प्याव्सनका नवनिर्वाचित अध्यक्ष पुरीलाई विराटनगरमा भव्य स्वागत
विराटनगर । उपत्यकाभन्दा बाहिरबाट पहिलोपटक प्याब्सन नेपालको अध्यक्ष हुन सफल टीकाराम पुरीलाई विराटनगरमा भव्य स्वागत गरिएको छ ।
नवनिर्वाचित अध्यक्ष पुरीलाई स्वागत गर्न प्याब्सनसित आबद्ध व्यक्ति र शुभचिन्तकहरु विमानस्थल पुगेका थिए । काठमाडौंमा सम्पन्न प्याब्सनको १४ औं महाधिवेशनले पुरीको नेतृत्वमा सर्वसम्मतबाट कार्यसमति चयन गरेको थियो ।
उनी विराटनगरस्थित एभरेष्ट बोर्डिङ स्कुलका प्राचार्य हुन् । पुरी र ललितपुरका डीके ढुंगाना प्यानलै बनाएर चुनावी मैदानमा उत्रिएका थिए । तर, पूर्वअध्यक्षहरुको पहलमा ढुंगानालाई सहअध्यक्ष बनाएर सर्वसम्मत नेतृत्व चयन गरेको हो । मोरङ अध्यक्ष हुँदै केन्द्रीय उपाध्यक्ष भइसकेका पुरी अघिल्लो निर्वाचनमा भने पराजित भएका थिए । पुरीसँगै सचिवमा निर्वाचित राजेशकुमार दासलगायतलाई पनि स्वागत गरिएको थियो । स्वागतका लागि प्याब्सन मोरङका सचिव प्रेमलाल सुवाल, विराटनगर अध्यक्ष इन्द्र राईलगायत विमानस्थल पुगेका थिए ।
सञ्चारकर्मीहरुसँग कुरा गर्दै पुरीले निजी उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सच्याउनुपर्ने माग राखे । उनले संघीय शिक्षा ऐनमा पनि निजी विद्यालयहरुलाई चेप्ने काम भएको र आयोगको प्रतिवेदनमा पनि त्यस खालको प्रावधान रहेको भन्दै त्यसको विरोध गरे ।
उनले निजी विद्यालयमैत्री ऐन निर्माणमा सरकारलाई दबाब दिने, प्याब्सनको केन्द्रीय कार्यालय भवन बनाउने, प्याब्सनलाई समाज र राष्ट्रप्रति उत्तरदायी हुने संगठन निर्माण गर्ने र प्याब्सनलाई राष्ट्रको मूल प्रवाहमा समेट्न राज्यसँग पहल गर्ने आफ्ना एजेण्डा सुनाए ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











