भुल्केको विकासमा भट्टराई समुदाय सक्रिय, बैशाख ८ देखि पितृको नाममा महापुराण आयोजना गरिने
काठमाडौं । भोजपुरको रामप्रसाद राई गाउँपालिकास्थित भुल्केमा भट्टराई समुदायले भौतिक तथा सामाजिक विकासको कामलाइ निरन्तरता दिएका छन् ।
भट्टराई समुदायले सो क्षेत्रमा बर्षौदेखि विकास सम्बन्धी काममा योगदान दिँदै आएका हुन् । भट्टराई समुदायले विद्यालय भवन निर्माण, विद्यालय तथा बिभिन्न कार्यालय प्रयोजनका लागि जग्गा खरिद तथा दान, सडक निर्माण लगायतको क्षेत्रमा बेलाबेला योगदान दिँदै आएका छन् । बेलाबेला हुने कुलपुजा–देवली र ब्यक्तिगतरुपमा आर्थिक संकलन गरी विकासको काममा योगदान दिएको बताइएको छ । भुल्केमैं बसोबास गर्नेहरु र भुल्केबाट काठमाडौं, मोरङ, सुनसरी, सप्तरी, झापा लगायत जिल्लामा बसोबास गर्नेहरुले विकासको काममा बढि चासो देखाएका छन् ।
यसैबीच, पछिल्लो समय देशका विभिन्न ठाउँमा बसाई सरेका भट्टराई बन्धुहरु भुल्केमा भेला भएका छन् । भुल्केमा स्थायी बसोबास गर्ने र बसाई सरी बिभिन्न ठाउँमा बसोबास गरीरहेकाहरु यही बैशाख ८ गतेदेखि पितृ मोक्षको लागि श्रीमद्भागवत महापुराणको कार्यक्रम र केही भौतिक संरचनाको निर्माण गर्नका लागि भेला भएका हुन् । श्री पञ्चकन्या उच्च माध्यमिक विद्यालय परिसरमा उनीहरुले सरस्वतीको मन्दिर निर्माण गरी विद्यालयलाई हस्तान्रण गर्दैछन् ।
यस्तै, सभा सम्मेलन गर्न र कुलको दियो राख्न मुल घरको पनि निर्माण गरेका छन् । भुल्के भट्टराइका साझा पुर्खा बृहस्पति पाध्यायको शालिक पनि सप्ताहब्यापी महापुराणको क्रममा स्थापित गर्ने कार्यक्रम रहेको श्रीमद्भागवत महापुराण मुल आयोजक समितिले जनाएको छ । बृहस्पति पाध्यायलाई विक्रम सवत् ं १४६१ मा भुल्केमा आई वसेका भट्टराई परिवारका सन्तती मभ्ये विसं १७११ मा सेन राजावाट भुल्के विर्ता प्राप्त गर्ने साझा वाजेको रुपमा लिइने गरिएको छ । महापुराणको शुभारम्भ र भौतिक संरचनाको उद्घाटन कार्यक्रम बैशाख ८ गते बुधबार गरिने कार्यतालिका रहेको श्रीमद्भागवत महापुराण मुल आयोजक समितिका संयोजक पदमराज भट्टराईले जानकारी दिए ।
पितृ मोक्षको लागि आयोजना गरिने महापुराण र भौतिक संरचनाको निर्माणको लागि भुल्केको साथै देशका विभिन्न भागमा रहेका भट्टराई बन्धुहरुले बैंक खातामाफर्त र प्रत्यक्ष भेटेर रकम हस्तान्तरण गरिरहेका छन् । आर्थिक तथा नगद सहयोग गर्न बाँकी रहेकाहरुले पदमराज भट्टराईको नाममा रहेको राष्ट्रिय बाणिज्य बैंकको खाता नंबर २५५०१००००००४२०१० जम्मा गर्न महापुराण मुल आयोजक समितिले आग्रह गरेको छ ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











