गृहमन्त्री बादलको स्पष्टिकरणः बाँकेको घटनामा नेकपाको निर्देशन होइन, कार्यकर्ता संलग्न हुनसक्छन्’
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बाँके घटना सत्तारुढ पार्टीले निर्देशनमा नभएको बताएका छन् ।
प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा कांग्रेस सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री बादलले सत्ताधारी पार्टीले कांग्रेसको कार्यक्रम विथोल्ने निर्णय नगरेको बताए । उनले भने, ‘नेकपाका कार्यकर्ता हुनसक्छ तर नेकपाको नीति निर्देशन होइन ।’
यो घटना राजनीतिक रुपमा भएको भन्दा देशभरका स्थानीय तहमा शान्ति सुरक्षामा चुनौती उत्पन्न हुनसक्नेतर्फ गृहमन्त्रीले कांग्रेसको ध्यानाकर्षण गराए । उनले भने, ‘यो घटनालाई राजनीतिक रुपमा नलिन सम्बद्ध सबैमा अनुरोध गर्न चाहन्छु ।’
उनले घटनालाई सरकारले गम्भीर रुपमा लिएको बताए । केही पक्राउ परिसकेको भन्दै गृहमन्त्रीले दोषीहरुलाई कारबाही गर्ने प्रतिवद्धता जनाएका छन् ।
राष्ट्रिय जागरण अभियान अन्तरगत २६ भदौमा बाँकेको खजुरामा कांग्रेसले आयोजना गरेको कार्यक्रममा नेकपा कार्यकर्ताले आक्रमण गर्दा जिल्ला सभापति किरण कोइरालाको हात भाच्चिएको छ भने अरु केही घाइते भएका छन् ।
घटनामा संलग्न भएको आरोपमा निर्मल खत्री, रोशनसिंह ठकुरी र लोकबहादुर शाहीलाई पक्राउ गरेर अनुसन्धान भइरहेको गृहमन्त्री थापाले जानकारी दिए । ‘घटनामा संलग्न जोकोहीलाई कानून कारबाही गर्न मन्त्रालय दृढ छ,’ थापाले भने ।
उनले यस्ता कार्यक्रम आयोजना गर्दा स्थानीय प्रशासनलाई जानकारी दिन पनि उनले आग्रह गरे ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
डिम्ब प्रकरणमा सर्वोच्चः महान्यायधिवक्ताको कार्यालयविरुद्ध कारण देखाउ आदेश जारी
काठमाडौं। गैरकानुनी रूपमा नाबालिकाहरूको डिम्ब निकालेको अभियोगमा अनुसन्धानको दायरामा आएको होप फर्टिलिटी एन्ड आईभीएफ सेन्टर विरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको...
-
प्रधानमन्त्री कार्कीले सरकारी जग्गा मिचेको आरोपमा अदालतकै कर्मचारीको आक्रोश, न्याय र कार्यपालिकामाथि गम्भीर धक्का
काठमाडाैं । पूर्वप्रधानन्यायाधीश समेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीले सरकारी जग्गा हडपेको विषयमा जिल्ला अदालत ललितपुरका कर्मचारी हरि भट्टराईले आलोचना गरेका...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
नेपालटारबाट सुन र नगदसहित सामान लुटपाटको आरोपमा चार जना पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिकास्थित नेपालटारबाट सुन र नगदसहित विभिन्न सामान लुटपाट गरेको आरोपमा चार जनालाई पक्राउ गरेको...












