१३ खर्ब ४४ अर्बमा झर्यो बजेटको आकार, उच्च आर्थिक वृद्धिदर हासिल नहुने
काठमाडाैँ । सरकारले गत जेठ १५ गते ल्याएको चालू आर्थिक वर्षको बजेटको आकार घटाएको छ।
अर्थ मन्त्रालयले अर्धवार्षिक बजेट समीक्षा गर्दै १४ खर्ब ७४ अर्बको चालू आवको बजेट १३ खर्ब ४४ अर्बमा झारेको हो।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कुल बजेटको ९१.१९ प्रतिशत मात्रै खर्च गर्ने संशोधित लक्ष्य राखेको अर्धवार्षिक बजेट समीक्षा कार्यक्रममा जानकारी दिए। त्यस्तै सरकारले कोरोनाको कारण यस वर्ष बजेटले तोकेको ७ प्रतिशत आर्थिक वृद्धिदर नहुने संशोधित अनुमान गरेको छ। मन्त्रालयका अनुसार यो वर्ष औसत आर्थिक वृद्धिदर हासिल हुने अनुमान गरिएको हो।
यस्तै संशोधित राजस्व लक्ष्य १० खर्ब ७४ अर्ब (राजस्व र आन्तरिक ऋणबाट) संकलन गर्ने लक्ष्य राखिएको छ। त्यस्तै सरकारले वैदेशिक अनुदान पनि घटाएर ३५ अर्बमा झारेको छ।
यसबाहेक वैदेशिक ऋण २ खर्ब ३५ अर्बमा झारिएको छ।
सरकारले आर्थिक वर्ष २०७७÷०७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट विनियोजन गरेको थियो।
तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले ल्याएको कुल बजेट विनियोजनमध्ये चालूतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड अर्थात् ६४.४ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड अर्थात् २३.९ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब ७९ करोड अर्थात् ११.७ प्रतिशत खर्च गर्ने जनाएको थियो।
बजेटमा अनुमानित खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट ८ खर्ब ८९ अर्ब ६२ करोड र वैदेशिक अनुदानबाट ६० अर्ब ५२ करोड व्यहोर्दा ५ खर्ब २४ अर्ब ५० करोड न्यून हुने उल्लेख थियो।
उनका अनुसार सो न्यूनपूर्ति गर्न वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब ५० करोड ऋण जुटाइने भनिएको थियो। राजस्व परिचालन र वैदेशिक अनुदान तथा ऋण सहायता परिचालन गर्दा पनि नपुग हुने खुद २ खर्ब २५ अर्ब आन्तरिक ऋणबाट व्यहोरिने मन्त्री खतिवडाले बताएका थिए।
तर चालू आर्थिक वर्षको ६ महिनामा विकास खर्च गत वर्षको तुलनामा १९.६० प्रतिशत घटेको छ। चालू आर्थिक वर्षको कुल पुँजीगत बजेट ३ खर्ब ५२ अर्ब ९२ करोडमध्ये ५० अर्ब ८२ करोडमात्रै खर्च गर्न सकेको हो।
कुल वार्षिक लक्ष्यको १४.४० प्रतिशत खर्च भएको अर्थ मन्त्रालयले बताएको छ। गत वर्षको यही अवधिमा ६३ अर्ब २० करोड खर्च भएको थियो।
खर्चको स्रोतगत स्थितिमा सरकार राजस्व ३ खर्ब ८० अर्ब रुपैयाँ, वैदेशिक अनुदान ५ अर्ब ६१ करोड रुपैयाँ र वैदेशिक ऋण ३० अर्ब ४ करोड रुपैयाँ छ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












