प्रदेशसभाको बैठक स्थगित गर्न मुख्यमन्त्रीको दबाब, सभामुखले भने– सधैँभरि बैठक रोक्न सकिँदैन
काठमाडाैँ । आइतबार दिउँसो दुई बजेका लागि डाकिएको प्रदेशसभाको बैठक नजिकिँदै गर्दा सभामुख प्रदीपकुमार भण्डारी र मुख्यमन्त्री शेरधन राईबीच भेटवार्ता भएको छ ।
आइतबार बिहान मुख्यमन्त्री कार्यालयमा भेटवार्ता भएको हो ।
भेटमा मुख्यमन्त्री राईले सभामुख भण्डारीलाई प्रदेश १ प्रदेशसभाको बैठक स्थगित गर्न दबाब दिएको स्रोतले जनाएको छ ।
विराटनगरस्थित मुख्यमन्त्री निवासमा भएको भेटमा मुख्यमन्त्री राईले अहिलेकै अवस्थामा बैठक अगाडि बढ्न नसक्ने भन्दै सूचना टाँसेर स्थगित गर्न दबाब दिएको स्रोतले जनाएको छ ।
सभामुख भण्डारीले भने प्रक्रियाअनुसार अविश्वास प्रस्ताव दर्ता भएर टेबल गर्ने कार्यसूची तय भइसकेको भन्दै सधैँभरि बैठक रोकेर राख्न नसकिने जवाफ दिएको बताइएको छ ।
१२ पुसमा प्रदेशसभाका ३७ सदस्यले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको भए पनि अहिलेसम्म उक्त प्रस्ताव संसद् बैठकमा टेबुल हुन सकेको छैन । ७ माघमा सुरु भएको प्रदेशसभाको हिउँदे अधिवेशनको पहिलो बैठक ३ मिनेटमै स्थगित भएको थियो ।
दोस्रो बैठक २५ माघमा अविश्वासको प्रस्ताव टेबुल गर्ने कार्यसूची निर्धारण भए पनि मुख्यमन्त्री पक्षकै सांसदको अवरोधका कारण स्थगित भएको थियो । सोही दिन सभामुख भण्डारीले ९ फागुनका लागि अर्को बैठक डाकेका थिए ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











