वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानले अक्सिजनको क्रितिम अभाब देखायो, सिडियो भन्छन्, ‘हामी पुर्वपश्चिम अक्सिजन पठाइरहेका छौं, वीपीमा कसरी अभाव हुन्छ ?’
काठमाडाै । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा अक्सिजन अभाव भएको भन्ने समाचारले आफु अचम्मित भएको सुनसरीमा प्रमुख जिल्ला अधिकारीले प्रतिक्रिया दिएका छन् ।
सुनसरीबाट पुर्व र सुदुरपश्चिमका जिल्लाहरुमा पनि अक्सिजन आपूर्ति भइरहदा यहीको अस्पतालमा भने अक्सिजन अभाव भएको खबर सही नहुने प्रजिअ उमेशकुमार ढकालले बताए । क्लिकधरानसँगको कुराकानीमा प्रजिअ ढकालले आफुले उपकुलपति, अस्पताल निर्देशकलगायत पदाधिकारीसँग यो बिषयमा आवश्यक जानकारी लिएको र यथार्थ कुरा सार्वजनिक गर्न निर्देशन दिएको बताए । ‘हामी सुनसरीबाट पुर्वपश्चिम अक्सिजन सप्लाई गरिरहेका छौं, यही जिल्लामा कसरी अभाव हुन्छ ?’प्रजिअ ढकालले भने,‘वीपीसँग सिलिण्डर पनि पर्याप्त छ, अक्सिजन अभाव हुन दिदैनौं, हामीले के गर्नुपर्छ भन्नु पर्यो भनेको छुँ ।’
स्रोतका अनुसार प्लान्ट बिग्रिएर अक्सिजन अभाव भएकोले भर्ना नलिने आसयमा विज्ञप्तीवाजी गरेर जनतामा भ्रम र त्रास सृर्जना गरेको प्रति प्रजिअ ढकालले प्रतिष्ठानका पदाधिकारीहरुसँग आक्रोशति भएका थिए । जिल्लामा पर्याप्त अक्सिजन उत्पादन भइरहदा पनि प्रशासनसँग समन्वय नगरी अक्सिजन अभाव भयो भन्दै विज्ञप्ती निकालेकोप्रति प्रजिअ ढकालले आक्रोश पोखेको स्रोतको भनाई छ ।
प्रजिअ ढकालका अनुसार अक्सिजन प्लान्ट बिग्रिएर बनाउन २, ४ दिन लागे पनि अहिले हल्ला भएजस्तो अक्सिजन अभाव नरहेको बताए । ‘बिग्रेको प्लान्ट मर्मत हुदैछ । २, ४ बिग्रदैमा अभाव हुन्छ ? वीपीसँग नै पर्याप्त सिलिण्डर रहेछ, अनि कसरी अभाव भयो भनेर हल्ला भयो ? हामी भनेजति दिन्छौं भनेको छुँ,’उनले भने ।
प्रजिअ ढकालका अनुसार वीपीमा ठुलो सिलिण्डर २ सय हाराहारी र सानो सिलिण्डर ५ सय हाराहारीमा छ । यो संख्या कोभिड अस्पतालमा पर्याप्त भएको उनले बताए । सिलिण्डर खाली भएपछि प्रशासनसँग समन्वय गरेमा तत्काल भरेर पठाउने व्यवस्था हुने उनले बताए ।
Comments
अरु समाचार
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...












