‘मित संस्कृति’ जाेगाउन मुख्यमन्त्री गुरुङ र अन्नपूर्ण गाउँपालिका अध्यक्षले लगाए मित
काठमाडाैँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले मितेरी साइनो जोडेका छन् ।
नाता सम्बन्ध नभए पनि भावनात्मक सम्बन्ध बढ्दै गएपछि मित लगाउने चलन नेपाली समाजमा पुरानै हो । तर पछिल्लो समय संस्कृतिमाथि आएको बाह्य प्रभाबका कारण ‘मित –मितिनी’ साइनो हराउँदै गएको छ । त्यसैले यो संस्कृति जोगाउने अभियान पनि थालिएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका– २ भुरुङतातोपानीमा सोमबार साँझ आयोजित एक कार्यक्रममा मुख्यमन्त्री गुरुङ र गाउँपालिका अध्यक्ष पुनले पारिवारिक वातावरणमा मितेरी साइनो लगाएका हुन् ।
यस माध्यमबाट मित संस्कृति जोगाउन सन्देश दिने प्रयास गरिएको छ ।
मित लगाउने बिषयमा पहिले नै समझदारी भए अनुसार मुख्यमन्त्री गुरुङ जिल्लामा आएको अबसरमा एक अर्काले टिका, माला र नेपाली ढका टोपि ललगाएर ‘मित’ साइनो माजोडिएको गाउँपालिका अध्यक्ष पुनले बताए ।
जनप्रतिनिधि भएपछि केहि कार्यक्रममा मुख्यमन्त्री गुरुङसंग संगै हुने अवसर मिलेको र धेरैले दुई भाई जस्तै भनेर चिनाउन थालेपछि आफुहरुबिचको भावनात्मक सम्वन्ध बढेको अध्यक्ष पुनले बताए ।
राजनीतिक रुपमा दुई फरक पार्टीमा भएपनि भावनात्मक निकटताले मितेरी साइनोसम्म पु¥याएको पुनको भनाई छ ।
सो अवसरमा मुख्यमन्त्री गुरुङ र गाउँपालिका अध्यक्षले टिका र माला एक अर्कालाई लगाउनुको साथै केक समेत काटेर खुसीयाली साटासाट गरिएको थियो ।
यसअघि अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको प्रथम अन्नपूर्ण पर्यटन महोत्सवकै अवसरमा मुख्यमन्त्री गुरुङ र गाउँपालिका अध्यक्षबिच मितेरी साइनो लगाउने तय भइसकेको थियो ।
खासगरी गण्डकी क्षेत्रमा हजारौं हजार वर्ष अघि देखि मितेरी साइनो लगाउने संस्कृति रही आएको छ । तर पछिल्लो वर्षहरुमा नयाँ पुस्तामा यसको आकर्षण घट्दो छ ।
यसलाई जोगाउन विशेष प्रयास गर्नु पर्ने संस्कृतिविद्हरुको भनाई छ ।
मितेरी साईनोले समाजमा मित्रता र सद्भाव कायम राख्न ठुलो भुमिका खेल्ने गरेको संस्कृतिविद्हरुको भनाई छ ।
Comments
अरु समाचार
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड दैनिक चार घण्टा बन्द हुने !
काठमाडौं । धमाधम स्तरोन्नति भइरहेको पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड बुधबारदेखि ९ दिनसम्म दैनिक चार घण्टा बन्द हुने भएको...
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
पोखरामा यस वर्षको तिहारमा ३ लाख फूलको माला खपत हुने अनुमान !
काठमाडाैं । यस वर्ष तिहार पर्वको अवसरमा पोखरामा करिब ३ लाख फुलका माला खपत हुने भएको छ । पर्यटनको राजधानी...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
रसुवामा फसेका १२ जनालाई स्याफ्रुवेशी ल्याइयाे, चारजना अझै बेपत्ता !
काठमाडाैं । अविरल वर्षाका कारण रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ ड्यामसाइड क्षेत्रमा फसेका व्यक्तिहरूमध्ये १२ जनालाई नेपाली सेनाको उद्धार टोलीले सकुशल...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...












