतिनिधिको डोजरमा आगो लगाउन वाइसिएल तयार हुनुपर्नेमा जोड दिदै अध्यक्ष दिपशिखाले भने, जनताका समस्यामा सहजीकरणको साटो ठेक्कापट्टामा लाग्ने र डोजर खरिद बिक्रि गरेर जनतालाई धोका दिने जो सुकै प्रतिनिधिको सम्पत्तिमाथि आगो लगाउन सकिन्छ ।
सहिद तथा वेपत्ता परिवारलाई अभिनन्दन गर्ने क्रममा ११२ जना सहिद परवारलाई सम्मान तथा अभिनन्दन गरिएको थियो । भने सोहि अवसरमा दर्जनौँ युवाहरुले रक्तदान समेत गरेका छन् ।
७ वटा प्रदेशका आधाभन्दा बढी जिल्लामा अभिनन्दन गरिसकेको वाईसीयलले सोमबार धनगढी, मंगलबार नेपालगंज, बुधबार झापा र शुक्रवार काठमाडौं गर्ने बताएको छ ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...
-
कास्की जिल्ला अदालतको आदेशपछि रवि लामिछानेलाई राहत, मुद्दा संशोधन गर्न स्वीकृति
काठमाडाैं । रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले मुद्दा संशोधन गर्न आदेश दिएपछि...











