राजाले भेटे भारतीय राजदुत, स्पष्टिकरण लिने तयारीमा सरकार
काठमाडौं । भारतीय राजदुत मन्जिव सिंह पुरीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेको विषय गम्भीर रहेको भन्दै आपत्ति जनाएको छ ।
मधेस भ्रमणमा रहेका पूर्वराजालाई भारतीय राजदुत पुरीले भेटेको भन्ने सरकारी सुचनाका आधारमा यो विषयले मन्त्री परिषदमा प्रवेश पाएको हो । बिहीबारको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरीतका गतिविधि गर्दै हिँडेका पूर्व राजासँगका भारतीय राजदूतले भेट गर्नु आपत्तिजनक रहेको भन्दै स्पष्टिकरण लिने संकेत दिएका छन् ।
पूर्वराजालाई नागरिकका रुपमा जहाँ जान छुट भएपनि अन्य चलखेल गर्न भने छुट नरहेको भन्दै सरकारले यसबारे स्पष्टिकरण सोध्ने तयारी थालेको स्रोको दाबी छ ।
गत साता जनकपुरलाई मुकाम बनाएर पूर्व राजा ज्ञानेन्द्र शाहले सर्लाही, धनुषा, सिराहा, उदयपुर र सप्तरीका बिभिन्न मठमन्दिरको भ्रमण गरेका थिए । धार्मिक भ्रमण भनिए पनि पूर्व राजाको मुख्य मिसन मधेसी समुदायसँग संवाद रहेको उनका सहयोगीले बताएका थिए ।
जनकपुरको शीताशरण होटलमा बसेका पूर्व राजालाई भारतीय राजदूत पुरीले सोही होटलमा भेटेको सूचना सरकारले पाएको छ । भारतीय दूतावास स्रोतले भने पूर्वराजासँग भएको भेटको पुष्टि गर्न चाहेको छैन ।
पूर्वराजा ज्ञानेन्द्रलाई सरकारले सशस्त्र प्रहरीका डिएसपीको कमाण्डमा ५६ जना सुरक्षाकर्मी खटाएको छ । त्यस्तै पूर्व राजाको निवास सुरक्षाका लागि अलग्गै बेस छ । पूर्वराजा मधेस मिसन सकेर अहिले झापाको दमकमा बसिरहेका छन् । उनी दुई सातापछि काठमाडौं फर्किने स्रोतले जनाएको छ ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











