नेपालमा एकैदिन थपिए १४ कोरोना संक्रमित, संक्रमितको संख्या ३० पुग्यो
काठमाडौं । नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् ।
शुक्रबार एकै दिन उदयपुर र चितवनबाट १४ जना संक्रमित थपिएका छन्।
उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केस्थित मस्जिदमा बसेका १६ जनामध्ये १२ भारतीयमा काेराेना संक्रमण भएकाे पुष्टि भएकाे छ। त्यसैगरी चितवन पनि दुई जनामा काेराेना संक्रमण देखिएकाे छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उदयपुर र चितवनका गरी १४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हाे।
विराटनगरमा रहेको प्रयोगशालामा पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा १२ जनाको रिपोर्ट पोजेटिभ आएको थियाे। उनीहरुको रिपोर्टको अन्तिम निस्कर्ष निकाल्न त्यही नमूना टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाइएकाे थियाे। यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवन राप्ती नगरपालिकाकामा पनि थपिएका छन्।
‘विराटनगरमा रहेको प्रयोगशालामा पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा ८ जनाको रिपोर्ट पोजेटिभ आएको छ’, स्वास्थ्य मन्त्रालय स्रोतले भन्यो, ‘उनीहरुको रिपोर्टको अन्तिम निस्कर्ष निकाल्न त्यही नमूना टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा पोजेटिभ नै देखाएको छ।’
उदयपुरमा भेटिएकामध्ये १२ जना पुरुष हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमित क्रमश ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षीय पुरुष छन्। चितवनको राप्तीमा भेटिएका दुवैजना पुरुष २७ र ६३ वर्षीय छन्।
नेपालमा लकडाउन हुनुअघि नै आएर बसेका भनिएका उनीहरुको कोशी अञ्चल अस्पतालको ल्याबमा कोरोना परीक्षण गर्दा आठजनामा ‘पोजेटिभ’ देखिएको हो।
र्यापिड टेस्ट गरिएका १६ जनाकै शंका लागेर बिहीबार परीक्षण गर्दा १२ मा कोरोना पोजेटिभ देखाएको हो। बिराटनगरमा गरिएको परीक्षणपछि उनीहरुको स्वाब काठमाडौंस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाउँदा पनि पोजेटिभ नै आएको हो।
उनीहरुको स्वाब बिहीबार राति नै सामाजिक विकास मन्त्रालयले गाडीमार्फत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको थियो। टेकुमा पुनः परीक्षणपछि स्वास्थ्य मन्त्रालयले उक्त कुराको पुष्टि गरेको हो। विराटनगरबाट यी १२ सहित अन्य शंकास्पद १० जनाको पनि स्वाब टेकुमा ल्याइएको थियो।
वीरगन्जको मस्जिदमा बसेका मुस्लिम धर्मगुरुमा कोरोना संक्रमण भएको पुष्टिपछि उदयपुरमा समेत अनुगमन गरेर स्वाब संकलन गरिएको थियो। उदयपुरका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीसहितले अनुगमन गरेपछि उनीहरुको स्वाब लिइएको थियो।
चितवनमा २ जना
चितवनका दुईजनामा पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पुनः परीक्षणमा पनि दुईजनाकै कोरोना पोजिटिभ देखिएको हो।
यसअघि भरतपुर कोभिड-१९ परीक्षण प्रयोगशालाले ती दुई जनाको हिजो राती कोरोना पोजेटिभ नतिजा देखिएको थियो। त्यसपछि राति नै पुनः परीक्षणका लागि स्वाब काठमाडौं पठाइएको थियो । पूर्वीचितवनको राप्ती नगरपालिकाका ती कोरोना संक्रमित दुईजना अहिले भरतपुर अस्पतालको आइसोलसन कक्षमा उपचाररत छन् ।
र्यापिड टेस्टमा शंकास्पद देखिएपछि ती दुईसहित परिवारका अरु सदस्यलाई पनि भरतपुर ल्याइएको थियो। उनीहरुको बिहीबार स्वाब संकलन गरी भरतपुरमा परीक्षण गरिएको थियो ।
कोरोना संक्रमित दुवैजनाको अवस्था सामान्य रहेको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले बताए। बिहीबार मात्रै भरतपुरमा ३६ जनाको कोरोना परीक्षण भएको थियो। जसमा ३१ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । पाँचजनाको पुनः परीक्षण गर्दा तीनको नेगेटिभ र दुईको पोजेटिभ रिपोर्ट आएको थियो ।
उदयपुरको पृष्ठभूमि
मस्जिदमा रहेका १२ जनासँग भारतीय परिचयपत्र भेटिएको थियो। अन्य ४ जना नेपाली रहेका त्यहाँका प्रजिअ पहाडीले बताए। लकडाउनको समयमा मस्जिदमा विदेशी आएर गुपचुप बसेको भन्दै स्थानीय बासिन्दाले प्रशासनलाई खबर गरेका थिए।
भुल्केको मस्जिदमा रहेका १६ जनाको स्वाब सुरक्षाकर्मीसहित पुगेर स्वास्थ्यकर्मीले लिएका थिए। भुल्के मस्जिदमा रहेका १२ भारतीय विराटनगरबाट सप्तरी हुँदै त्यहाँ आएका प्रारम्भिक सोधपुछमा खुलेको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ।
भुल्के मस्जिदमा भरहेका भारतीय सप्तरीको वोदेबर्साइन नगरपालिका-५ जाँजरमा फागुन ३ देखि ५ भएको नेपाल इज्तिमा सहभागी हुन आएको अनुमान गरिएको छ। स्वाब सकलनसँगै तिनीहरुको ‘ट्राभल हिस्ट्री’समेत खोजिने पहाडीले बताए।
Comments
अरु समाचार
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...












