नयाँ वर्षमा पाँचथरमा चौंरी महोत्सव
काठमाडाैँ । नयाँ वर्षको अवसरमा फालेलुङ गाउँपालिका–४ तीन सिमानामा चौंरी महोत्सव हुने भएको छ। चार वर्षयता आयोजना भइरहेको महोत्सव यस वर्ष पनि नेपाल–भारत सीमावर्ती क्षेत्र तीनसिमानामा आयोजना गर्न लागिएको हो।
फालेलुङ गाउँपालिकाको आर्थिक सहयोगमा यहाँका दीपज्योति युवा क्लब, फालेलुङ कञ्चनजंघा पर्यापर्यटन प्रवर्द्धन संस्था र कञ्चनजंघाका चौंरीपालन तथा संरक्षण संस्थाले महोत्सवको आयोजना गरेका हुन्। महोसत्व २०७८ वैशाख १ गते सञ्चालन हुनेछ। महोत्सवमा चौंरीका विभिन्न प्रजाति तथा चौंरीसँग सम्बन्धित सामग्रीको प्रदर्शनी मुख्य आकर्षण रहने महोत्सव आयोजक समितिका सचिव सुनिल बान्तवाले जानकारी दिए।
परम्परागत चौंरीपालनलाई व्यवस्थित र व्यावसायिक बनाई दिगो आयस्रोत बनाउने, चौंरीमा आधारित पर्यापर्यटन प्रवर्द्धनमा सघाउ पुर्याउने, जैविक विविधता, दुर्लभ वनस्पति तथा जीवजन्तु संरक्षणको सन्देश दिने मुख्य उद्देश्यसहित महोत्सव आयोजना गरिएको हो। महोत्सवमा चौंरी तथा याकका विभिन्न प्रजातिको प्रदर्शनी, चौंरीजन्य उत्पादनको प्रदर्शनी, भूटानबाट ल्याइएका याकको प्रदर्शनी, घोडाचढी तथा याकचढी मुख्य आकर्षण रहेका छन्। यस्तै‚ उच्च पहाडी क्षेत्रमा पाइने जडीबुटीको प्रदर्शनी, स्थानीय संस्कारमा आधारित खाद्यान्नका परिकार, भेडाको ऊनबाट निर्मित सामग्री, गोठबासमा बसोबासजस्ता आकर्षण रहने आयोजक समितिका सचिव बान्तवाले बताए।
तीन सिमानाबाट नेपाल, भारत र भुटानका हिमालको दृश्यावलोकन गर्न सकिन्छ भने यहाँ प्रशिद्ध तीर्थस्थल गोर्खेधामसमेत रहेको छ। विगतमा फालेलुङ–४ चाररातेमा चौंरी महोत्सव आयोजना गर्ने गरिएको थियो। तर‚ चारराते पुग्न भारतीय बाटोको प्रयोग गर्नुपर्ने, सुरक्षाको अभावजस्ता कारणले महोत्सवस्थल तीन सिमाना निर्धारण गरिएको महोत्सव आयोजक समितिका अध्यक्ष एवं फालेलुङ–४ का वडाध्यक्ष विद्धिमान सावदेनले बताए। तीन सिमाना नजिकै सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएको, गोठबासको प्रबन्ध भएको, सहज सडक पहुँच भएको तथा तीन सिमानालाई पर्यटक गन्तव्य बनाउन प्रचारमा जोड दिनुपर्ने भएकाले यहाँ महोत्सव आयोजना गरिएको अध्यक्ष सावदेनको भनाइ छ। महोत्सव सम्पन्न गर्न मुल आयोजक समिति तथा चारवटा उपसमिति गठन गरिएको अध्यक्ष सावदेनले बताए।
दुई दर्जनभन्दा बढी चौंरीगोठ रहेको फालेलुङको फालोट क्षेत्रमा पर्यटन विकास गर्ने, चौंरीजन्य सामग्रीको प्रचार र बजारको खोजी गर्ने, चौंरीपालनलाई व्यवस्थित गर्दै जैविक विविधताको संरक्षण गर्ने उद्देश्यसहित २०७४ बाट महोत्सव आयोजना गर्न थालिएको हो। गत वर्ष भने कोभिड–१९ को महामारी तथा बन्दाबन्दीका कारण चौंरी महोत्सव हुन सकेन। हालसम्म कोरोना भाइरस संक्रमणको अवस्था सामान्य रहेकाले प्रशासनको अनुमतिले यस वर्ष महोत्सव आयोजना गरिएको आयोजक समितिले जनाएको छ।
विगतका वर्षमा महोत्सव सम्पन्न गर्न इसिमोड, रिकास्ट, टिएमआइ, रेडपाण्डा नेटवर्कलगायत अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, विभागीय सरकारी निकाय, जिल्लाका अन्य स्थानीय तहले समेत सहयोग गरेका थिए। यस वर्ष गाउँपालिका र कञ्चनजंघा भू–परिधि संरक्षण तथा विकास पहलको लगानीमा महोत्सव आयोजना गरिएको हो। महोत्सवमा पाँचथरबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको आयोजक समितिले जनाएको छ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











