एसइईमा ‘ए प्लस’ नआएको भन्दै सदिक्षा र सलिनाले गरे आत्महत्या
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईईमा आफूले सोचे जस्तो नतिजा नआएपछि दुई किशोरीले आत्महत्या गरेकी छन् ।
अर्घाखाँची जिल्ला सन्धिखर्ककी सदिक्षा पौडेल र झापा बुधबारेकी सलिना ढकालले आत्महत्या गरेकी हुन् ।
सदिक्षाले झुण्डिएर आत्महत्या गरेकी हुन् भने सलिनाले गरी आत्महत्या गरेकी हुन् । अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका– घर भएकी सदिक्षाले काठमाडौँ चन्द्रागिरि नगरपालिका–१२ बलम्वु दूरसञ्चार श्री बलम्वु माविबाट यस वर्ष एसइई परीक्षा दिएकी थिइन ।
परिवारलाई उद्धृत गर्दै महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रमुख शङ्कर खड्काले एसइईमा ए प्लस नतिजा नआएपछि आत्महत्या गरेको हुन सक्ने जानकारी दिएका छन् । उनले एसइईमा जिपिए ३.६ ल्याएकी थिइन् ।
झापा बुधबारेस्थित बाल्मिकी स्कुलबाट एसईई परीक्षामा सहभागी भएकी सलिना पनि आफूले सोचे जस्तो रिजल्ट नआएपछि विष सेवन गरी आत्म हत्या गरेकी परिवारले जनाएको छ ।
परिवारका अनुसार सलिना कक्षामा राम्रो विद्यार्थी थिइन् । कक्षामा कडा परिश्रम अनि राम्रो तयारीका साथ परीक्षा दिएकी सलिना ‘ए प्लस’का लागि ढुक्क थिइन् । परीक्षा बोर्डले सार्वजनिक गरेको एसईईको रिजल्टमा सलिनाले २.८१ जिपिए अर्थात् बि ग्रेड पाएकी थिइन ।
त्यसको भोलि पल्ट बोर्डले प्राविधिक कमजोरीले पुरै रिजल्टमा त्रुटि भएको सूचना प्रकाशित गरी रिजल्ट सच्याएका थिए ।
सच्याइएको सो रिजल्टमा मृतक ढकालले ३.७५ जीपिए अर्थात् उनले सोचे अनुरूप ए प्लस ग्रेड पाएको उल्लेख छ ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











