स्वस्तिका लिङ्देन लिम्बुका आफन्त भन्छन्, छोरीको हत्या आर्मी मेजरका छोरा आशिशले नै गरेका हुन् ! (भिडियोसहित)
काठमाडाैं । नेपालगञ्जमा १९ वर्षीया स्वस्तिका लिङ्देन लिम्बूको रहस्यमयी तरिकाले हत्या भएको भन्दै मृतकका आफन्तले दोषी उपर कारवाही गर्नुपर्ने माग गर्दै आएका छन् ।
६ महिना अघि नेपालगञ्ज कै भृकुटी चोकका मुकेश बुढा क्षेत्री (आशिश)सँग प्रेम विवाह गरेकी लिम्बुले आत्महत्या गरेको दाबी गर्दै आशिशको परिवारले जनाउदै आएको छ । तर, उनको शरिरमा भएका निलडाम तथा झुण्डिएको भन्ने कुरामा कुनै तथ्य नमिलेको भन्दै मािति पक्षका मानिसहरुले विलाैना गर्न थालेका छन् ।
नेकपाका संघिय सांसद् नन्दलाल रोकायाका नाति समेत रहेका आशिशले सलको पासो लगाएर हत्या गरेको दाबी गर्दै आएका छन् ।
मृतक लिम्बुको मािति परिवारले अस्पतालमा डाक्टर समेत भेट्न नसकेपछि लिम्बुको लास बुझ्न बाध्य भएको जनाएका छन् । माइति पक्षका अनुसार लिम्बुकलो हत्या भएको दाबी गरेका छन् । सामान्यतया तराईमा अत्यधिक गर्मी हुने हुनाले घर बनाउदा अग्लो गरेर बनाइने गरिन्छ । घटनाको प्रकृति हेर्दा लिम्बुले पासो लगाउदा कुनै टेबुल या अन्य किसिमका केहि वस्तुको आड लगाउन पर्नेमा त्यस्तो केहि नदेखिएपछि शंकाको घेरामा आशिश परेका हुन् ।
आशिशका बुबा नेपाली सैनिकका मेजर समेत रहेको लिम्बुका बुबाले भनेका छन् । मृतक लिम्बुका बुबाले भने, म सिपाही हुँदा उ आर्मीको नायक थियो । म हवल्दा छु । उ मेजर हो उदयपुरको घाइघाटमा दरबन्दी भएकाले त्यतै कार्यरत छ । आफैले फोन गरेर जिल्ला प्रशासन कार्यालयमा आउन आग्र गर्दा समेत आउछु भनेर ढाँटेको दाबी गरेका छन् ।
पुजा फिल्मसका लागि कुशलव केसीले तयार पारेको स्थलगत रिपोर्टिङको भिडियो हेर्नुहोस्ः
Comments
अरु समाचार
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...











