प्रदेश १ सरकारले ल्यायो ३२ अर्बको बजेट
विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि रु. ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट पेश गरेको छ । चालु आर्थिक वर्षको लागि सरकारले रु. ४० अर्ब ८९ करोड ९९ लाख बजेट विनियोजन गरेको थियो ।
आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले मंगलबार आय र खर्चको अनुमान समेटिएको बजेट प्रदेशसभामा पेश गरेका हुन ।
कुल विनियोजन मध्ये चालुतर्फ रु. १४ अर्ब १६ करोड अर्थात ४३ दशमबल ५ प्रतिशत र पुँजीगततर्फ १५ अर्ब ३ अर्ब २२ अर्थात ४६ दशमबल ३ प्रतिशत खर्च हुने अनुमान गरिएको छ । स्थानीय तहतर्फको वित्तीय हस्तान्तरणका लागि रु. ३ अर्ब २२ करोड ४२ लाख अर्थात १० प्रतिशत विनियोजन गरिएको हो । त्यसैगरी वित्तीय व्यवस्थातर्फ ३ करोड विनियोजन भएको छ ।
उल्लेखित खर्चका लागि स्रोत जुटाउन सरकारले आन्तरिक राजश्वबाट ४ अर्ब ९ करोड ७७ लाख, राजश्व बाँडफाँटबाट रु. ९ अर्ब ८१ करोड ६६ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु. ८ अर्ब ५६ करोड ७८ लाख, सशर्त अनुदानबाट ५ अर्ब ९६ करोड ७७ लाख र समपुरक अनुदान एक अर्ब १६ करोड ४८ लाख र विशेष अनुदान रु. ५९ करोड ३३ लाख गरी राजश्व तथा वित्तीय रु. राजश्व तथा वित्तीय हस्तान्तरणबाट ३० अर्ब २० करोड ७९ लाख खर्च बेहोरिने छ । अपुग रकम मौजुदा रकम रु. २ अर्ब र वैदेशिक अनुदानबाट रु. २६ करोड १३ लाख बोहोरिने मन्त्री आङबुहाङले जनाए ।
अनुदानबाट प्राप्त हुने अनुमान प्रस्तुत गरेको हो । आर्थिक तथा पूर्वाधारततर्फका स्रोत र साधनलाई एकत्रित गर्नुपरेको मन्त्री आङबुहाङल बताए । उनले ‘स्वच्छ सुखी प्रदेश’को नारालाई सार्थक बनाउने नीतिअनुरूप सरकारले कार्यक्रम ल्याउने जनाए ।
कोभिड महामारीको असरले आर्थिक गतिविधि प्रभावित हुँदा १ दशमलब १८ प्रतिशतले ऋणात्मक हुन पुगेको तर, आर्थिक पुनरुत्थानले चालु आवमा आर्थिक वृद्धिदर ३ दशमबल ६ प्रतिशत हुने सरकारको अनुमान छ । दोस्रो लहरले पुनः प्रभावित रहेकाले यो प्राप्त गर्न चुनौती थपिएको मन्त्री आङ्बुहाङले बताए छन् ।
१२ दशमबल प्रतिशत खर्च वृद्धि भएको र एक अर्ब ९३ करोड वित्तीय अनुदान थप भई ४० अर्ब ८९ करोड बजेट रहेकोमा चालु आब जेठसम्ममा संघीय सशर्त अनुदान थप हुँदा ४२ अर्ब कायम भएको छ । कुल विनियोजनको ४० प्रतिशत खर्च भएको र ६० प्रतिशत खर्च हुने अनुमान गरिएको र चालु आर्थिक वर्षको अन्त्यसम्म २८ अर्ब प्राप्त हुने संशोधित अनुमान गरिएको आङबुहाङल जनाए ।
कोभिडबाट नागरिकलाई रक्षा गर्ने, स्वास्थ्य पूर्वाधार तयार, परीक्षणको दायरा बढाउने, उपचार, यन्त्र उपकरण, खोपको प्रबन्ध, स्वास्थ्यकर्मी परिचालनमा जोड दिइने बजेटमा उल्लेख छ ।
स्थानीय तह वित्तीय हस्तान्तरण समानीकरण र समपुरकमा गत वर्षकै कायम गरिएको छ । रु. १ अर्ब समानीकरण र सशर्त ८५ करोड छुट्याएको छ । एक अर्ब ३७ करोड समपुरक बजेट बाँडाफाँट गर्ने र राजश्व बाँडफाँट रु. ८८ करोड हुने सरकारको अनुमान छ ।
कोभिड नियन्त्रणका लागि र समग्र स्वास्थ्य प्रणाली तथा स्वास्थ्यकर्मीको प्रोत्साहनसमेतको कार्यक्रमको लागि सरकारले ३ अर्ब २५ करोड विनियोजन गरेको छ । सरकारले कोभिडसंग सम्बन्धित उपचार, नियन्त्रण आदिका लागि रु. ४४ करोड विनियोजन गरेको छ । कोरोना जनसुरक्षा कोषमा आवश्यक रकम थप गर्नेसमेत मन्त्री आङ्बुहाङले घोषणा गरे ।
सना तथा ठूला उद्योगमा परेका असरलाई मध्यनगर गरी आपतकालीन राहत, सहुलियत र पुनरुउत्थान गर्ने, पर्यटनमा परेको असरसमेत मध्येनजर गर्ने र कार्यक्रम सञ्चालन गर्ने, मेची अस्पतालमा २ सय बेड विस्तार अक्सिजन विस्तारका लागि प्रदेशभित्र सबै जिल्ला सदरमुकाममा जटिल र संक्रामक रोगको परीक्षण गर्ने व्यवस्था मिलाउने, आर्युवेदिक चिकित्सालयलाई प्रादेशिक अस्पतालको रूपमा विकास गर्ने, होमियोप्याथी, प्राकृतिक चिकित्सा र योगलाई बढावा दिने बजेटमा उल्लेख छ । कोशी कोडिकको प्रादेशिक प्रसूति तथा स्त्रीरोग अस्पताल बनाइने पनि भनिएको छ ।
प्रदेश सरकारले समग्र शिक्षा क्षेत्रका लागि रु. १ अर्ब १९ करोड विनियोजन गरेको छ । विद्यालय तथा सुधार आदिका लागि २३ करोड ४९ लाख विनियोजन भएको छ । विद्यालय नर्सिङ कार्यक्रम सबै विद्यालयमा लागु गर्न बजेट विनियोजन गरिएको छ ।
कृषि क्षेत्रको उत्थानको लागि आवश्यक बीउ विजन सहज उपलब्धता, कृषि उपजको भण्डारण, बजारीकरण, सरकारी सहकारी तथा निजी क्षेत्रसँग समन्वय गर्ने, मौसम अनुकूलताको आधारमा बाली लगाउन सहयोग गर्ने र बाँझो जमिनमा खेती गर्ने किसानलाई विशेष अनुदान दिने बजेटमा उल्लेख छ । मुख्यमन्त्री उद्यमशीलता कार्यक्रमको लागि रु. १० करोड, मेरो कृषि मेरो गौरवतर्फ रु. ५ करोड ७२ लाख विनियोजन गरिएको छ । कृषि ज्ञानकन्द्रमार्फत कृषिलाई ज्ञान दिने, युवालाई कृषिमा जोड्ने, व्यवसासियक गाई फाराम संचालना प्रोत्साहन गर्ने, धुलो दुध सञ्चालन गर्ने, सहकारीमार्फत दुग्ध परिकार पसल संचालन गर्ने बजेटमा उल्लेख छ ।
९ हजार व्यवसायीलाई नयाँ व्यवसायमा जोड्न रु. १५ करोड विनियोजन गरिएको छ । मण्डी तथा प्रदर्शनीस्थल निर्माणलाई समेत सरकारले प्राथमिकता दिएको छ । घरेलु उत्पादनको स्तरीकण ब्राण्डिङमा नीतिगत तथा कानुनी व्यवस्था गर्ने गरी उद्योग तथा वाणिज्य क्षेत्रका लागि रु. १८ करोड बजेट विनियोजन भएको छ ।
शरणार्थी क्याम्प रहेका स्थानमा बहुजातीय पहिचानमा आधारित संग्रहालय निर्माण गर्ने, मुन्धुम अध्ययन र प्रचार प्रसार, कृषि पर्यटन, जल, आध्यात्मिक पर्यटनलाई जोड दिदैं आन्तरिक पर्यटन प्रवद्र्धन गर्न बजेट विनयोजन भएको छ । खुवालुङ संरक्षण गर्ने र अरुण सभ्यताको अध्ययन गर्ने, सगरमाथासम्म दु्रत पहुँचको लागि एकीकृत पर्यटन कार्यक्रम, उच्च हिमाली मार्ग निर्माण गर्न विस्तृत अध्ययन प्रतिवेदन तयार गर्ने र प्रदेशका कर्मचारीलाई दश दिन पर्यटन काज दिइने बजेटमा उल्लेख छ ।
पर्यटनतर्फ सरकारले ८३ करोड ३८ लाख, वनतर्फ १ अर्ब ३६ करोड, प्रदेशको भौतिक पूर्वाधारतर्फ तथा यातायातर्फत १३ अर्ब २१ करोड, उर्जा र सिंचाईमा ३ अर्ब १५ करोड विनियोजन भएको छ ।
Comments
अरु समाचार
-
रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु
काठमाडौं । उत्तरी रसुवाको टिमुरेस्थित रसुवागढी हाइड्रो पावरले परीक्षण उत्पादन सफल भएको छ । गोसाइँकुण्ड गाउँपालिका वडा नं १ र...
-
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक...
-
सुनको मूल्य बढ्यो
काठमाडौं । आज सुन र चाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा आज सुन प्रतितोला रू एक हजार एक...
-
मुग्लिन–काठमाडौँ सडकखण्ड आजदेखि दैनिक तीनघण्टा बन्द
भरतपुर (चितवन) । मुग्लिन–काठमाडौँ सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ । स्तरोन्नतिसहित निर्माणाधीन उक्त सडक विस्तारका क्रममा...
-
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने
काठमाडौं । नेपाल आयल निगमले यही पुस अन्तिम सातादेखि भारतको मोतिहारीदेखि पाइपलाइनबाट डिजेलसँगै पेट्रोल र मट्टितेल पनि ल्याउने तयारी गरेको...
-
शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
काठमाडौँ : सन् २०१९ को तुलनामा सन् २०२२ मा शून्य दशमलव ७५ प्रतिशतले वन क्षेत्र बढेको छ । वन तथा...
-
हेटौँडा सिमेन्ट उद्योगले आगाामी सातादेखि उत्पादन थाल्ने
काठमाडौं । हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले यही पुस १३ गतेदेखि सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको छ । उद्योगको उपकरण...
-
नारामा सिमित कृषि, संकटमा अर्थतन्त्र
काठमाडौं । एक दाउरे दाउरा खोज्ने हेतुले खाली खुट्टै वनतिर लाग्यो । प्रयाप्त दाउरा खोज्न सफल भयो । खुसी हुँदै...
-
वैदेशिक रोजगारी: पन्ध्र वर्षमा १४ हजार बढीको मृत्यु
काठमाडौँ : पछिल्लो १५ वर्षमा वैदेशिक रोजगारीमा गएका व्यक्तिमध्ये १४ हजारभन्दा बढीको मृत्यु भएको विवरण सार्वजनिक भएको छ । वैदेशिक...