अर्थमन्त्रीको चर्चामा तीन पूर्व अर्थमन्त्री
काठमाडाैँ । सत्तारुढ नेकपाको सचिवालय बैठकले राष्ट्रिय सभामा रिक्त एक पदमा पार्टी उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेसँगै अब नयाँ अर्थमन्त्री को बन्ने भन्ने चर्चा सुरु भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई राष्ट्रिय सभामा मनोनयन गरी मन्त्रीको रुपमा पनि निरन्तरता दिन चाहेका थिए।
तर पार्टी सचिवालयमा गौतमलाई सांसद बनाउने पक्षमा माहौल भएपछि उनी नै सांसद हुने भएका छन्।
खतिवडाको बर्हिगमनसँगै नयाँ अर्थमन्त्रीका लागि भित्रि प्रतिस्पर्धा सुरु भइसकेको छ।
अर्थमन्त्री खतिवडाको थपिएको ६ महिने कार्यकाल पनि शनिबार सकिँदै छ। राष्ट्रिय सभामा उनको दुई वर्षे कार्यकाल पुरा भएपछि बिना सांसद मन्त्री हुनपाउने व्यवस्थाअनुसार थपिएको कार्यकाल शनिबार पुरा हुन लागेको हो।
संसद सदस्य नरहेको व्यक्ति ६ महिनाभन्दा बढि मन्त्री बन्न नपाउने संवैधानिक व्यवस्थाअनुसार उनी सरकारबाट हट्ने भएका हुन्।
प्रधानमन्त्री ओली अन्तिमसम्म पनि खतिवडाको निरन्तरताबारे नेताहरुलाई कन्भिन्स गर्ने पक्षमा भएको हुँदा अहिलेसम्म उनको विकल्पको बारेमा धेरै बिचार गरिनसकेको बालुवाटार स्रोतको दाबी छ।
‘अहिलेसम्म नयाँ अर्थमन्त्रीका बारेमा प्रधानमन्त्रीले त्यति गम्भीर किसिमबाट बिचार गरिसक्नुभएको छैन, अब आजबाट बल्ल डा. खतिवडाको निरन्तरता नहुने प्रष्ट भयो,’ प्रधानमन्त्री सचिवालयका एक सदस्यले भने, ‘अब अलि सघनरुपमा छलफल होला। संभावनाको कुरा गर्दा यसअघि अर्थमन्त्रीको जिम्मेवारी सम्हालिसकेकै व्यक्तिहरुकै अलि बढि पल्लाभारी हुने देखिन्छ।’
उनका अनुसार यसअघि अर्थमन्त्री बनिसकेका पार्टी महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे र उर्जामन्त्री वर्षमान पुनमध्ये एक जना अर्थमन्त्री बन्ने देखिन्छ।
कोरोना महामारीका कारण अर्थतन्त्र निरन्तर ओरालो लागिरहेको छ। यो कुन तहको संकटसम्म पुग्ने हो भन्ने अनुमानसम्म गर्न नसक्ने अवस्था भएको हुँदा अर्थ मन्त्रालयको जिम्मेवारी अनुभवी, विश्वासिलो र क्षमतावान नेतालाई नै दिने पक्षमा प्रधानमन्त्री रहेको उनीनिकट एक नेताको भनाइ छ।
एक मन्त्रीका अनुसार तत्काल प्रधानमन्त्रीले अर्थमन्त्रीको जिम्मेवारी कसैलाई पनि नदिएर केही समय आफै मातहत राख्ने संभावना पनि छ।
‘प्रधानमन्त्रीको मूड तत्काल आफै मातहत राखेर त्यसपछि निर्णय गर्ने पनि बुझिएको छ,’ ती मन्त्रीले भने।
ओलीसँग सम्पर्कमा रहेका एक नेताका अनुसार मन्त्रिमण्डल पुनर्गठन गर्दा जिम्मेवारी हेरफेर गरेर परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई अर्थमन्त्रालयको जिम्मेवारी दिने संभावना पनि रहेको छ।
त्यसो त उपाध्यक्ष गौतमले पनि उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालयको नेतृत्व गर्ने संभावना रहेको स्थायी कमिटी सदस्य जनार्दन शर्माले केहि दिनअघि बताएका थिए।
तर प्रधानमन्त्रीको सचिवालयमा रहेका नेताहरू भने त्यस्तो संभावना नरहेको बताउँछन्।
‘कोरोना संकटका कारण अर्थतन्त्र तहसनहस छ। यो समस्या अझै कुन हदसम्म पुग्ने हो अनुमानसम्म गर्नसक्ने स्थिति छैन,’ ओलीनिकट स्रोतले भन्यो, ‘यो चुनौतिपूर्ण अवस्थालाई समाना गर्ने, सुझबुझपूर्ण निर्णय लिने र कार्यान्वयन गर्न सक्ने नेता नै अर्थमन्त्री बन्नेछन्।’
जानकारहरुका अनुसार अर्थमन्त्रीको दौडमा महासचिव पौडेल नै सबैभन्दा अगाडि छन्।
‘अहिलेको अवस्थामा महासचिव पौडेललाई अर्थमन्त्री बन्नबाट रोक्ने भनेको पार्टी महाधिवेशनसँग जाेडिएकाे पक्ष मात्रै हो,’ पार्टीभित्रका पछिल्ला घटनाक्रमबारे जानकार एक नेताले भने।
पार्टीको केन्द्रीय कमिटी बैठकले यसै वर्षको चैतको अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको थियो। पार्टीभित्रको विवाद समाधान गर्न हालै गठन गरिएको कार्यदलले पनि सोही समयमै महाधिवेशन गर्ने प्रस्तावमै जोड दिएको छ।
त्यसो त प्रधानमन्त्री ओलीसँग निकट रहेका पौडेलको रुचि अर्थमन्त्रीमै छ। ओलीनिकट एक नेताका अनुसार केहि दिनयता उनले त्यसबारे आफ्नो रुचि व्यक्त गरिसकेका छन्।
ओली पहिलो पटक प्रधानमन्त्री हुँदा पौडेल नै अर्थमन्त्री थिए।
भारतीय नाकाबन्दीका कारण अर्थतन्त्र निकै समस्यामा रहेका बेला उनले सो मन्त्रालय सम्हालेका थिए।
‘बीचमा राष्ट्रियसभामा जाने दावी छाडेका गौतममा फेरि सांसद बन्ने चाहना ब्युँताएर खतिवडाको बर्हिगमनको खाका पौडेल नेतृत्वकै टोलीले कोरेको हो,’ एक स्थायी कमिटी सदस्यकाे दाबी छ।
उपाध्यक्ष गौतमलाई कुनै पनि योजनामा मनाउन सक्ने खुबी पौडेलमा छ।
ओलीनिकट पौडेलले पछिल्लो समय अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि निकै गाढा सम्बन्ध बनाइसकेका छन्।
महाधिवेशन वा अन्य कुनै कारणले पौडेलको संभावना टर्यो भने पूर्व अर्थमन्त्री पाण्डेले सो जिम्मेवारी पाउनसक्ने बालुवाटार स्रोतले जनाएको छ।
एमालेको नवौं महाधिवेशनमा ओलीइतर समूहबाट महासचिवको उम्मेदवार बनेका पाण्डेको पछिल्लोसमय भने प्रधानमन्त्री ओलीसँग सम्बन्ध राम्रो बन्दै गएको छ।
माधव नेपाल प्रधानमन्त्री रहेका बेला अर्थमन्त्री बनेका पाण्डेलाई नेकपाभित्र अर्थतन्त्र राम्रो बुझेका र काम गर्नसक्ने क्षमता भएका नेता मानिन्छ। नेपाल र अर्का पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग निकट रहेका पाण्डेको केहि वर्षयता प्रचण्डसँग पनि राम्रो सम्बन्ध रहेको छ।
मन्त्रिपरिषद पुनर्गठन गर्दा पूर्वमाओवादी र पूर्वएमालेबीच भागबण्डामा तालमेल मिलेमा उर्जामन्त्री वर्षमान पुन पनि अर्थमन्त्री बन्ने संभावना छ। उनी डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा अर्थमन्त्री थिए। र, १८ महिना अर्थमन्त्री रहँदा पुनको कार्यकाल सफल मानिएको थियो।
अध्यक्ष प्रचण्ड निकट नेता पुनले उर्जामन्त्रालयको जिम्मेवारी सम्हाल्ने क्रममा प्रधानमन्त्री ओलीसँग पनि राम्रो सम्बन्ध बनाएको मानिन्छ।
त्यसैगरी अर्को विकल्पको रुपमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई लिइएको छ।
‘पुनर्गठनका बेला मन्त्रिमण्डलमा ज्ञवालीलाई अर्थ मन्त्रालय लैजाने विकल्प पनि सोचिएको देखिन्छ,’ स्रोतले भन्यो, ‘यिनै व्यक्तिहरु मध्येबाट हुने हो, किनभने अहिलेको आर्थिक संकटका बेला प्रधानमन्त्रीले जोकोहीलाई ल्याएर जोखिम लिने अवस्था छैन।’
तर समग्र कुराहरु मिलाउँदा अन्तिमसम्ममा निर्णय हुने भएकोले अहिले नै ठोकुवा गर्ने स्थिति भने नभएको ती नेताको भनाइ छ।
लामो समय नेपाल राष्ट्र बैंकको जागिरे रहेका खतिवडा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष, गभर्नर हुँदै टेक्नोक्रयाट अर्थमन्त्री बनेका थिए।
एमालेका तत्कालीन महासचिव ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले अर्थ मन्त्रालयको नेतृत्व गर्न चाहेका बेला ओलीले भने खतिवडालाई रोजेका थिए।
विज्ञताका आधारमा अर्थमन्त्रालय पुगेका खतिवडाको कार्यसम्पादनको विपक्षीले मात्रै नभई सत्तारुढ दलकै नेताहरुले समेत आलोचना गर्ने गरेका थिए।
तर प्रधानमन्त्री ओली भने खतिवडाको काम, उनले लागु गरेका नीति तथा कार्यक्रमबाट अझै पनि निकै प्रभावित छन्।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












