प्रतिनिधिसभा सदस्य राजेन्द्र प्रसाद गाैतमको नजरमा हरि बैरागी को थिए ?
काठमाडौं । तत्कालीन नेकपा एमालेबाट २०५१ सालको निर्वाचनमा सांसद बनेका हरी बैरागी दाहालको हृदयघातका कारण मनमोहन कार्डियो थेरासिक भास्कुलर ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा निधन भएको हो ।
असोज ३ गते उनको उपचारको क्रममा निधन भएको हो । उनी नीजि क्षेत्रका साना जलविद्युत आयोजनाका किङ मेकर थिए । राजनीतिमा सक्रिय जीवनबाट व्यवसायीक बन्न पर्छ भनेर साना जलविद्युत आयोजना निर्माण सम्पन्न गर्दै आएका बैरागी शैक्षिक आन्दोलनका समेत एक हिस्सा थिए ।
संखुवासभाको मादी -०४, कोपिले मा २०१४ साल कार्तिक २८ गते बुवा यज्ञदत्त दाहाल र आमा फाल्गुन कुमारी दाहालको कोखबाट जन्मिएका बैरागी विद्यार्थी कालदेखी नै कम्युनिष्ट चेतले ओतप्रोत थिए ।
संखुवासभाबाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित भएका प्रतिनिधिसभा सदस्य तथका नेता राजेन्द्र प्रसाद गौतमका अनुसार बैरागी राजनीतिमा आउनु पर्छ की भन्ने मानसिकतामा थिए ।
गौतमका अनुसार बैरागी विकासप्रेमी र स्वच्छ छवीका एक इमान्दार सिपाही थिए । बैरागी र उनकी धर्मपत्नी लक्ष्मी आचार्यबाट तीन छोराछोरी छन । अस्मिता र अन्जिता छोरीहरु हुन भने आशिष एकमात्र छोरा हुन ।
माइलो सन्तानको रुपमा जन्मिएका बैरगीका परिवारमा जेठा दाइ पिताम्बर र भाई तुलसीप्रसाद छन भने, उर्मिला भण्डारी र तारा केसी बहिनीहरु हुन ।
२०३५/०३६ सालको वाम आन्दोलनबाट विद्यार्थी आन्दोलनमा होमिएका बैरागीले विन्देश्वरी बहुमुखी क्याम्पसबाट विएल सम्मको अध्ययन गरेका थिए । सोही बेला सप्तरी अनेरास्ववियु अध्यक्ष भएका उनी ०४३ सालको जनपक्षिय हस्तक्षेपको राजनीति मार्फत तत्कालीन राष्ट्रिय पञ्चायतको सदस्यको रुपमा उम्मेदवार भई सम्मानीत मत प्राप्त गरेका थिए ।
झण्डै दुई दशक वाम राजनीतिमा रहेका बैरागी जिल्लाको पार्टी नेतृत्वमा लामो समय काम गरेका थिए । पार्टीको उर्जा तथा जलस्रोत केन्द्रिय विभागमा रहेका उनी पञ्चायत विरोधी कार्यक्रमको बेला थुप्रै पटक जेल जीवन समेत व्यतित गरेका थिए ।
उनी कोशी-ल्हासा राजमार्ग, मध्यपहाडी लोकमार्ग, सभाताल जस्ता आयोजनाका स्वप्नद्रष्टा एवम् अभियानकर्ता समेत थिए । उनलाई जिल्लामा विकासप्रेमी नेताको रुपमा चिनिन्छ ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











