पुनर्बीमा कम्पनीमा लाइसेन्स प्रकरण: निजीस्तरका एउटालाई अनुमति दिंदा सेटिङको आशंका
काठमाडौँ । बीमा कम्पनीले निजीस्तरमा एउटा मात्रै पुनर्बीमा कम्पनीलाई लाइसेन्स दिने निर्णय सेटिङमा गरेको आशंका गरिएको छ । यसअघि चार कम्पनीले लाइसेन्सका लागि निवेदन दर्ता गरेकोमा त्यो खारेज गरेर एउटालाई मात्रै दिनेगरी सूचना जारी गर्नुले सेटिङको आशंका देखिएको हो ।
‘कोभिड–१९ माहमारीका बेला पुराना निवेदन खारेज गरी नयाँ एउटालाई मात्रै दिनेगरी सूचना जारी गर्नुले सरकार आफै कमिसनको खेलमा लागेको देखियो,’ बीमासम्बन्धी जारकारले भने, ‘रातरात एउटा पुनर्बीमा कम्पनीको लागि लाइसेन्स खुला गरि कमिसनको लागी यति ठुलो सेटिङ गर्नु लज्जास्पद कुरा हो । यस्तो कडा लकडाउन भएको अवस्था मा अन्य ले प्रस्ताब पेस गर्न न सकुन भन्ने अग्रिम साठगांठ भएको बुझियो ।’
स्रोतका अनुसार प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यलय र अर्थ मन्त्रालयको दबाबमा पुराना निवेदन खारिज गरि नयाँ एउटा मात्र कम्पनीलाई दिनेगरी सूचना निकालिएको हो । बीमा समितिका एक उच्च कर्मचारीले माथिको दबाबमा पुराना निवेदन खारेज गरेर लाइसेन्सका लागि नयाँ निवेदन आह्वान भएको बताए ।
नेपालमा पुनर्बीमाले अर्थतन्त्रलाई ठूलो सहयोग पु¥याउन सक्ने संभावना विभिन्न अनुसन्धानले देखाएका छन् । तर, कमिसनको खेलमा एउटा मात्र पुनर्बीमा कम्पनीको लागि इजाजत दिनु कत्तिको उपयुक्त हुन्छ भन्ने बीमा समितिले सोच्ने हो कि शक्तिकेन्द्रको दबाबमा निर्णय गर्ने हो, त्यो भने हेर्न बाँकी छ ।
निजीस्तरमा नेपालमा कुनै पुनर्बीमा कम्पनीले लाइसेन्स पाएको छैन । चिरञ्जीवी चापागाईं बीमा समिति अध्यक्ष हुँदा चार वटा पुनर्बीमा कम्पनीलाई लाइसेन्स दिन भन्दै सूचना आह्वान गरिएको थियो । त्यसमा कमिसनको कुरा नमिले पछि अहिले बीमा समितिले ति निवेदन खारेज गरेको दाबी बीमा कम्पनीका एक कर्मचारीले गरे ।
बीमा समितिले बैशाख १६ गते २१ दिन भित्रमा प्रस्ताव पेश गर्न सार्वजनिक सूचना जारी गरेको थियो । त्यो म्याद जेठ ५गते (भोलि) सकिदैछ ।
अहिलेसम्म लाइसेन्सका लागि ५ वटा कम्पनीले बीमा समितिमा प्रस्ताव पेश गरेका छन् । समितिमा यसअघि नै दर्ता भएका पुडेन्सियल, जेन्यून, अन्नपूर्ण, काठमाडौं र हिमालयन रि इन्स्योरेन्सले पुनर्बीमाको लाइसेन्स माग गर्दै आवेदन दिएका हुन् । ५ वटै कम्पनी बीमा समितिले सार्वजनिक सूचना जारी गर्नु भन्दा अगाडि नै निवेदन दिने तयारीमा लागेका थिए ।
बीमा समितिले प्रस्ताव पेश गर्ने कम्पनीहरूको मुल्यांकन गरेर जुन राम्रो देखिन्छ त्यसैलाई लाइसेन्स दिने भनेेेर आन्तरिक सेटिङलाई ढाकछोप गर्न कम्पनिहरु मुुुुुल्याङ्कनको तयारि गरेको छ । हाल सरकारको समेत लगानी रहेको नेपाल पुनर्बीमा कम्पनी मात्रै हुँदा निजी स्तरबाट थप एउटा कम्पनीलाई लाइसेन्स दिने तयारी गरेको हो । धेरै वटा कम्पनीलाई लाइसेन्स प्रदान गर्दा नियमन गर्न गाह्रो हुने र राज्यका हितका लागि पनि एउटा मात्रै कम्पनीलाई लाइसेन्स दिन थालिएको बीमा समितिले जनाएको छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












