धिमाल समुदायका मौलिकता संकटमाः सीप सिकाउन तालीम
सुरुङ्गा । झापा र मोरङमा बसोबास गर्दै आएका आदिवासी समुदाय हुन् ‘धिमाल’ । सो समुदाय आफ्नै भाषा, मौलिक पहिचान, जीवनशैली, वेषभूषा, लोक धर्म र संस्कृतिले सुसज्जित रहेको । अल्पसङ्ख्यक जातिका रुपमा रहेको सो समुदायको जनसङ्ख्या पछिल्लो जनगणना अनुसार ३० हजारको हाराहारीमा रहेको छ ।
आदिमकालबाट प्रकृतिमा निर्भर रहेको धिमाल समुदायले प्रकृति पूजामा विश्वास राख्दै आएको धिमाल जाति विकास केन्द्रका वरिष्ठ उपाध्यक्ष गणेशमान धिमालले बताए । आफ्नै सामाजिक संस्कार भएको सो समुदायको जन्म, विवाह र मृत्यु संस्कार पनि छुट्टै रहेको छ । उनका अनुसार जात्री मेला, सिरजात, पार्वा, भेन्द्र, नावाङ्गी, गावा पूजा, जात्रा पूजा, टाकाबान्धा, रास पूजा, बान्धा पूजा, धुला पूजा, हाइजा पूजा, लक्ष्मी काइका पूजा आदि धिमालले मान्ने मौलिक चाडपर्व हुन् ।
केन्द्रका वरिष्ठ उपाध्यक्ष धिमालले आफ्नै जातीय वेषभूषाले सुसज्जित हुने यस समुदायले युवा पुस्तालाई आफ्नो संस्कार र संस्कृति जानकारी गराउन नसक्दा अहिले आफ्नो मौलिक संस्कार र संस्कृति भुल्दै गएकोमा चिन्ता व्यक्त गर्छन् । उनी भन्छन्, “धिमाल समुदायका महिलाले लगाउने दाबोना, इतङ्गी, पातोलोइ, सामुठी, नोसोइ, तेपाना र पुरुषले लगाउने आसकोट, गान्जी, टेपाना, पाटुका, चेउका धारी, तुप्रीका विषयमा युवा पिँढीलाई हामीले बताउन नसक्दा हाम्रो मौलिक रीतिरिवाज ओझेलमा पर्दै गएको छ ।”
उर्नी, ढोल, सेरेन्जा, तुन्जाइ, दोतारा, घोगोमोगो, बाँसुरी हाम्रा आफ्नै परम्परागत बाजा हुन् उपाध्यक्ष धिमाल भन्छन्, “अहिले यी बाजा बजाउने युवा छैनन् । चाडपर्व, पूजाआजामा यस खाले बाजा बजाउनुपर्ने भए पनि युवा पुस्ताले संस्कार संस्कृति संरक्षणमा ध्यान नदिँदा हाम्रो मौलिक संस्कार संस्कृति नै लोप हुँदै गएको छ ।”
धिमाल समुदायका मौलिक गरगहना र जातीय पोशाकको संरक्षण गर्न बिर्तामोड नगरपालिकाले धिमाल महिलालाई अहिले जातीय पहिचान झल्काउने पहिरन ‘दाबोना’ अर्थात पेटानी बनाउन प्रोत्साहन गरिरहेको छ । जातीय पहिरन संरक्षण हुने र महिलाले त्यसलाई व्यावसायिकता प्रदान गरे आत्मनिर्भर बन्ने नगरपालिकाका सूचना अधिकारीसमेत रहनुभएका वडा नम्बर १ का अध्यक्ष अग्निप्रसाद पाण्डेले जानकारी दिए ।
उनले भने, “धिमाल समुदाय आफैँमा पछाडि छ त्यसमाथि संस्कार संस्कृतिले सुसज्जित भए पनि आफ्नै वेषभूषाको संरक्षण गर्न नसक्दा उनीहरुलाई सीप पनि सिकाउने र संस्कार संस्कृतिको संरक्षण गर्दै आत्मनिर्भर बनाउन नारी सङ्कल्प नामक संस्थासँग सहकार्य गर्दै धिमाल महिलालाई पेटानी बनाउने तालीम प्रदान गरिरहेका छौँ ।”
१८ धिमाल समुदायका महिलाले सोे तालीम लिइरहेको नारी संकल्प संस्थाका अध्यक्ष तुलसा खरेलले जानकारी दिए । ‘दाबोना’ अर्थात पेटानी धिमाल समुदायका महिलाले लगाउने गर्छन् । तर, आधुनिकताका कारण अहिले सो महिलाले पेटानी लगाउन छाड्दै गएका छन् । अझ युवा पुस्तामा आफ्नै जातीय पहिरनप्रति आकर्षण छैन । पेटानी बनाउन सिकाउँदै आएकी मोरङ पथरीकी सीता धिमालले भनिन्, “पेटानी बनाउने मात्रै सीप सिक्ने हो भने धिमाल समुदायका महिला कोही पनि बेरोजगार हुनु पर्दैन ।”
पेटानी गुन्यूजस्तै हो तर, पेटानी करिब पाँच÷छ हात मात्रको हुन्छ । पेटानी लगाउँदा महिला केवल छाती मात्रै ढाक्छन् । पेटानी लगाउने महिलाले चोलो लगाउँदैनन् । पेटानी लगाउने महिलाले छाती मात्रै छोप्छन् र पेटानी घुँडा मुन्तिरसम्म मात्र लगाउँछन् । पेटानी प्रायः कालो रङको हुन्छ । यो घरमै महिलाले धागो कातेर तानमा बनाउने गर्छन् । पेटानी बनाउने हाम्रो पुख्र्यौली पेशा हो उनले भने, “हाम्रो समुदायमा विवाह व्रतबन्धजस्ता कार्यमा पेटानी अनिवार्य छ तर, अहिलेका युवा पिँढीले पेटानी लगाउँदैनन् ।”
सीप सिकाउन थालेपछि नगरका धिमाल महिला अहिले सीप सिक्न उत्साहित देखिएका छन् । दुई महिना अघिदेखि पेटानी बनाउने सीप सिक्दै आएकी बिर्तामोड–१ निवासी कोपिला धिमाल भन्छिन्, “हामी लजाएर रहेछ, एउटा मात्रै पेटानी बनाएर बिक्री गर्दा रु दुई हजार ५०० देखि तीन हजारसम्ममा बिक्री हुने गर्दाे रहेछ । दुई दिनमै तयार गर्न सकिने पेटानी महिनामा १२ देखि १५ वटा मात्रै बनाएर बिक्री गर्ने हो भने रु ३० हजारभन्दा बढी आम्दानी गर्न सकिने रहेछ ।”
तालीममा सहभागी घिना धिमाल उमेरले ५० को हाराहारीमा हुनुहुन्छ तर, उनी मा सीप सिक्ने इच्छा छ । उनी भन्छिन्, “बेलैमा सीप सिकेर यो व्यवसाय शुरु गरेको भए अहिलेसम्ममा मनग्य आम्दानी गरिसक्ने थिए ।” बिर्तामोड नगरपालिकाले धिमाल समुदायका महिलाको जीवनस्तर सुधार्दै स्वावलम्बी बनाउन पेटानी बनाउने सीप सिकाए पनि दमक नगरपालिकाले पनि धिमाल समुदायलाई परापूर्वककालदेखि बसोवास गर्दै आएको नागरिकका रुपमा ‘प्रथम नागरिक’ घोषणा गर्दै धिमाल समुदायलाई सम्मान गरेको छ ।
धिमाल समुदायको जनसङ्ख्या दमक नगरपालिकामा करिब १५ हजारको हाराहारीमा रहेको बताइएको छ । जातीय बसोबास सूची बनाउने काम गर्न लागिएको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले जानकारी दिए ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











