कम्युनिष्ट पार्टी एकताका लागि पाँच वर्षका लागि प्रधानमन्त्री बन्न आएको अफर लत्याएको हुँः प्रचण्ड
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले आफूलाई पाँच वर्षका लागि प्रधानमन्त्री बन्न अफर आएको खुलासा गरेका छन् ।
आज इलाममा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले भने, कम्युनिष्ट पार्टी एकताका लागि पाँच वर्ष प्रधानमन्त्री बन्न आएको अफरलाई लत्याएर आफू कम्युनिष्ट पार्टी एकताका लागि लागिपरेको जनाएका हुन् । कम्युनिष्ट एकता, राष्ट्रको एकता, विकास र संबृद्धिका लागि आफू प्रतिबद्ध रहेको र कार्यकर्ता समेत पार्टीको विधानसम्मत गएको खण्डमा अबको २० वर्ष कम्युनिष्टको राज हुने समेत दाबी गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफैले कम्युनिष्ट पार्टी एकताका लागि प्रस्ताव गरेिएको र प्रधानमन्त्रीका लागि आफैले प्रस्ताव लैजाने भनेर वचन दिएको स्मरण गर्दै प्रचण्डले भने, कमरेड ओलीलाई मैले चुनाव भन्दा अगाडी नै प्रधानमन्त्रीका लागि प्रस्ताव गर्ने वचन दिएको र त्यसै अनुरुप प्रधानमन्त्री बनाएको हो । मेरा लागि प्रधानमन्त्री बन्न भन्दा कम्युनिष्ट एकता ठूलो कुरा हो ।
‘हाम्रा लागि पदको कुरा ठूलो होइन । चुनावपछि सरकार कमरेड केपी ओलीकै नेतृत्वमा हुन्छ भनेर मैले नै भनेको हुँ । चुनावपछि मलाई पुरै अवधिका लागि प्रधानमन्त्रीको अफर आएको थियो । म ती सबै छोडेर आएको छु भने म प्रधानमन्त्री बन्न हतार छु भन्नु साह्रै गलत हुन्छ।’ यस्तै प्रचण्डले प्रधानमन्त्रीमा आलोपालो गर्ने भद्र सहमती भएपनि ओलीको नेतृत्वमा सरकार पाँच वर्ष टिक्ने संकेत गरेका छन् ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











