सरकारपक्षीय नेकपाको पूर्ववत् अडानबीच आज प्रदेश १ को प्रदेशसभा बैठक
विराटनगर । सरकारपक्षीय नेकपाको पूर्ववत् अडानबीच आज प्रदेश १ को प्रदेशसभा बैठक डाकिएको छ ।
माघ २५ गतेको बैठकको कार्यसूचीमा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव टेबुल हुन नपाई प्रदेशसभा बैठक आज आइतबारका लागि तोकिएको थियो । सभामुख प्रदीपकुमार भण्डारीले अविश्वासको प्रस्ताव टेबुल हुने कार्यसूची लिएर बैठक सुरु गरेर त्यसलाई टेबुल नै नगराई हठात रुपमा स्थगन गरेका थिए । प्रदेशसभाको बैठक सुरु हुनासाथ सत्तापक्षीय नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले संसदीय दलले कारबाही गरेका प्रचण्ड-नेपाल समूहका सांसद्लाई कारबाही गर्न सभामुखको ध्यानाकर्षण गराएका थिए ।
अविश्वासको प्रस्ताव टेबुल भई प्रक्रियामा लगेर संसद् बैठक सुचारु गर्नुपर्नेमा प्रमुख विपक्षी कांग्रेससमेत सकारात्मक भएपछि सत्तासीन नेकपाले बैठक टार्ने र चल्नै नदिने रणनीति लिएको छ । नेकपाका प्रमुख सचेतक राजभण्डारीले संसदीय दलको विधानविपरीत आफ्नै दलका नेता तथा मुख्यमन्त्रीविरुद्ध अभियान चलाउने सांसदलाई निलम्बन गरिएकाले बैठकमा सहभागी हुन दिन नहुने आफूहरूको अडान रहेको बताउँछन् ।
यता, प्रमुख विपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले दलको विवादलाई प्रदेशसभामा ल्याएर संसद्लाई नै बन्धक बनाउनु उपयुक्त नभएको टिप्पणी गर्छन् । भन्छन्, “प्रदेशसभा बैठक सञ्चालन हुनुपर्छ । बन्धक बनाउन पाइँदैन । जे हुन्छ त्यहिँभित्र हुन्छ ।” सत्तापक्षले नै संसद बैठक सञ्चालन हुन नदिनु उदेकलाग्दो भएको कार्कीको कथन छ ।
मुख्यमन्त्री शेरधन राईले विराटनगरको एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै प्रदेशसभा नै विघटनसमेत हुन सक्ने चेतावनीसमेत दिएका छन् ।
यसको प्रतिउत्तरमा नेकपाका प्रचण्ड-नेपाल समूहबाट मुख्यमन्त्री प्रस्ताव गरिएका नेता भीम आचार्यले संघीय राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गरी मुख्यमन्त्री राईले प्रदेशसभा विघटन नै गर्न नसक्ने र सके गरेर देखाउन चुनौती दिएका छन् ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











