केपी ओलीले भनेर आफ्नो निष्ठा त्याग्ने मानिस म होइन: पृथ्वीसुब्बा गुरुङ
काठमाडौँ । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीयताको सही अर्थ जनता सामु प्रस्तुत गर्नका लागि स्थिर सरकारको खाँचो रहेको र त्यसका लागि सबै राजनीतिक दल तथा नेताहरुले आफ्ना प्रवृत्ति सुधार गर्नु पर्ने बताएका छन्।
आइतबार सरकारी निवास छोड्नु अघि गरेको पत्रकार सम्मेलनमा गुरुङले नेपाली मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारलाई प्रतिपक्षी दलको नेताका रुपमा सकारात्मक कामका लागि सहयोग गर्न प्रतिवद्ध रहेको बताए।
तर जसरी गठबन्धन बनेको छ त्यो हेर्दा हालको सरकारको भविष्य पनि स्थिर नदेखिएको उनले बताए।
उनले भने, ‘यो सरकार राम्रोसँग चलोस्, लामो समय चलोस्। तर गठबन्धन सरकारको भविष्य लामो नहुने विगतका उदाहरणले देखाएका छन्। अझ यो सरकार त पदका लागि पूर्व, पश्चिम उत्तर, दक्षिणका दल मिलेर बनेको गठबन्धनको भरमा छ। केही तलमाथि हुने बित्तिकै झगडा हुन्छ। त्यसैले अहिले गठबन्धन लामो टिक्ने खालको लाग्दैन, तर लामो समय चलोस् भन्ने चाहना छ।’
आफूले प्रदेशसभा विघटनको कुरा नगरेको दाबी गर्दै गुरुङले राजनीतिक स्थिरताका लागि सबै पक्षमा सुधारको खाँचो रहेको बताए।
उनले कसैले भनेर आफ्नो निष्ठामा सम्झौता नगर्ने पनि बताए।
पत्रकारको प्रश्नको जवाफ दिँदै उनले भने, ‘केपी ओलीले भनेर आफ्नो निष्ठा त्याग्ने मानिस होइन म। तर अहिलेको अवस्थाका लागि उहाँ एक्लैलाई मात्र दोषी देखाउनु पनि उपयुक्त होइन। प्रधानमन्त्री तथा ठूलो दलको नेताको नाताले एउटा पात्र उहाँ पनि हुनुहुन्छ। तर अरु नेता, प्रमुख प्रतिपक्षी दलको भूमिका पनि त छ। विभाजनको रोग सबै दलमा देखिएको छ र यसले स्थिर राजनीतिलाई चुनौति दिएको छ।’
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड दैनिक चार घण्टा बन्द हुने !
काठमाडौं । धमाधम स्तरोन्नति भइरहेको पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड बुधबारदेखि ९ दिनसम्म दैनिक चार घण्टा बन्द हुने भएको...
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
पोखरामा यस वर्षको तिहारमा ३ लाख फूलको माला खपत हुने अनुमान !
काठमाडाैं । यस वर्ष तिहार पर्वको अवसरमा पोखरामा करिब ३ लाख फुलका माला खपत हुने भएको छ । पर्यटनको राजधानी...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
रसुवामा फसेका १२ जनालाई स्याफ्रुवेशी ल्याइयाे, चारजना अझै बेपत्ता !
काठमाडाैं । अविरल वर्षाका कारण रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ ड्यामसाइड क्षेत्रमा फसेका व्यक्तिहरूमध्ये १२ जनालाई नेपाली सेनाको उद्धार टोलीले सकुशल...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...











