संवैधानिक आयोगहरूले पूर्णता पाउँदै, आजै नियुक्ति र शपथ
काठमाडौं । लामो समयदेखिको अन्योल चिर्दै बुधबार अधिकांश संवैधानिक आयोगले पूर्णता पाउने भएका छन् । यसअघि संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष, समावेशी आयोगका अध्यक्षलगायत संवैधानिक निकायका अध्यक्षसहितका पदाधिकारी गरी ४५ जनाको नाम नियुक्तिका लागि सिफारिस गरेको थियो ।
सोअनुसार बुधबार बिहान सबैजनालाई राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नियुक्त गर्ने गरी कार्यक्रम तय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । कानुनतः उनीहरूको नियुक्ति पछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले शपथ खुवाउनेछन् ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार संवैधानिक परिषद्का सदस्य सचिवसमेत रहेका मुख्य सचिव शंकरदास वैरागीले परिषद्बाट सिफारिस भएका सबैजनाको सिफारिस कानुनअनुसार परिपक्व भएकाले नियुक्तिका लागि मंगलबार साँझ नै राष्ट्रपतिसमक्ष नाम पठाएका थिए । परिषद्ले नियुक्तिका लागि नाम पठाएलगत्तै राष्ट्रपति कार्यालयले बुधबार सबैजनाको नियुक्तिको तयारी गरेको हो । संविधानअनुसार संवैधानिक निकायका पदाधिकारीको नियुक्ति संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिबाट हुने प्रावधान रहेको छ ।
३० मंसिरमा बसेको संवैधानिक परिषद् बैठकले संवैधानिक आयोगमा रिक्त रहेको ४५ जना पदाधिकारी तथा सदस्यहरू नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । सो निर्णय संवैधानिक परिषद्ले ५ पुसमा संसद् सचिवालयमा पठाएको थियो ।
सिफारिस भएकाको नाममा ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली २०७५’ मा ४५ दिनभित्र निर्णय दिन नसके स्वतः नियुक्ति हुने प्रावधान रहेको छ । ५ पुसमा संसदीय सचिवालयमा पुगेको सो पत्र २० माघमा परिपक्व भएको कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले जनाएको छ ।
सो नियमावलीमा भनिएको छ, ‘समितिले सम्बन्धित निकायबाट पत्र प्राप्त भएको मितिले ४५ दिनभित्र सुनुवाइ गरी प्रस्तावित पदका लागि समितिको राय तयार गरी सम्बन्धित निकायमा पठाउनुपर्नेछ । सो समयभित्र समितिले सम्बन्धित निकायमा आफ्नो निर्णय उपलब्ध गराउन नसकेमा सुनुवाइका लागि पठाइएको पदमा नियुक्तिका लागि कुनै बाधा पुग्नेछैन ।’
संवैधानिक आयोगको पदाधिकारीको सिफारिसको विषयमा सभामुख अग्नि सापकोटाले नियुक्ति रोक्न सक्कल फाइल फिर्ता पठाएका थिए । तर सभामुखले आफूसँग छलफल नगरी पत्र फिर्ता पठाएको भन्दै राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सेनाले आपत्ति जनाएका थिए ।
राजनीतिक खिचातानी र भागबन्डाका कारण संविधानले कल्पना गरेको संवैधानिक आयोगले पूर्णता पाउन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकमार्फत अध्यादेश ल्याएका थिए । राष्ट्रपतिबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएपछि बहुमतका आधारमा संवैधानिक आयोगमा नियुक्तिको सिफारिस गर्न सकिने प्रावधान ल्याइएको थियो । सोही कानुनी प्रावधानअनुसार नै ३० मंसिरमा परिषद्को बैठक बसेर ११ वटा आयोगमा पदाधिकारी सिफारिस गरिएको थियो ।
नेपालको संविधानको धारा २८४ मा संविधानबमोजिम प्रधानन्यायाधीश र संवैधानिक निकायका प्रमुख एवं पदाधिकारीको नियुक्तिको सिफारिस गर्न प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहने व्यवस्था छ ।
संवैधानिक परिषद् बैठकले गरेको सिफारिसअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्तसहित दुई जना सदस्यको नाम सिफारिस भएको थियो । प्रमुख आयुक्तमा पूर्वगृहसचिव प्रेमकुमार राई र आयुक्तहरूमा पूर्वएआईजी जयबहादुर चन्द र उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश किशोर सिलवालको नाम सिफारिस गरिएको थियो ।
त्यस्तै मानवअधिकार आयोगमा सर्वोच्चका पूर्वन्यायाधीश तपबहादुर मगरको नाम सिफारिस भएको थियो भने महिला आयोगको अध्यक्षमा कमलाकुमारी पराजुलीको नाम नियुक्तिका लागि सिफारिस गरिएको थियो ।
कहा कसको नियुक्ति हुँदै ?
अख्तियार दुरुपयोग अनुसन्धान आयोग
प्रमुख आयुक्त : प्रेमकुमार राई
आयुक्त : जयबहादुर चन्द
आयुक्त : किशोर सिलवाल
मानवअधिकार आयोग
अध्यक्ष : तपबहादुर मगर
सदस्यहरू
मनोज दुवाडी
डा. सूर्य ढुंगेल
लिली थापा
मिहि ठाकुर
निर्वाचन आयोग
आयुक्तहरू
रामप्रसाद भण्डारी
डा. जानकी तुलाधर
वित्त आयोग
जुद्ध गुरुङ
अमरराज मिश्र
महिला आयोग
अध्यक्ष : कमलाकुमारी पराजुली
कृष्णकुमारी पौडेल खतिवडा
विद्याकुमारी सिन्हा
दलित आयोग
अध्यक्ष: देवराज विक
सदस्यहरू
मीना सोब
परशुराम रम्तेल
कुञ्ज बराइली
मेहेले पार्की
समावेशी आयोग
अध्यक्ष : मनप्रसाद खत्री
सदस्यहरू
रामचन्द्र जोशी
हरिभक्त जोशी
जितेन्द्र पासवान
आदिवासी आयोग
अध्यक्ष : रामबहादुर थापा
सदस्यहरू
मीन श्रीस मगर
मिनसिंह लामा
रिना राना
चरण राई
मधेसी आयोग
सदस्यहरू
जिवच्छ साह
रेणुदेवी साह
विजय गुप्ता
थारू आयोग
सदस्यहरू
विकास चौधरी
बबिता चौधरी
सुबोधसिंह थारू
भोलाराम चौधरी
मुस्लिम आयोग
महमुद्दिम अली
मिर्जा अर्सद बेग
Comments
अरु समाचार
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...
-
कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक गर्न असार ७ गतेसम्म मौका
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न नसकेका केही जिल्लाका लागि असार ७ गतेसम्मको मौका दिएको छ । सदस्यता...
-
मेरो फेभरेट देशले विश्वकप खेलेकै छैन: प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले फिफा विश्वकप फुटबलतर्फ संकेत गर्दै विश्वकपमा ‘फेभरेट’ देश नखेलेको बताएका छन् । शनिबार साँझ फेसबुकमा...
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...












