इटहरीका मेयर चाैधरीलाई आत्मआलोचना गर्न नेकपा नेताहरुको आग्रह
काठमाडाैं । इटहरीका मेयरले दिएको अभिव्यक्तिले नेकपामा बहस सुरु भएको छ ।
प्रदेश ५ का मुख्यमन्त्री तथा नेकपा प्रदेश ५ इन्चार्ज शंकर पोखरेलले मेयर द्वारीका चाैधरी पार्टी मान्यताको बारेमा अनविज्ञ रहेको भन्दै उनका बुझाइहरु पूर्णतया त्रुटीपूर्ण रहेको दाबी गरेका छन् ।
मुख्यमन्त्री पोखरेलले मेयर चाैधरीलाई हक्की स्वभावको मान्छे भन्दै जवजबाट दिक्षित कार्यकर्ता लोकतान्त्रिक मूल्य मान्यता र विधिको शासनप्रति सजक हुनुपर्ने भन्दै आत्मआलोचना गर्न आग्रह समेत गरेका छन् । मेयर चाैधरीको अभिव्यक्ति पीतपत्रकारीता र भ्रष्टाचारका विरुद्ध भएपनि अभिव्यक्ति भने अस्वभाविक भएको दाबी समेत गरेका हुन् ।
यस्तै, नेकपाका अर्का नेता तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले समेत मेयर चाैधरीलाई आत्मआलोचना गर्न सुझाएका छन् ।
नेता भट्टराईले सामाजिक संजाल फेसबुकमा स्ट्याटस लेख्दै भनेका छन्, मेयरले दिएको अभिव्यक्ति पदीय मर्यादा र पार्टीको लाइन विपरित छ । तसर्थ उहाँले आत्मआलोचना गरेर पदीय गरिमा र पार्टीको प्रतिष्ठाप्रति सचेत रहनुहुनेछ ।
यद्यपी नेता भट्टराईले मेयर चाैधरी हक्की स्वभाव, प्रष्ठ वक्ता र इमान्दारीताको प्रशंसक रहेको जनाएका छन् ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











