वीपी प्रतिष्ठानमा भर्ना भएका १६ जनाको कोभिड-१९ परीक्षण रिपोर्ट आयो
धरान । कोभिड–१९ कोरोना भाइरसको आशंकामा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि भर्ना भएका १६ जना बिरामीको स्वाब रिपोर्ट नेगेटिभ देखिएको छ ।
प्रतिष्ठानमा यही यहि चैत १ गते भर्ना भएका ३ जना र ११ भर्ना भएका १३ जना गरी भएका १६ जनाको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नमूना पठाइएको थियो ।
उनीहरु सबैको स्वाब रिपोर्ट नेगेटिभ देखिएको वीपी प्रतिष्ठानका सहायक प्रवक्ता डा. अशोक ऐरले जानकारी दिएका छन् । उनले शनिबार पनि तीनजना बिरामीको नमुना परीक्षणका लागि टेकु पठाइएको जानकारी दिए।
प्रतिष्ठानका सहायक निर्देशक डा. विकास साहले फ्रान्सबाट कतार हुँदै जहाजमा नेपाल आएकी कोरोना सक्रमित युवतीसंगै आएका धरान–६ पानवारीका युवाको स्वाब परीक्षण पनि नेगेटिभ देखिएको बताए । संक्रमित युवतीसँगै आएका सुनसरीका चार जना मध्ये अन्य तीन जनाको भने परीक्षण गरिएको छैन्। अहिले कोरोनाको आशंकामा प्रदेश १ का विभिन्न जिल्लाका ८ जना प्रतिष्ठानमा भर्ना भइस् उपचार गराइरहेको साहले जानकारी दिए।
आशंका गरिएकोको रिपोर्ट देखिएपीछ धरानको वातावरण केही सहज भएको छ । केही बिरामीको रिपोर्ट नेगेटिभ आयो भनेर ढुक्क हुने अवस्था नरहेकोले सचेत भएर घरमै बस्न इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डिराज न्यौपानेले आग्रह गरे। उनले सुरक्षामा प्रहरी चौबिसै घण्टा खटिरहेको भएपनि सर्वसाधारणले लकडाउन उंलघन गरेको भन्दै दुखेसो पोखे।
Comments
अरु समाचार
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...












