कम्युनिष्ट पार्टी एकताका लागि पाँच वर्षका लागि प्रधानमन्त्री बन्न आएको अफर लत्याएको हुँः प्रचण्ड
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले आफूलाई पाँच वर्षका लागि प्रधानमन्त्री बन्न अफर आएको खुलासा गरेका छन् ।
आज इलाममा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले भने, कम्युनिष्ट पार्टी एकताका लागि पाँच वर्ष प्रधानमन्त्री बन्न आएको अफरलाई लत्याएर आफू कम्युनिष्ट पार्टी एकताका लागि लागिपरेको जनाएका हुन् । कम्युनिष्ट एकता, राष्ट्रको एकता, विकास र संबृद्धिका लागि आफू प्रतिबद्ध रहेको र कार्यकर्ता समेत पार्टीको विधानसम्मत गएको खण्डमा अबको २० वर्ष कम्युनिष्टको राज हुने समेत दाबी गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफैले कम्युनिष्ट पार्टी एकताका लागि प्रस्ताव गरेिएको र प्रधानमन्त्रीका लागि आफैले प्रस्ताव लैजाने भनेर वचन दिएको स्मरण गर्दै प्रचण्डले भने, कमरेड ओलीलाई मैले चुनाव भन्दा अगाडी नै प्रधानमन्त्रीका लागि प्रस्ताव गर्ने वचन दिएको र त्यसै अनुरुप प्रधानमन्त्री बनाएको हो । मेरा लागि प्रधानमन्त्री बन्न भन्दा कम्युनिष्ट एकता ठूलो कुरा हो ।
‘हाम्रा लागि पदको कुरा ठूलो होइन । चुनावपछि सरकार कमरेड केपी ओलीकै नेतृत्वमा हुन्छ भनेर मैले नै भनेको हुँ । चुनावपछि मलाई पुरै अवधिका लागि प्रधानमन्त्रीको अफर आएको थियो । म ती सबै छोडेर आएको छु भने म प्रधानमन्त्री बन्न हतार छु भन्नु साह्रै गलत हुन्छ।’ यस्तै प्रचण्डले प्रधानमन्त्रीमा आलोपालो गर्ने भद्र सहमती भएपनि ओलीको नेतृत्वमा सरकार पाँच वर्ष टिक्ने संकेत गरेका छन् ।
Comments
अरु समाचार
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
कोशी प्रदेश : चार महिनामा लैङ्गिक हिंसाका २८६ मुद्दा दर्ता
झापा । कोशी प्रदेशमा चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक अवधिमा लैङ्गिक हिंसाका २८६ वटा मुद्दा दर्ता भएको प्रहरीले...
-
फक्ताङलुङमा घाँस काट्ने क्रममा लडेर एक जनाकाे मृत्यु !
काठमाडाैं । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ लिङखिमका एक व्यक्तिको घाँस काट्ने क्रममा आज लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय बलबहादुर...
-
पाख्रिबासमा माइक्रोबस दुर्घटना एकजनाकाे मृत्यु, १३ जना घाइते !
काठमाडौं । धनकुटामा माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट संखुवासभाको सदरमुकाम खाँदवारी जाँदै गरेको बा...
-
‘सम्झना टोल विकास संस्था’ को साधारणसभा सम्पन्न, विकासप्रेमी केदार कार्की पुनः अध्यक्षमा चयन
विराटनगर । विराटनगर महानगरपालिका वडा नं ५ स्थित सम्झना टोलविकास संस्थाको २६ औं वार्षिक साधारणसभाले केदार कार्कीलाई अध्यक्षमा निर्वाचित गरेको...












