प्रदेश १ सरकारले ल्यायो ३२ अर्बको बजेट
विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि रु. ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट पेश गरेको छ । चालु आर्थिक वर्षको लागि सरकारले रु. ४० अर्ब ८९ करोड ९९ लाख बजेट विनियोजन गरेको थियो ।
आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले मंगलबार आय र खर्चको अनुमान समेटिएको बजेट प्रदेशसभामा पेश गरेका हुन ।
कुल विनियोजन मध्ये चालुतर्फ रु. १४ अर्ब १६ करोड अर्थात ४३ दशमबल ५ प्रतिशत र पुँजीगततर्फ १५ अर्ब ३ अर्ब २२ अर्थात ४६ दशमबल ३ प्रतिशत खर्च हुने अनुमान गरिएको छ । स्थानीय तहतर्फको वित्तीय हस्तान्तरणका लागि रु. ३ अर्ब २२ करोड ४२ लाख अर्थात १० प्रतिशत विनियोजन गरिएको हो । त्यसैगरी वित्तीय व्यवस्थातर्फ ३ करोड विनियोजन भएको छ ।
उल्लेखित खर्चका लागि स्रोत जुटाउन सरकारले आन्तरिक राजश्वबाट ४ अर्ब ९ करोड ७७ लाख, राजश्व बाँडफाँटबाट रु. ९ अर्ब ८१ करोड ६६ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु. ८ अर्ब ५६ करोड ७८ लाख, सशर्त अनुदानबाट ५ अर्ब ९६ करोड ७७ लाख र समपुरक अनुदान एक अर्ब १६ करोड ४८ लाख र विशेष अनुदान रु. ५९ करोड ३३ लाख गरी राजश्व तथा वित्तीय रु. राजश्व तथा वित्तीय हस्तान्तरणबाट ३० अर्ब २० करोड ७९ लाख खर्च बेहोरिने छ । अपुग रकम मौजुदा रकम रु. २ अर्ब र वैदेशिक अनुदानबाट रु. २६ करोड १३ लाख बोहोरिने मन्त्री आङबुहाङले जनाए ।
अनुदानबाट प्राप्त हुने अनुमान प्रस्तुत गरेको हो । आर्थिक तथा पूर्वाधारततर्फका स्रोत र साधनलाई एकत्रित गर्नुपरेको मन्त्री आङबुहाङल बताए । उनले ‘स्वच्छ सुखी प्रदेश’को नारालाई सार्थक बनाउने नीतिअनुरूप सरकारले कार्यक्रम ल्याउने जनाए ।
कोभिड महामारीको असरले आर्थिक गतिविधि प्रभावित हुँदा १ दशमलब १८ प्रतिशतले ऋणात्मक हुन पुगेको तर, आर्थिक पुनरुत्थानले चालु आवमा आर्थिक वृद्धिदर ३ दशमबल ६ प्रतिशत हुने सरकारको अनुमान छ । दोस्रो लहरले पुनः प्रभावित रहेकाले यो प्राप्त गर्न चुनौती थपिएको मन्त्री आङ्बुहाङले बताए छन् ।
१२ दशमबल प्रतिशत खर्च वृद्धि भएको र एक अर्ब ९३ करोड वित्तीय अनुदान थप भई ४० अर्ब ८९ करोड बजेट रहेकोमा चालु आब जेठसम्ममा संघीय सशर्त अनुदान थप हुँदा ४२ अर्ब कायम भएको छ । कुल विनियोजनको ४० प्रतिशत खर्च भएको र ६० प्रतिशत खर्च हुने अनुमान गरिएको र चालु आर्थिक वर्षको अन्त्यसम्म २८ अर्ब प्राप्त हुने संशोधित अनुमान गरिएको आङबुहाङल जनाए ।
कोभिडबाट नागरिकलाई रक्षा गर्ने, स्वास्थ्य पूर्वाधार तयार, परीक्षणको दायरा बढाउने, उपचार, यन्त्र उपकरण, खोपको प्रबन्ध, स्वास्थ्यकर्मी परिचालनमा जोड दिइने बजेटमा उल्लेख छ ।
स्थानीय तह वित्तीय हस्तान्तरण समानीकरण र समपुरकमा गत वर्षकै कायम गरिएको छ । रु. १ अर्ब समानीकरण र सशर्त ८५ करोड छुट्याएको छ । एक अर्ब ३७ करोड समपुरक बजेट बाँडाफाँट गर्ने र राजश्व बाँडफाँट रु. ८८ करोड हुने सरकारको अनुमान छ ।
कोभिड नियन्त्रणका लागि र समग्र स्वास्थ्य प्रणाली तथा स्वास्थ्यकर्मीको प्रोत्साहनसमेतको कार्यक्रमको लागि सरकारले ३ अर्ब २५ करोड विनियोजन गरेको छ । सरकारले कोभिडसंग सम्बन्धित उपचार, नियन्त्रण आदिका लागि रु. ४४ करोड विनियोजन गरेको छ । कोरोना जनसुरक्षा कोषमा आवश्यक रकम थप गर्नेसमेत मन्त्री आङ्बुहाङले घोषणा गरे ।
सना तथा ठूला उद्योगमा परेका असरलाई मध्यनगर गरी आपतकालीन राहत, सहुलियत र पुनरुउत्थान गर्ने, पर्यटनमा परेको असरसमेत मध्येनजर गर्ने र कार्यक्रम सञ्चालन गर्ने, मेची अस्पतालमा २ सय बेड विस्तार अक्सिजन विस्तारका लागि प्रदेशभित्र सबै जिल्ला सदरमुकाममा जटिल र संक्रामक रोगको परीक्षण गर्ने व्यवस्था मिलाउने, आर्युवेदिक चिकित्सालयलाई प्रादेशिक अस्पतालको रूपमा विकास गर्ने, होमियोप्याथी, प्राकृतिक चिकित्सा र योगलाई बढावा दिने बजेटमा उल्लेख छ । कोशी कोडिकको प्रादेशिक प्रसूति तथा स्त्रीरोग अस्पताल बनाइने पनि भनिएको छ ।
प्रदेश सरकारले समग्र शिक्षा क्षेत्रका लागि रु. १ अर्ब १९ करोड विनियोजन गरेको छ । विद्यालय तथा सुधार आदिका लागि २३ करोड ४९ लाख विनियोजन भएको छ । विद्यालय नर्सिङ कार्यक्रम सबै विद्यालयमा लागु गर्न बजेट विनियोजन गरिएको छ ।
कृषि क्षेत्रको उत्थानको लागि आवश्यक बीउ विजन सहज उपलब्धता, कृषि उपजको भण्डारण, बजारीकरण, सरकारी सहकारी तथा निजी क्षेत्रसँग समन्वय गर्ने, मौसम अनुकूलताको आधारमा बाली लगाउन सहयोग गर्ने र बाँझो जमिनमा खेती गर्ने किसानलाई विशेष अनुदान दिने बजेटमा उल्लेख छ । मुख्यमन्त्री उद्यमशीलता कार्यक्रमको लागि रु. १० करोड, मेरो कृषि मेरो गौरवतर्फ रु. ५ करोड ७२ लाख विनियोजन गरिएको छ । कृषि ज्ञानकन्द्रमार्फत कृषिलाई ज्ञान दिने, युवालाई कृषिमा जोड्ने, व्यवसासियक गाई फाराम संचालना प्रोत्साहन गर्ने, धुलो दुध सञ्चालन गर्ने, सहकारीमार्फत दुग्ध परिकार पसल संचालन गर्ने बजेटमा उल्लेख छ ।
९ हजार व्यवसायीलाई नयाँ व्यवसायमा जोड्न रु. १५ करोड विनियोजन गरिएको छ । मण्डी तथा प्रदर्शनीस्थल निर्माणलाई समेत सरकारले प्राथमिकता दिएको छ । घरेलु उत्पादनको स्तरीकण ब्राण्डिङमा नीतिगत तथा कानुनी व्यवस्था गर्ने गरी उद्योग तथा वाणिज्य क्षेत्रका लागि रु. १८ करोड बजेट विनियोजन भएको छ ।
शरणार्थी क्याम्प रहेका स्थानमा बहुजातीय पहिचानमा आधारित संग्रहालय निर्माण गर्ने, मुन्धुम अध्ययन र प्रचार प्रसार, कृषि पर्यटन, जल, आध्यात्मिक पर्यटनलाई जोड दिदैं आन्तरिक पर्यटन प्रवद्र्धन गर्न बजेट विनयोजन भएको छ । खुवालुङ संरक्षण गर्ने र अरुण सभ्यताको अध्ययन गर्ने, सगरमाथासम्म दु्रत पहुँचको लागि एकीकृत पर्यटन कार्यक्रम, उच्च हिमाली मार्ग निर्माण गर्न विस्तृत अध्ययन प्रतिवेदन तयार गर्ने र प्रदेशका कर्मचारीलाई दश दिन पर्यटन काज दिइने बजेटमा उल्लेख छ ।
पर्यटनतर्फ सरकारले ८३ करोड ३८ लाख, वनतर्फ १ अर्ब ३६ करोड, प्रदेशको भौतिक पूर्वाधारतर्फ तथा यातायातर्फत १३ अर्ब २१ करोड, उर्जा र सिंचाईमा ३ अर्ब १५ करोड विनियोजन भएको छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












