बालुवाटारमा ओली-देउवाको खासखुसः ‘बाग्मतीमा बानियाँलाई मुख्यमन्त्री, प्रदेश १ मा राईलाई निरन्तरता’
काठमाडाैँ । नेकपा विभाजनले प्रदेश सरकारको समीकरण फेरबदल हुनसक्ने चर्चा चलिरहेका बेला प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सहकार्यको समझदारी जुटेको बताइएको छ ।
‘बाग्मतीमा इन्द्र बानियाँलाई मुख्यमन्त्री बनाउने र १ नम्बर प्रदेशमा शेरधनलाई निरन्तरता दिन ओली-देउवाबीच समझदारी जुटेको हो । तर,देउवालाई यसवारे, पार्टीबाट निर्णय गराउन सजिलो छैन ।’
कांग्रेस उच्च स्रोतले दिएको जानकारीअनुसार ओली र देउवाबीच तत्काल प्रदेश १ र बाग्मती प्रदेशमा मिलेर सरकार बनाउने समझदारी जुटेको हो । यी दुवै प्रदेशमा नेकपाको प्रचण्ड-माधव पक्षले अविश्वासको प्रस्ताव दर्ता गराएको छ । प्रदेशसभाको समीकरण हेर्दा कांग्रेस जता उभियो नतिजा त्यसैको पक्षमा जाने अवस्था छ । स्रोतका अनुसार अविश्वासको प्रस्ताव असफल गराउन र संयुक्त सरकार बनाउन दुवै नेता सहमत भैसकेका थिए । तर,आजका निम्ति सारिएको केन्द्रीय समिति बैठक सभापतिको इच्छाअनुरुप अघि नबढ्ने स्थिति बन्दैछ ।
‘एक नम्बर प्रदेशमा केपी ओलीले छाड्न नमानेको र बाग्मतीमा देउवाले छाड्न नमानेको कुरो बुझिएको छ’, स्रोतले भन्यो, ‘बाग्मतीमा इन्द्र बानियाँलाई मुख्यमन्त्री बनाउने र १ नम्बर प्रदेशमा शेरधनलाई निरन्तरता दिन ओली-देउवाबीच समझदारी जुटेको हो । तर,देउवालाई यसवारे, पार्टीबाट निर्णय गराउन सजिलो छैन ।’
यहि रणनीतिअनुसार नै देउवाले प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार प्रदेश संसदीय दललाई नै दिन चाहेको स्रोतको भनाइ छ । बरिष्ठ नेता पौडेल,महामन्त्री सशाँक र सिटौला पक्षले नमानेका कारण नै पार्टीबाट निर्णय हुन नसकेको बताइएको छ ।
सडक हाम्रो नहुने भो,सत्ता पनि हाम्रो नहुने भो। सरकारमा वामपन्थी,सडकमा वामपन्थी, प्रतिपक्ष पनि वामपन्थी,प्रदेशमा वामपन्थी,प्रतिपक्ष पनि वामपन्थी ।’
प्रतिनिधिसभा विघटनपछि विकसित घटनाक्रम र कांग्रेसको आन्दोलनलाई लिएर नेता-कार्यकर्ताले सभापति देउवाको आलोचना गर्ने गरेका छन् । शुरुमा आन्दोलनमा जान नचाहेका देउवा बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलगायतको अडानका कारण सडकमा ओर्लन बाध्य भएका थिए।
‘कार्यकर्तालाई आन्दोलन गर्न सडकमा पठाएर देउवा सत्ता साझेदारीका लागि बालुवाटार पुग्नु भएको हो भने त्योभन्दा विडम्बना कांग्रेसका लागि के हुन्छ ?’, चिन्ता व्यक्त गर्दै स्रोतले भन्यो, ‘बरु यसले कांग्रेसको भागमा न सत्ता,न सडक हुने स्थिति बन्छ ।’
सभापति देउवामाथि कांग्रेसलाई कमजोर बनाएको पार्टीभित्रै आरोप छ । मुलुक अप्ठेरो अवस्थामा पुगेका बेलासमेत सत्ताको भागबण्डामा लागेको भन्दै बरिष्ठ नेता पौडेललगायतका नेताहरुले सार्वजनिक रुपमै देउवाको आलोचना गर्नुभएको छ ।
केही दिनअघि विराटनगर पुगेर पौडेलले ओलीलाई तह लगाउन यो देशमा एउटा बलियो प्रतिपक्षको आवश्यकता परेको छ भन्नुले पनि देउवा र ओलीबीच सहमति भएको संकेत गर्छ ।
त्यसैले त कांग्रेसका इमान्दार कार्यकर्तालाई चिन्ता छ, ‘सडक हाम्रो नहुने भो,सत्ता पनि हाम्रो नहुने भो। सरकारमा वामपन्थी,सडकमा वामपन्थी, प्रतिपक्ष पनि वामपन्थी,प्रदेशमा वामपन्थी,प्रतिपक्ष पनि वामपन्थी ।’
देउवाको यस्तै दोधारे नीतिका कारण लोकतन्त्र,गणतन्त्रलाई फेरि लयमा फर्काउन वर्षौं लाग्ने भन्दै पौडेल पक्षका एक नेता भन्छन्, ‘त्यसको मूल्य देउवालाई त महँगो पर्छ नै,कांग्रेसकै लागि पनि अबको बाटो सहज छैन ।’
Comments
अरु समाचार
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...












