अब अन्तिम विकल्प चुनाव नै हो : कमल थापा
काठमाडाैँ । राप्रपाका अध्यक्ष कमल थापाले प्रधानमन्त्रीबाट संसद विघटन असंवैधानिक कदम भए पनि अब निर्वाचनमा जानुको विकल्प नभएको बताएका छन् ।
संविधानमा संसद विघटन सम्बन्धिको व्यवस्थानै प्रष्ट नभएका कारण अहिले बहस सिर्जना भएको भन्दै उनले संसदीय अभ्यास र प्रधानमन्त्री प्रणालीमा संसद विघटनको अधिकार अन्तर्राष्ट्रिय अभ्याससमेत भएको उनको तर्क छ ।
मिडिया नेपालले आईतबार दमकमा गरेको पत्रकार भेटघाटमा उनले भने, ‘संसद विघटन सम्बन्धिको प्रष्ट व्यवस्था नहुँदा अहिले बहस सिर्जना भएको तर अब यसको करेक्सनका लागि जनताका बीचमा जानुको विकल्प छैन ।’
संघीयताको नयाँ मोडल प्रस्ताव
आफुहरुले शुरू देखिनै नेपालले संघीयता धान्न नसक्ने बताउँदै आएको र अहिले त्यो प्रमाणित भएको उनको तर्क छ । उनले अब संघीयता खारेज गर्नेभन्दा पनि नयाँ मोडलमा जानु पर्ने सुझाव दिए ।
उनले भने, ‘संघीयतामा तीन तहको सरकार हुनु पर्छ भन्ने युनिभर्सल नियम केही छैन, केन्द्रमा बलियो सरकार र स्थानीय तहमा शक्तिशाली स्थानीय सरकारसहितको संघीयतामा जानुपर्छ । यसो गरियो भने संघीयता पनि रहन्छ र देशले धान्न सक्ने अवस्था पनि रहन्छ ।’
प्रदेश तहको कुनै भुमिका र औचित्य नभएको भन्दै उनले प्रदेशको अधिकार पनि स्थानीय तहलाई दिएर दुई तहको बलियो संघीयता स्थापित गर्नु पर्ने उनको भनाई छ ।
राजसंस्था सहितको लोकतन्त्र र धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दू राज्यको मान्यतामा राप्रपा अडिग रहेको भन्दै यसलाई क्रमिक जनताले पनि साथ दिने उनले बताए ।
प्रधानमन्त्री ओलीको गृह क्षेत्र झापा क्षेत्र नं. ५ को गौरीगञ्जमा शनिबार आयोजित सभालाई सम्बोधनका लागि उनी झापा आएका हुन् ।
Comments
अरु समाचार
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...












