रविन्द्र अधिकारीलाई सम्झदै योगेशले भने, पोखरा विमानस्थल निर्माण ६ महिना अगाडी सके रथ यात्रा गराउछाैं
पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई पहिलो पटक पोखरा पुगेर पूर्वपर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई स्मरण गर्दै राष्ट्रिय गाैरवका आयोजना समयभन्दा अगाडी नै सम्पन्न गरे रथ यात्रा गराउने दाबी गरेका छन् ।
निर्माण कम्पनीले निर्धारित समयभन्दा ६ महिना अगाडी काम सके हामी निर्माण कम्पनीसहितका पदाधिकारीलाई रथ यात्रा गराउछाैं । मन्त्री भट्टराईले भने ।
पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम ४५ प्रतिशत सकिएको जानकारी आयोजना प्रमुख विनेश मुनकर्मीले गराएपछि मन्त्री भट्टराईले निर्माण सकेर उदाहरण बन्न निर्देशन दिएका छन् ।
निर्माण सम्पन्न हुन ६ महिनाजति समय लाग्ने जानकारी मन्त्रीलाई आयोजना प्रमुखले गराए । नेपालमा निर्माणका कामहरु समयमै सकिन्न भन्ने विदेशीमा परेको छाप मेटाउन सम्पूर्ण पक्ष जिम्मेवार भएर काम गर्नुपर्ने मन्त्री भट्टराईको भनाई थियो ।
यस्तै, विमानस्थल संचालनका लागि जनशक्ति व्यवस्थापनको काम समेत सुरु भएको मन्त्री भट्टराईलेर जनाए ।
स्थानियबासिको गुनासो सुनेका उनले ठूला आयोजना निर्माण हुँदा कमजोरी भएको रहेछ भने त्यसलाई सम्बोधन गर्ने र जनतालाई नांगेझार गरेर कुनै काम अगाडी नबढाइने आआ्सवासन समेत दिए ।
२१ अर्ब लागतमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ठेक्का चिनियाँ कम्पनी सीएमसीले ०७१ वैशाख २९ मा पाएको थियो । सन् २०२१ जुलाई १० भित्र काम सकेर हस्तान्तरण गर्ने सम्झौतामा छ ।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड दैनिक चार घण्टा बन्द हुने !
काठमाडौं । धमाधम स्तरोन्नति भइरहेको पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड बुधबारदेखि ९ दिनसम्म दैनिक चार घण्टा बन्द हुने भएको...
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
पोखरामा यस वर्षको तिहारमा ३ लाख फूलको माला खपत हुने अनुमान !
काठमाडाैं । यस वर्ष तिहार पर्वको अवसरमा पोखरामा करिब ३ लाख फुलका माला खपत हुने भएको छ । पर्यटनको राजधानी...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
रसुवामा फसेका १२ जनालाई स्याफ्रुवेशी ल्याइयाे, चारजना अझै बेपत्ता !
काठमाडाैं । अविरल वर्षाका कारण रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ ड्यामसाइड क्षेत्रमा फसेका व्यक्तिहरूमध्ये १२ जनालाई नेपाली सेनाको उद्धार टोलीले सकुशल...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...











