छिमेकी देशको अवस्था हेर्दा, तत्काल लकडाउन नखोल्नु उपयुक्त : मुख्यमन्त्री गुरुङ
काठमाडाैँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले कोरोना भाइरसको संक्रमणबाट जोगिन गरिएको लकडाउन खोल्न तत्काल हतार गर्न नहुने बताएका छन् ।
भारतमा संक्रमितको संख्या बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै नेपालमा पनि तत्काल लकडाउन नखोल्नु उपयुक्त हुने उनले बताएका हुन् ।
अन्य देशहरुको पनि अभ्यासलाई हेरिनुपर्नेमा उनको जोड थियो । चीनमा सचेत हुँदा अवस्था जटिल हुन नपाएको तर इटली र अमेरिकामा संक्रमण बढिरहेको तर्फ हाम्रो ध्यान जानु पर्ने उनले बताए ।
पोखरामा शनिबार मुख्यमन्त्री कार्यालय परिसरमा भएको पत्रकारहरुसंंगको छलफलमा उनले यस्तो बताएका हुन् । सरकारले देशभर लागू गरेको लकडाउनको अवधि सकिने नजिक पुग्न लाग्दा उनले यस्तो धारणा राखेका हुन् । उनले विकास निर्माण र उत्पादन क्षेत्रलाई भने सुरक्षाका सबै विधि अपनाएर खुल्ला गर्दै लकडाउन कायम राख्नुपर्ने बताए ।
‘उत्पादनको क्षेत्रमा निस्चित विधि अपनाएर सामाजिक दूरी कायम गर्दै खुला विकास निर्माणलाई पनि अब विस्तारै अगाडि बढाउनुपर्छ ’ उनले भने । मुख्यमन्त्री गुरुङले लकडाउन कायम राखेर विकास निर्माण र उत्पादन खुलाउने बारेमा प्रदेशका उद्योगी र निर्माण व्यवसायीसंग समेत छलफल चलाएको जनाए ।
छलफलमा उनीहरुले प्रदेशको प्रस्ताव सकारात्मक रहेको र त्यसका लागि आफूहरु तयार रहेको बताएको उनले जानकारी दिए । ‘हामीले केहि दिनदेखि विकास निर्माण र उत्पादनलाई खुल्ला गर्नेबारे उद्योगी तथा निर्माण व्यवसायीसँग छलफल गरिरहेका छौं’ उनले भने, ‘उहाँहरु पनि हाम्रो प्रस्तावमा सकारात्मक हुनुहुन्छ, खुलाउन तयार हुनुहुन्छ ।’
उद्योगहरु खुलाई सकेपछि आवश्यक पर्ने कच्चा पदार्थ भने सहज रुपमा ल्याउन पाउनु पर्ने उनीहरुको माग रहेको मुख्यमन्त्रीले उल्लेख गरे । तर त्यसरी सामान ओसारपसार गर्दा भाइरस संक्रमण नियन्त्रणका उपाय (सेनिटाइजिङ) अप्नाउनु पर्ने उनको धारणा छ । मुख्यमन्त्री गुरुङले अन्य प्रदेशमा लकडाउन कायम राखे पनि गण्डकी प्रदेशमा भने केही खुकुलो बनाउन सकिने बताए ।
‘हाम्रो प्रदेशमा अब कोरोना छैन’ उनले भने,‘बागलुङमा भेटिएका संक्रमित पनि निको भएर घर फर्किसकेका छन्, समुदायमा यो फैलिन पाएन र अहिले कोरोनामुक्त प्रदेश भइसकेको छ, त्यसैले हाम्रो प्रदेशमा लकडाउन खुकुलो बनाउन सकिन्छ ।’
मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशमा र्यापिड डाइग्नोष्टिक टेष्ट(आरडिटी)का लागि समेत आवश्यक मात्रामा किट अभाव भएको बताए । ३७ हजार किट माग गरिएकोमा प्रयाप्त मात्रामा प्राप्त गर्न नसकेको उनले टिप्पणी गरे । गण्डकी प्रदेशमा बाहिरबाट आएका सबैलाई पिसिआर टेष्ट गराउने पक्षमा आफू रहेको उनले बताए ।
Comments
अरु समाचार
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड दैनिक चार घण्टा बन्द हुने !
काठमाडौं । धमाधम स्तरोन्नति भइरहेको पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड बुधबारदेखि ९ दिनसम्म दैनिक चार घण्टा बन्द हुने भएको...
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
पोखरामा यस वर्षको तिहारमा ३ लाख फूलको माला खपत हुने अनुमान !
काठमाडाैं । यस वर्ष तिहार पर्वको अवसरमा पोखरामा करिब ३ लाख फुलका माला खपत हुने भएको छ । पर्यटनको राजधानी...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
रसुवामा फसेका १२ जनालाई स्याफ्रुवेशी ल्याइयाे, चारजना अझै बेपत्ता !
काठमाडाैं । अविरल वर्षाका कारण रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ ड्यामसाइड क्षेत्रमा फसेका व्यक्तिहरूमध्ये १२ जनालाई नेपाली सेनाको उद्धार टोलीले सकुशल...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...












