सांसद गाैतमद्वारा संखुवासभा बाढीपहिरोमा ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त
बाढीपहिरो पिडितको उद्दारमा जुट्न आह्वान
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र गाैतमले संखुवासभामा बाढी पहिरोबाट ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
एक विज्ञप्ति जारी गर्दै उनले मृतकमा श्रद्धान्जली, घाइतेको स्वास्थ्य लाभको कामना तथा बेपत्ताको उद्दारमा सक्रिय सहभागिता जनाउने प्रतिबद्दता ब्यक्त गरेका छन् ।
केही दिनदेखि परेको अविरल वर्षाको कारण देशको विभिन्न ठाउँमा बाढी पहिरोबाट ज्यान गुमाएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् भने घाइतेको सिघ्र स्वाथ्य लाभको कामना समेत गरेका छन् । उनले बाढी पहिरोमा परि बेपत्ता भएकाहरुको यथासिघ्र खोजीमा जुट्न सम्पूर्णमा आग्रह गरेका छन् ।
सांसद गाैतमले बाढी पहिरो प्रभावितको उद्धार र राहत व्यवस्थापनमा गृहमन्त्रालयको तर्फबाट सम्बन्धित सबै प्रदेश सरकारसँग समन्वय गरिरहेको जानकारी समेत दिएका छन् ।
उनले बाढी पहिरो प्रभावितको लागि राहत उद्धार र उपचार व्यवस्थित रुपले अगाडी बढाउने समेत बताएका छन् ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











