विप्लवको गोप्य कार्यालयमा प्रहरीको छापाः मेची–कोसी व्युरो संयोजक पक्राउ
काठमाडाैँ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको झापास्थित गोप्य कार्यालयमा प्रहरीले छापा मारेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विर्तामोड नगरपालिका–४, नेपाल विद्युत् प्राधिकरणको कार्यालयपछाडि गोप्य रूपमा सञ्चालनमा रहेको विप्लव नेकपाको जिल्ला पार्टी कार्यालयमा प्रहरीले छापा मारेको हो ।
छापा मार्ने क्रममा प्रहरीले विप्लव समुहका तीन जना नेतालाई पनि पक्राउ गरेको हो । त्यसक्रममा विप्लव समुहको मजदुर संगठनका मेची–कोसी व्युरोका संयोजक टीका पोखरल, मेचीकोशी व्युरो सदसस्य प्रविण मिश्र र अर्का एक जना रहेका छन् ।
त्यस्तै छापा मार्दा हतियारसमेत पक्राउ परेपनि प्रहरीले कति र कस्ता हतियार बरामद गरेको हो भन्ने खुलाएको छैन ।
चन्दा रसिद, लेटर प्याड लगायतका सामाग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी दिनेशराज मैनालीले बताए । केही बेरमा पत्रकार सम्मेलन गरेर घटनाबारे विस्तृत जानकारी गराइने पनि बताए ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











