१३ खर्ब ४४ अर्बमा झर्यो बजेटको आकार, उच्च आर्थिक वृद्धिदर हासिल नहुने
काठमाडाैँ । सरकारले गत जेठ १५ गते ल्याएको चालू आर्थिक वर्षको बजेटको आकार घटाएको छ।
अर्थ मन्त्रालयले अर्धवार्षिक बजेट समीक्षा गर्दै १४ खर्ब ७४ अर्बको चालू आवको बजेट १३ खर्ब ४४ अर्बमा झारेको हो।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कुल बजेटको ९१.१९ प्रतिशत मात्रै खर्च गर्ने संशोधित लक्ष्य राखेको अर्धवार्षिक बजेट समीक्षा कार्यक्रममा जानकारी दिए। त्यस्तै सरकारले कोरोनाको कारण यस वर्ष बजेटले तोकेको ७ प्रतिशत आर्थिक वृद्धिदर नहुने संशोधित अनुमान गरेको छ। मन्त्रालयका अनुसार यो वर्ष औसत आर्थिक वृद्धिदर हासिल हुने अनुमान गरिएको हो।
यस्तै संशोधित राजस्व लक्ष्य १० खर्ब ७४ अर्ब (राजस्व र आन्तरिक ऋणबाट) संकलन गर्ने लक्ष्य राखिएको छ। त्यस्तै सरकारले वैदेशिक अनुदान पनि घटाएर ३५ अर्बमा झारेको छ।
यसबाहेक वैदेशिक ऋण २ खर्ब ३५ अर्बमा झारिएको छ।
सरकारले आर्थिक वर्ष २०७७÷०७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट विनियोजन गरेको थियो।
तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले ल्याएको कुल बजेट विनियोजनमध्ये चालूतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड अर्थात् ६४.४ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड अर्थात् २३.९ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब ७९ करोड अर्थात् ११.७ प्रतिशत खर्च गर्ने जनाएको थियो।
बजेटमा अनुमानित खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट ८ खर्ब ८९ अर्ब ६२ करोड र वैदेशिक अनुदानबाट ६० अर्ब ५२ करोड व्यहोर्दा ५ खर्ब २४ अर्ब ५० करोड न्यून हुने उल्लेख थियो।
उनका अनुसार सो न्यूनपूर्ति गर्न वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब ५० करोड ऋण जुटाइने भनिएको थियो। राजस्व परिचालन र वैदेशिक अनुदान तथा ऋण सहायता परिचालन गर्दा पनि नपुग हुने खुद २ खर्ब २५ अर्ब आन्तरिक ऋणबाट व्यहोरिने मन्त्री खतिवडाले बताएका थिए।
तर चालू आर्थिक वर्षको ६ महिनामा विकास खर्च गत वर्षको तुलनामा १९.६० प्रतिशत घटेको छ। चालू आर्थिक वर्षको कुल पुँजीगत बजेट ३ खर्ब ५२ अर्ब ९२ करोडमध्ये ५० अर्ब ८२ करोडमात्रै खर्च गर्न सकेको हो।
कुल वार्षिक लक्ष्यको १४.४० प्रतिशत खर्च भएको अर्थ मन्त्रालयले बताएको छ। गत वर्षको यही अवधिमा ६३ अर्ब २० करोड खर्च भएको थियो।
खर्चको स्रोतगत स्थितिमा सरकार राजस्व ३ खर्ब ८० अर्ब रुपैयाँ, वैदेशिक अनुदान ५ अर्ब ६१ करोड रुपैयाँ र वैदेशिक ऋण ३० अर्ब ४ करोड रुपैयाँ छ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












