प्रदेश १ को प्रदेशसभा बैठक बस्दै, मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव टेबल हुने सम्भावना
काठमाडाैँ । प्रदेश १ को प्रदेशसभा बैठक आज (आइतबार) बस्दै छ।
सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभाको हिउँदे अधिवेशनको दोस्रो बैठक आजका लागि बोलाएका हुन्।
सत्तारुढ नेकपा फुटको असर प्रदेश १ को प्रदेशसभामा पनि परेको छ। आन्दोलनरत नेकपाको प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ। सत्तापक्षभित्रै टकराब बढिरहेको बेला बस्न लागेको आजको बैठकलाई महत्वका साथ हेरिएको छ।
आजको बैठकमा सभामुख भण्डारीले मुख्यमन्त्रीविरुद्धको अविश्वासका प्रस्ताव पेस गर्ने कार्यसूची छ। तर मुख्यमन्त्री राई पक्ष भने प्रदेशसभा बैठक नै बस्न नदिने तयारीमा लागेको स्रोतले जनाएको छ।
मुख्यमन्त्री राईनिकट मानिने नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले संघीय संसद् विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेको र नेकपा औपचारिकरुपमा विभाजन पनि नभएको अवस्थामा अविश्वासको प्रस्तावको औचित्य नभएको दाबी गरेका छन्।
तर प्रचण्ड–नेपाल समूहका प्रदेशसभा सदस्य तथा निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सत्तापक्षबाटै प्रदेशसभा बैठक बस्न नदिने षड्यन्त्र हुनु संसदीय व्यवस्था विरोधी कदम भएको बताएका छन्।
नेकपाकै सांसदले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरे पनि प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल कांग्रेसले भने अझै आफ्नो कित्ता प्रष्ट गरिसकेको छैन।
प्रदेश १ सभाका ९३ सांसद छन्। जसमा नेकपाका मात्रै ६७ जना छन्। त्यसैगरी कांग्रेसका २१, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ १ जना सांसद प्रदेशसभामा छन्। नेकपाका ६७ मध्ये मुख्यमन्त्री राईको पक्षमा २८ सांसद मात्रै देखिएका छन्।
प्रचण्ड–नेपाल समूहमा ३४ सांसद उभिएका छन् भने दुई जना तटस्थ छन्। प्रदेशसभामा अविश्वासको प्रस्ताव सफल वा असफल जे हुन पनि ४७ जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक हुन्छ। कांग्रेसको समर्थनविना नेकपाका दुबै खेमालाई सरकार टिकाउन र ढलाउन आवश्यक संख्या पुग्दैन।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











