संखुवासभा अपडेटः एकजना युवा प्रहरी नियन्त्रणमा, यस्तो छ त्यस क्षेत्रमा अहिले !
संखुवासभा । सिलिङचोक १ मा भएको प्रहरी-विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताबीच भएको फायरिङमा संलग्न भएको आशंकामा प्रहरीले एकजना युवालाई पक्राउ गरेको छ ।
काठमाडाैंबाट प्रहरिको टोली पुगेपछि गाँउले त्रसित बनेका छन् । नेकपा संखुवासभा जिल्ला कमिटि सचिवालय सदस्य मंजिल राइले लुम्बिनी भ्वाइससँग भने, एकजना ुयवालाई नियन्त्रणमा लिएको भन्ने छ । प्रहरीले अन्दाजी १६ वर्षका युवा नियन्त्रणमा लिएको छ ।
राईका अनुसार विप्लवका कार्यकर्ताहरु हिजो साँझ नै गाँउमा बसेका थिए । उनीहरुले जनप्रतिनिधिसँग कुराकनी गरेका थिए । झण्डै ३ बजे तिर नै गाँउमा आएका थिए । २५ जनाको टिममा आएका उनीहरुसँग आधुनिक हतियार थिए । गाँउमा बसेर खाना खाएर जंगल तर्फ जाने क्रममा रहेको अवस्थामा प्रहरीले पिछा गरेपछि दोहोरो फायरिङ भएको हो । झण्डै १५/२० राउण्ड फायर भएको आवाज सुनेका हाैं । अहिले उनीहरुको टिम जंगल पसिसकेका छन् । गाँउमा प्रहरीको टोली बाक्लो रुपमा उपस्थित भएको छ । गाँउमा सवैसँग सोधपुछ चलेको छ । उनीहरु जंगलतर्फ गइसकेका छन् ।
लङ रेन्ज पेट्रोलिङ (LRP) को टोलीमाथि २५/३० जनाको समूहमा आएका हतियारधारी समूहले फायर खोलेपछि जवाफी फायर खोलिएको सशस्त्र प्रहरी बल, हल्चोकका डीआईजी सुरजकुमार श्रेष्ठले जनाएका छन् ।
नेपाल प्रहरीको ३५ जनाको टोली र सशस्त्र प्रहरीको १५ जना गरेर ५० जनाको टोली घटनास्थलतर्फ पुगिसकेको छ । अहिले LRP टोलीसँग काठमाडाैंबाट गएको टोलीले भेटेको भन्दै अहिले उक्त क्षेत्रमा सर्च अभियान सुरु भएको श्रेष्ठले जनाए ।
नेपाल प्रहरीले पनि प्रहरी निरीक्षक शेखरजंग मल्लको नेतृत्वमा ३५ जनाको टोली पठाएको छ ।
प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) रमेश थापाले नेपाली सेनाको एमआई १७ हेलिकोप्टरमार्फत मद्दत टोली प्रदेश पठाइएको बताए ।
असार १२ गते नेपाल प्रहरी र सशस्त्रको टोली लङ रेन्ज पेट्रोलिङ अन्तरगत उक्त क्षेत्रमा रहेको थियो ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











